Nepal Times
Nepal Times
3
Shares

क्यालिफोर्नियामा विमान दुर्घटना

क्यालिफोर्नियामा विमान दुर्घटना

१९ पुष , काठमाण्डौ।

एक दिनअघि मात्रै आतंकवादी आक्रमण तथा गोलीकाण्डमा परी डेढ दर्जन नागरिक गुमाएको अमेरिकामा फेरि अर्काे शोक थपिएको छ। दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु भएका व्यक्तिहरूको पहिचान, र तिनीहरू विमानमा थिए वा जमिनमा, अहिलेसम्म थाहा नभएको फुलर्टन प्रहरी प्रवक्ता क्रिस्टी वेल्सलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको थियो।

दुर्घटनापछि आगो लागेको थियो ।दमकलकर्मी र पुलिस घटनास्थलमा पुगेर आगो निभाएका थिए । आगलागीले एउटा गोदामलाई क्षति पुर्यायो जसमा सिलाई मेसिन र कपडाको स्टक राखिएको थियो। फुलर्टन लस एन्जलसको ४० किलोमिटर दक्षिणपूर्वमा रहेको लगभग १ लाख ४० हजार मानिसहरूको शहर हो।

एबीसी न्यूजका अनुसार, नौ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने बाँकी घाइतेहरुलाई घटनास्थलमा उपचार गरी घर फर्काइएको छ । क्यालिफोर्नियाको फुलर्टनको रेमर एभिन्यूको २३०० ब्लकमा दुर्घटना भएको हो।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीय टेलिभिजन फुटेज र तस्बिरहरूले भवनबाट धुवाँ उठेको देखाएको छ । संघीय उड्डयन प्रशासनले विमानलाई एकल इन्जिन भ्यानको आरभी–१० को रूपमा पहिचान गरेको छ।

डिज्नील्याण्डबाट करिब ६ माइल टाढा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो। विमानस्थलमा एकल रनवे र हेलिपोर्ट छ। उडान भरेको केही समयपछि विमान दुर्घटना भएको थियो।

फ्लाइट–ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले चार सिट भएको, एकल इन्जिनको विमान उडान भरेको करिब एक मिनेटपछि दुर्घटनाग्रस्त भएको सङ्केत गरेको छ। यसअघि नोभेम्बरमा, अर्को चार सिटर विमान टेकअफको केही समयपछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा विमानस्थलबाट आधा माइल टाढा रूखमा ठोक्किएको थियो।

सो दुर्घटनामा ओरेन्ज काउन्टी रजिस्टरका अनुसार विमानमा रहेका दुवै व्यक्तिलाई हल्का चोट लागेको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.