NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

रोहित, दिपेन्द्र, अनिल र आसिफ विनाको जय ट्रफी कस्तो होला ?

शनिबार पुस २० , २०८१
Reading Time: 1 min read
A A
अब क्रिकेटमा पनि रेड कार्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० पुष , काठमाण्डौ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता भोलि आइतबार देखि सुरु हुँदैछ । रेड बल क्रिकेट पहिलोपटक घरेलु प्रतियोगिता हुन लागेको हो । दुई दिवसीय यो प्रतियोगिताले राष्ट्रिय टिम छनोटमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने क्यानको विश्वास छ ।

प्रतियोगितामा प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिताका शीर्ष चार टिम सहभागी हुनेछन् । पीएम कपको विजेता पुलिस क्लब, उपविजेता आर्मी क्लब, तेस्रो भएको बागमती प्रदेश र चौथो स्थानमा रहेको मधेश प्रदेश टिमबीच जय ट्रफीमा प्रतिस्पर्धा हुनेछ ।

भोलिको उद्घाटन खेल पर्साको वीरगञ्जमा बागमती प्रदेश र मधेश प्रदेशबीच हुनेछ । जय ट्रफीमा सहभागी ४ वटै टिमले टोली घोषणा गरिसकेका छन् । मधेश हरिशंकर साह र बागमती नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ भने आर्मी विनोद भण्डारी र पुलिस आरिफ शेखको कप्तानीमा मैदानमा उत्रिने भएको छ ।

मधेशका कप्तान नयाँ हुन् यद्यपि उनी नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका टप अर्डरका ब्याटर हुन् । मधेशको टिममा कप्तान हरिशंकरसहित अभिषेक तिवारी, रुपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलवन सहनी, रञ्जित कुमार, विशाल पटेल र राजेश यादव छन् ।

यसैगरी, प्रदीप पासवान, अफ्रुद्दिन रायन, हिमान्सु दत्त, राहुल मण्डल र शैलेन्द्र साह रहेका छन् । यता बागमतीमा भने कप्तान लामिछानेसहित सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी छन् ।

राष्ट्रिय टिमका समेत नियमित सदस्य रहेका अनिल साह घाइते भएका कारण मधेशको टिममा छैनन् । उनी एनपीएलका क्रममा घाइते भएका थिए । जसका कारण उनले जय ट्रफी समेत गुमाउने भएका हुन् ।

यस्तै दीपेन्द्रसिंहले जय ट्रफी गुमाउने भएपछि पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ । दीपेन्द्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने इन्टरनेसनल लिग टी–२० का निम्ति गल्फ जायन्ट्ससँग अनुबन्धित भएका छन् ।

आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् । यसैगरी, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सेरला पनि टिममा परेका छन् ।

अन्य टिमभन्दा तुलनात्मक रुपमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुको पुलिस टिममा बाहुल्यता रहेको छ । पुलिस क्लबले आइतबार नै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीको प्रशिक्षकमा चन्द्र साउद छन् भने विनोद भण्डारी कप्तान रहेका छन् ।

आर्मी टिममा पनि राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ । टिममा सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, शाहब आलम, बसिर अहमद रहेका छन् । यस्तै नरेन साउद, आकाश चन्द, दुर्गेश गुप्ता, सन्तोष कार्की, इमरान शेख, तृत राज दास, पवन कार्की र सुमित श्रेष्ठ पनि आर्मीमा रहेका छन् ।

जय ट्रफीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलको जादुमय खेल भने हेर्न पाइने छैन् । क्यानले जय ट्रफीमा सन् २०२४ को फेब्रुअरीमा काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमलाई मात्रै सहभागी गराउने निर्णय गरेकाले कप्तान पौडेलले प्रतियोगिता खेल्नबाट बन्चित भएका हुन् ।

रोहित सम्मिलित विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब शीर्ष चारमा पर्न नसकेकाले सो टिमले यो प्रतियोगिता गुमाएको छ। यसैले रोहितसहित आसिफ शेख, लोकेश बम सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिने छैनन् ।

दिपेन्द्रसिंहको कप्तानीमा पिएम कपमा अपराजित रहँदै उपाधि जितेको पुलिसको टोलीलाई जय ट्रफीमा पनि प्रमुख दाबेदारका रुपमा हेरिएको छ। यद्यपि यस टोलीमा ऐरीको अभाव खड्किनेछ ।

पुलिस क्लबमा रहेका अधिकांश राष्ट्रिय खेलाडीले नेपालको एकदिवसीय टिमबाट खेल्दै आएका छन् । पिएम कपमा शानदार प्रदर्शन गरेका खेलाडीहरूले जय ट्रफीमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा रहनेछ ।

यस्तै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपमा उपविजेता भएको टिम हो । आर्मीमा पनि राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्यता छ । हाल राष्ट्रिय टिममा रहेका सोमपाल कामी, कुशल मल्ल, भिम शार्की आर्मीमा छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान विनोदसहित विवेक यादव, शाहब आलम र बसिर अहमद पनि छन् । आर्मीले यू१९ टिमका नरेन साउदलाई पनि समावेश गरेको छ । नरेनले पिएम कपमा सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए ।

बागमती प्रदेश भने तेस्रो स्थानमा रहेको टिम हो । बागमतीले ६ खेलमा जित निकाल्दा ३ खेलमा पराजय व्यहोरेको थियो । जय ट्रफीमा बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । यसअघि रित गौतमको कप्तानीमा खेल्दै आएको बागमतीले सन्दीपलाई टिममा भित्र्याउँदै कप्तानीको भूमिका दिएको हो ।

सन्दीप पिएम कपमा खेलेका थिएनन् । यस टिममा सन्दीपसहित राष्ट्रिय टिमबाट खेलिसकेका रिजन ढकाल, प्रतिश जिसी, सूर्य तामाङ, इशान पाण्डे रहेका छन् । मधेश प्रदेश पिएम कप क्रिकेटको चौथो स्थानमा रहेको टिम हो ।

मधेशको कप्तानमा राष्ट्रिय टिमबाट खेलिसकेका हरिशंकर साह छन् । मधेशमा यू–१९ टोलीका अभिषेक तिवारी पनि छन् । यस टिममा अन्य उदयमान खेलाडीहरु रहेका छन् ।

Tags: #नेपाल क्रिकेट संघ (क्यान)#भोलिदेखि जय ट्रफी

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.