जय टफ्रीका लागि सन्दीपको कप्तानीमा टोली घोषणा

१७ पुस ८१, बिहीबार

१८ पुष , काठमाण्डौ ।

Advertisement

यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी एलिट कपको दुई दिवसीय क्रिकेटका लागि बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसबाट रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल भने अन्तिम टोलीमा अटाएनन् । बागमतीले आन्तरिक टिमबीच अभ्यास खेल गराएर अन्तिम टोली छनोट गरेको हो ।

Advertisement

नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगितामा बागमतीसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष भएको पीएम कपको शीर्ष चार टोलीले जय ट्रफी एलिट कपमा प्रतिस्पर्धा गर्नेछन् ।

सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगंजमा हुनेछ । बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।

Advertisement

नेपाल प्रिमियर लिगले टि–२० चरण उज्यालो बनाएको भन्दै क्यानले अब यो कौशल र सहनशीलताको अन्तिम परीक्षणको समय भएको भन्दै जय ट्रफी फिर्ता आएको बताएको छ । पारसले भनेका छन्, जयट्रफी पुनः फर्किएको छ—समृद्ध इतिहास र विरासतलाई पुनर्जीवित गर्दै, अब नेपाल क्रिकेट संघको प्रिमियर रेड बल क्रिकेट प्रतियोगिता!

पारसका अनुशार पिएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार उत्कृष्ट टोलीहरूले यसमा प्रतिस्पर्धा गर्नेछन्। रातो बलको क्रिकेटले नेपाली क्रिकेटलाई जरा तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको समेत पारसले बताएका छन् ।

यसले युवा खेलाडीहरूलाई लामो ढाँचामा आफ्नो कौशल र धैर्यता प्रदर्शन गर्ने मौका प्रदान गर्ने उनको विश्वास छ । यस्तो प्रतियोगिताले नयाँ प्रतिभा विकास गर्न मात्र मद्दत गर्दैन, खेलाडीहरूको मानसिक र प्राविधिक क्षमतामा सुधार गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा अझ सबल बनाउँने पारसउले उल्लेख गरेका छन् ।

जनवरी ५ र ६ मा पहिलो खेल मधेस प्रदेश र बागमती बीच हुनेछ भने दोस्रो खेल सोही दिन नेपाल पुलिस र नेपाल आर्मीबीच हुने छ । यस्तै ८ र ९ मा आर्मी र बागमती बीचको खेल हुनेछ भने सोही दिन मधेस र पुलिसबीचको खेल हुनेछ ।

यस्तै ११ र १२ जनवरीमा नेपाल पुलिस र बागमती तथा आर्मी र मधेशबीचको खेल हुनेछ । रेड बल क्रिकेटमा राम्रो प्रदर्शनले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बन्ने अवसर दिलाउन मद्दत गर्ने अपेक्षा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top