×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको कस्तो थियो नेपाल सम्बन्ध ?

१५ पुष २०८१

१५ पुष , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति र पूर्व राष्ट्रपति जो छिमेकी भारत र चीन पुग्दछन् तर नेपाली भूमि टेक्दैनन् । त्यसमा अपवाद थिए पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर । जसले २ पटक नेपालको भ्रमण गरे । उनी अब यो संसारबाट विदा भइसकेका छन् ।

Advertisement
Advertisement

जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको कार्टर सेन्टरले पुष्टि गरेको छ ।

कार्टर सेन्टरले भनेको छ ‘हाम्रा संस्थापक, पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो ।’ उनको निधनप्रति अमेरिका वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

१९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९९७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए। मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

पूर्वराष्ट्रपतिकार्टरले नेपालमा दुई पटक भ्रमण गरेका छन् । उनले सन् १९८५ पहिलो भ्रमण गरेका थिए । तर राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि । आफ्नो राष्ट्रपतिकाल (१९७७–१९८१) समाप्त भएपछि, जिमी कार्टरले नेपालको ग्रामीण भेगको विकास परियोजनाहरू अवलोकन गर्न पहिलो पटक नेपाल भ्रमण गरेका थिए।

यस भ्रमणको उद्देश्य मानव अधिकार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा भइरहेको प्रगतिलाई बुझ्नु थियो। उनले सन् २००७ मा दोश्रो पटक नेपालको भ्रमण गरे । दोस्रो पटक उनी नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक स्थानान्तरणको अवलोकन गर्न आएका थिए।

यो भ्रमणको समयमा उनले नेपालको राजनीतिमा हुँदै आएको परिवर्तनबारे चासो राखेका थिए र शान्ति प्रक्रिया सुदृढ गर्न सुझाव दिएका थिए। यसक्रममा उनले मानव अधिकार र लोकतन्त्र स्थापनामा कार्टर सेन्टरमार्फत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जिमी कार्टरको यी भ्रमणले नेपाल र अमेरिकाबीचको सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाएको मानिन्छ। कार्टर सेन्टर अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर र उनकी पत्नी रोसलिन कार्टरले सन् १९८२ मा स्थापना गरेको एक गैरनाफामूलक संस्था हो।

यसको मुख्य उद्देश्य मानव अधिकारको प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र शान्ति निर्माण गर्नु हो । शान्ति स्थापनाका लागि यसले निर्वाचन निगरानी, विवाद समाधान, द्वन्द्व व्यवस्थापन र स्वास्थ्य क्षेत्र सुधारमा काम गर्दै आएको छ ।

यस्तै उपेक्षित रोगहरू नियन्त्रण र उन्मूलन, जनस्वास्थ्य कार्यक्रम सञ्चालन र मानव अधिकारको रक्षामा पनि यसले काम गर्दै आएको छ । यस्तै कार्टर सेन्टरले कमजोर समूहहरूको अधिकारको प्रवद्र्धन, प्रेस स्वतन्त्रताकालागि समेत कमा गर्दछ ।

कार्टर सेन्टरले नेपालमा मुख्य रूपमा लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण र शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेको छ। कार्टर सेन्टरले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पर्यवेक्षण गरेको थियो ।

यसले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न मद्दत पु¥याएको थियो । निर्वाचनमा भएका उल्लंघनका घटनाहरु पहिचान गरी सुधारका लागि यसले सिफारिश गरेको थियो । यस्तै नेपालमा माओवादी द्वन्द्वपछि शान्ति प्रक्रिया बलियो बनाउन सहजीकरणमा समेत यसले उल्लेखनीय काम गरेको छ ।

कार्टरको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले शोक व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् । पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको उल्लेख गरेका छन् ।

यस्तै सभामुख देवराज घिमिरेले अमेरिकाका ३९औँ राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको निधनले स्तब्ध बनाएको बताएका छन् । घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् ।

कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार तथा गरिबी निवारणका क्षेत्रमा पु¥याएको योगदान प्रेरणादायी रहने विज्ञप्तिमा उल्लेख छ । “कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पु¥याउनुभएको योगदान सधैँ प्रेरणादायी रहनेछ ।

Advertisement

नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पु¥याएको थियो,” विज्ञप्तिमा भनिएको छ, “कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गर्नुभएको थियो ।”

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top