×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

ओलीको विद्यासँग २ घण्टा वार्ता, ओलीलाई विद्याबाटै असुरक्षा

१९ पुष २०८१

१९ पुष , काठमाण्डौ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा फर्किने चर्चाका बीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए ।

Advertisement
Advertisement

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै तुक नरहेको बताएका ओलीको साढे २ घण्टा लामो राजनीतिक भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

भण्डारीकै कार्यकालमा उपराष्ट्रपति रहेका नन्द किशोर पुन पासाङ समेत माओवादीमा सक्रिय बनिसकेका छन् । उनी हिजोको स्थायी कमिटीको बैठकमा सहभागि भएका छन् । पुनको समेत राजनीतिमा पुन सक्रियताकै बीच भण्डारीको समेत एमालेमा फर्किने संभावनाको चर्चा बढिरहेको छ ।

तर प्रधानमन्त्री ओलीले भने विद्याको एमालेमा फर्किने संभावनामा कुनै तुक नरहेको बताउने गरेका छन् । गएको मंसिर ३० गते च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा उनले पार्टीमा आउनुप¥यो भन्दै भण्डारीलाई नभेट्न नेता–कार्यकर्तालाई सचेत गराएका थिए ।

“पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुप¥यो भन्ने कुराको कुनै तुक छैन,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भनका थिए, “उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ ।”

पूर्वराष्ट्रपति भण्डारीमा एमाले अध्यक्ष बन्ने चाहना रहेको नेताहरू बताउँछन् । तर, उनले औपचारिक रूपमा मुख खोलेकी छैनन् । एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई देखिने चर्चा एमालेवृत्तमा छ । उनलाई पार्टीमा क्रियाशील बनाउन नेताहरू सक्रिय छन् ।

राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेपछि भण्डारी चपलीमा आफ्नै घरमा बस्दै आएकी छन् । सरकारी सुविधा नलिएकाले उनी राजनीतिमा आउन सक्ने आकलन गरिँदै आएको छ । पूवराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा फर्काउन रोक लगाएका ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई भने आफना लागि बराबर भनेका छन् ।

पार्टीमा गुट नरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन् । उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा गुटको राजनीति नगर्न समेत चेतावनी दिदै आएका छन् । ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल आफ्नो लागि एउटा नजिक र अर्को टाढा नभएको बताएका छन् ।

पछिल्लो समय एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई गरेको पार्टी निष्कासन र अन्य दुई नेतृको निलम्बनले एमाले भित्र ब्यापक असन्तुष्टि सृजना गरेको विश्लेषण गरिन्छ । एमाले सचिवालय बैठकले गरेको यो निर्णयको विद्या भण्डारी पक्षीय नेतृ तथा पूर्व परराष्ट्रमन्त्री विमला पौड्यालले समेत असन्तुष्टि जाहेर गरेकी थिइन ।

बिहीबार मात्र एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीमा बहसलाई बन्देज गर्ने कुरा कुनै कोणबाट उचित नहुने भनी टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा कसैको नाम नलिएर स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता–कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणको शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका छन्।

उनले लेखेका छन्, ‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता–कार्यकर्ताको धर्म हो। तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन।’

Advertisement

पछिल्लोपल्ट भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाहीलाई लिएर ओलीप्रति असहमति जनाउने समूह झन् चिढिएको छ। पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रियता बढाएपछि ओली सशंकित झन छन्। कतिपय उनकै विश्वासपात्रहरू पार्टी राजनीतिमा भण्डारीको पुनरागमनका लागि प्रयासरत रहेका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top