×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

मुकुलले भने रवि र मलाई अलग गराउनेहरुले खेल खेले

१८ पुष २०८१

१८ पुष , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन पूर्व र निष्कासन पछि पार्टी सभापति रवि लामिछानेविरुद्ध पटक पटक तल्लो स्तरको टिप्पणी गरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको बताएका छन् ।

Advertisement
Advertisement

रास्वपामा मुकुललाई फेरि पूर्ववत महामन्त्री कै हैसियतामा फर्काउनु पर्ने भन्दै दुई केन्द्रीय स्तरका नेताहरुबाटै लिखित माग भएको भोलिपल्टै मुकुलले सामाजिक सञ्जालमार्फत भनेका छन् ’सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले ।

मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । ’ उनी भन्छन्– ’पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारबाही गर्नु भयो ।

अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । ’ उनले थप भनेका छन्–’पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पु¥याउने उनीहरूको योजना सफल हुँदै गएको छ ।

मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस् ।’ राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउनुपर्ने उनको भनाइ छ ।

ढकालले भनेका छन् ’हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दुःखले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ?’ हिजो मात्रै पार्टी र पार्टी नेतृत्वविरुद्ध पटक पटक वैचारिक रुपमा तल्लोस्तरको आक्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने भन्दै कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र नै पठाएका छन् ।

ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।

‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् ।

ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले लेखेका छन् । रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको यादवले लेखेका छन् । ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्योभन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।

कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौं र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौं,’ यादवले लेखेको पत्रमा भनिएको छ । रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो ।

त्यसअघि उनलाई पटक पटक आत्मालोचनासहितको अवसर दिइएको थियो । तर कारबाही अघि सोधिएको स्पष्टीकरणमा पनि उनी पार्टी नेतृत्वविरुद्ध नै खनिएका थिए । पार्टीबाट निष्कासन गर्नु अघि र पछि मुकुलले पार्टीका तत्कालीन सभापति रवि लामिछानेसहित उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेलाई विभिन्न आरोप लगाएका थिए ।

उनले रास्वपालाई रविको क्लबको रुपमा टिप्पणी गर्दै आफुले त्यसलाई रविको गुटबाट मुक्त गरिछाड्ने बताउँदै आएका छन् । रविविरुद्ध सहकारीको प्रकरणमा विभिन्न आरोप लाग्दादेखि नै उनले रवि जेलसम्म जाने घोषणा गरेका थिए ।

पछिल्लो समय भने उनी यस विषयमा मौन देखिएका छन् । रविमाथि अहिले कास्की अदालतमा सहकारी प्रकरणसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा विचाराधीन छ । उनी सांसदबाट निलम्बनमा परेका छन् भने पार्टी नेतृत्व डीपी अर्याललाई दिइएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top