×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

XI ले सुनाए ताइवान निल्ने प्लान, संसारमै नभएको फाइटर विमान

१७ पुष २०८१

१७ पुष , विराटनगर।

नयाँ वर्ष २०२५ मा चीन रताइवानबीचको सम्बन्ध थप टकरावपूर्ण हुने भएको छ । नयाँ वर्षको सन्देशमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग पुनर्मिलन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

Advertisement
Advertisement

अर्थतन्त्रमा जारी मन्दी र अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनलाई लिएर देशमा बढ्दो चिन्ताको बीचमा उनले यस्तो बताएका हुन्। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा बेइजिङविरुद्ध दण्डात्मक आयात शुल्क र व्यापारमा कर लगाउने धम्की दिएका छन् ।

ताइवान स्ट्रेटको दुवै छेउमा बसोबास गर्ने हामी चिनियाँहरू एउटै परिवारका हौँ, सीले सरकारी टेलिभिजनमा प्रसारण गरिएको नयाँ वर्ष २०२५ को सम्बोधनमा भनेका छन्, “हामीबीचको सम्बन्धको बन्धन कसैले कहिल्यै तोड्न सक्दैन।“

चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो मुख्य भूमिको भागको रूपमा दावी गर्दछ र ताइवानलाई कूटनीतिक नीतिको रूपमा मान्यता नदिई ’एक चीन’ को कुरा गर्दछ। आफ्नो तेस्रो पाँच वर्षे कार्यकालमा शासन गर्दै सीले हालैका वर्षहरूमा ताइवानलाई चीनसँग पुनर्मिलन गर्ने प्रयासलाई अगाडि बढाउन यसलाई एक प्रमुख सैन्य र कूटनीतिक पहल अघि बढाएका छन् ।

विदेश नीतिको मोर्चामा सीले विश्वव्यापी शासन सुधारलाई बढावा दिन र विश्व शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने चीनको प्रतिबद्धता दोहोरÞ्याएका छन् । परिवर्तन र अशान्ति दुवैको संसारमा चीन, एक जिम्मेवार प्रमुख देशको रूपमा सक्रिय विश्वव्यापी शासन सुधारलाई बढावा दिइरहेको छ र ’ग्लोबल साउथ’ बीच एकता र सहयोगलाई गहिरो बनाउँदै छ“, उनले भनेका छन्।

सीको नयाँ वर्षको सन्देशको अर्को मुख्य लक्ष्य चिनियाँ जनतालाई अर्थतन्त्रको बारेमा आश्वस्त पार्नु थियो, जुन कोभिड–१९ पछि धेरै सुस्त भएको छ । जसको परिणामस्वरूप आकर्षक घर जग्गा क्षेत्रको बजार ठप्प छ भने देशभरि व्यवसाय बन्द हुँदा जागिर गुमाएको अवस्था छ ।

सीले चीनको अर्थतन्त्रमा सुधार आएको र प्रगतिको बाटोमा रहेको बताएका छन् । सन् २०२४ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) १३० ट्रिलियन युआन (लगभग १८.०८ ट्रिलियन अमेरिकी डलर) नाघेको छ । खाद्यान्न उत्पादन ७० करोड टन नाघेको उनले बताएका छन् ।

अमेरिका र युरोपेली युनियनले चीनबाट हुने आयातमा भारी शुल्क लगाएको कारण चीनले आफ्नो ई–सवारीको निर्यात बढाउन सङ्घर्ष गरिरहेको छ। तर, सीका लागि मुख्य चुनौती ट्रम्पको पुनरागमन हो।

चीनविरुद्ध कडा नीति अपनाउने धम्की दिएका ट्रम्पले जनवरी २० मा पुनः अमेरिकी राष्ट्रपतिको पद सम्हाल्नेछन्। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले चीनले अमेरिकालाई धोका दिएको भन्दै सन् २०१८–१९ मा ३८० अर्ब डलरभन्दा बढी चिनियाँ आयातमा कर लगाएर चीनविरुद्ध व्यापार युद्ध सुरु गरेका थिए।

उनका उत्तराधिकारी जो बाइडेनले पनि आयात शुल्क जारी राखे, जसले चीनको नाफामा असर पारेको छ। आफ्नो चुनावी अभियानको क्रममा पनि ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतभन्दा बढी शुल्क लगाउने धम्की दिएका थिए ।

जुन गत वर्ष ४२७.२ अर्ब डलर थियो। चिनियाँ प्रविधि कम्पनीहरूमाथि प्रतिबन्ध लगाउनुका साथै ट्रम्पले अपनाएका धेरै नीतिहरूबाट चीन–अमेरिका सम्बन्ध तनावपूर्ण भएको छ। उनले कोभिड–१९ महामारीका लागि चीनलाई पनि दोष दिँदै यो भाइरस वुहानको बायो–ल्याबबाट उत्पन्न भएको बताएका थिए

यसैले अमेरिका र चीनबीचको सम्बन्ध नयाँ वर्षमा अझ बिग्रनेछ। किनकि एकातिर डोनाल्ड ट्रम्पले चीनलाई राष्ट्रपति पद ग्रहण गर्नुअघि वार्ताका लागि धम्की दिइरहेका छन् भने अर्कातिर चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि आफ्नै भाषामा अमेरिकाका लागि लक्ष्मण रेखा बनाएका छन् ।

नयाँ वर्षको सन्देशमा सीले ताइवानको चीनसँगको पुनर्मिलनलाई कसैले रोक्न नसक्ने बताएका छन्। अर्थतन्त्रमा जारी मन्दी र अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनलाई लिएर देशमा बढ्दो चिन्ताको बीचमा उनले यस्तो बताएका हुन्।

ताइवानलाई लिएर अमेरिका र चीनबिच तनाव उत्कर्षमा नै छ । ताइवानलाई अमेरिकी सहयोग आलोचनाको विषय बनेको छ। शनिबार मात्रै ताइवानको राष्ट्रिय रक्षा मन्त्रालय (एमएनडी) ले चीनको नयाँ आक्रमणको बारेमा एक विज्ञप्ति जारी गरेको थियो ।

यसअघि चीनले अमेरिकालाई चेतावनी दिएको थियो। चीनले अमेरिकालाई “आगोसँग खेलिरहेको“ बताउदै लगाएको छ। एमएनडीले आफ्नो विज्ञप्तिमा भनेको छ कि सात चिनियाँ सैन्य विमान र पाँच नौसैनिक जहाजहरू शनिबार ताइवानको क्षेत्र नजिकै पुगेका थिए । ताइवान स्ट्रेटमा तनाव जारी छ। “ बिहान ६ बजेसम्म ताइवान वरिपरि सात पीएलए विमान र पाँच जहाजहरू सञ्चालन भइरहेको देखिएको थियो“, एमएनडीले एक्समा आफ्नो पोस्टमा भनेको थियो ।

एउटा विमान मिडलाइन पार गरेर ताइवानको उत्तरी एयर डिफेन्स आइडेन्टिफिकेसन जोन (एडीआईजेड) मा प्रवेश गरेको थियो। आफूले स्थितिको निगरानी गरेको भन्दै ताइवानले प्रतिक्रिया दिने बताएको छ । यसअघि शुक्रबारपनि ताइवानको एमएनडीले पाँचवटा चिनियाँ विमान र पाँचवटा नौसेना जहाज रहेको जनाएको थियो।

र बिहीबार, टापु नजिकै पाँच जहाजहरू पनि सञ्चालनमा देखिएका थिए। ताइवान स्ट्रेट भू–राजनीतिक तनावको केन्द्रबिन्दु बनेको छ। ताइवानको नजिकको छिमेकी र प्रमुख सहयोगी जापानले यस क्षेत्रमा बढ्दो सैन्य गतिविधिमा चिन्ता व्यक्त गरेको छ।

जापानी विदेश मन्त्री इवाया ताकेसीले आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीसँगको बैठकमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरताको महत्त्व दोहोरÞ्याउँदै क्षेत्रीय र विश्वव्यापी सुरक्षामा यसको महत्त्वपूर्ण भूमिकालाई जोड दिएका थिए ।

चीन ताइवानलाई नियन्त्रण गर्न चाहन्छ। उही समयमा ताइवानले आफूलाई बलियो बनाउन अमेरिकाको सहायताका रूपमा हतियार लिइरहेको छ । ताइवानको उद्देश्य चीनको आक्रमणबाट आफूलाई जोगाउनु हो। चीनले ताइवानलाई एउटा विभाजित प्रान्त मान्दछ।

तर ताइवान चीनको तर्कसँग सहमत छैन र आफूलाई छुट्टै र स्वतन्त्र देशको रूपमा हेर्दै आएको छ । यो तनावकै बीच चीनले आफ्नो दुई छैटौँ पुस्ताका लडाकु विमानको पहिलो उडान भरेर विश्वलाई फेरि एकपटक चकित पारेको छ।

चीनले आफ्नो नयाँ केजे–३००० एयरबोर्न अर्ली वार्निङ एन्ड कन्ट्रोल विमान पहिलोपटक आकाशमा उडाएको छ। यसलाई फ्लाइङ राडार पनि भनिन्छ। यद्यपि, यो उडानको मिति थाहा छैन, तर यो भर्खरै सञ्चालन गरिएको हो भन्ने विश्वास गरिन्छ।

डिसेम्बरको अन्त्यमा केजे–३००० को उडानका केही तस्विरहरू सामाजिक सञ्जालमा प्रकाशित भएका थिए। सैन्य विश्लेषकहरूले यसलाई चीनको अर्को आश्चर्यको रूपमा वर्णन गरेका छन्। चीनले केजे–३००० को उडानको बारेमा आधिकारिक पुष्टि गरेको छैन, तर यो घटनाक्रमले सैन्य विज्ञहरूलाई रोमाञ्चित गरेको छ।

केजे–३००० पिपुल्स लिबरेसन आर्मी एयर फोर्सको वाई–२० यातायात विमानमा आधारित छ । केजे–३००० एक इलेक्ट्रोनिक निगरानी विमान हो, जुन कुनै पनि ठूलो चिनियाँ बलका लागि महत्वपूर्ण गुप्तचर सङ्कलन, इलेक्ट्रोनिक युद्ध र परिस्थितिजन्य जागरूकताका लागि डिजाइन गरिएको हो।

संसारको कुनै पनि वायुसेनाले यस्तो संयोजन प्रयोग गर्दैन। यद्यपि, चीनले अहिलेसम्म केजे–३००० को बारेमा धेरै थोरै जानकारी मात्रै सार्वजनिक गरेको छ। विमानमा घरेलु रूपमा निर्मित डब्लुएस–२० उच्च–बाइपास टर्बोफ्यान इन्जिन लगाइएको छ।

यसले लगभग ३१हजार पाउण्ड थ्रस्ट उत्पादन गर्ने अनुमान गरिएको छ। विशाल एयर मेसिनले ताइवान स्ट्रेटको आकाशलाई ढाक्न सक्छ र अमेरिकी, जापानी वा अन्य सहयोगी सेनाहरूमा नजर राख्न सक्छ ।जसले ताइवानमा चीनको सम्भावित आक्रमणलाई बलियो बनाउन खोजिरहेको छ ।

अमेरिका र अन्य धेरै आधुनिक सेनाहरूसँग त्यस्ता विमानहरू छन्, तर तिनीहरू केजे–३००० जत्तिकै ठूला छैनन् । राडार प्रणाली अमेरिकाका लागि वास्तविक समस्या हुनेछ। केजे–३००० मा रहेको राडार पत्ता लगाउने दायरा ३७२ माइलदेखि ६२१ माइलको बीचमा रहेको अनुमान गरिएको छ।

यसले अमेरिकी स्टील्थ लडाकू एफ–२२ र एफ–३५ समात्न सक्ने बताइएको छ। यसले एक पटकमा १०० लक्ष्यहरू ट्र्याक गर्दछ। यसले ६६ टन पेलोड बोक्न सक्छ । चीनले ताइवानलाई आफ्नो मूल भूमिमा विलय गराउन कहिले र कसरी कदम चाल्नेछ भन्ने प्रश्नले विश्वव्यापी राजनीति र कूटनीतिको केन्द्रमा गहिरो प्रभाव पारेको छ।

एकपक्षीय शक्ति प्रदर्शन वा शान्तिपूर्ण सहकार्यका माध्यमबाट यो समस्या समाधान हुने हो वा सैन्य हस्तक्षेपको बाटो लिइने हो, यसबारे स्पष्ट उत्तर छैन। तर, एउटा कुरा निश्चित छ,ताइवानमाथिको नियन्त्रणको प्रयासले न केवल एसियाको शक्ति सन्तुलनलाई प्रभावित पार्नेछ, यसले समग्र विश्व राजनीतिको नयाँ अध्याय पनि खोल्नेछ।

Advertisement

यो विवाद समाधानको बाटो कूटनीति, सहकार्य, र संवादबाट तय गर्न सकियो भने मात्र विश्व स्थिरता र शान्तिको सम्भावना जीवित रहन सक्छ। यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top