‘ढोग दिया’ शब्दको दुरुपयोग ! गीत नै विवादमा, कारबाहीको माग

२० पुस ८१, आइतबार

२१ पुष, काठमाण्डौ।

चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमा केही नयाँ कन्टेन्ट आउँने बित्तिकै त्यो जोसुकैले जस्तोसुकै पस्थितिमा जेसुकै बोलेको वा प्रयोग गरेको होस्, रोचक र चाख लाग्दा शब्द, वाक्य, सूचना, गीत–संगीत, व्यङ्ग्य वा अन्य केही कटेन्ट भाइरल हुने ट्रेण्ड बढ्दो छ ।

त्यस्ता भिडियोहरु भ्यूजका आधारमा भाइरल हुन्छन् । ती भिडियो भाइरल भएपछि एउटा लेटेस्ट ट्रेन्ड नै बन्छ र लाखौँ मानिसहरुमाँझ त्यो पुगेपछि ख्याल ठट्टाका रुपमा लिने र सोही शैली कपि गर्दै शेयर गर्ने चलन अहिले छ्याप्छ्याप्ती देखिन्छ ।

Advertisement

केही समय अघि सामाजिक सञ्जाल टिकटकमा मिस पबिका नामले एक युवती निकै भाइरल बनिन् । उनी सुदूरपश्चिमको धनगढीस्थित अमरगढी नगरपालिका–८ लतौलीकी हुन् । उनको पूरा नाम पबित्रा साँखी हो र उनको बोलीमा सुनिने त्यो पश्चिमेली शैलीका कारण उनी निकै भाइरल बनिन् ।

जसले उनको फ्यान फलोअर्स निकै चुलिएको छ । जसले उनलाई विभिन्न सर्ट भिडियो, टिभी सिरियल, म्यूजिक भिडियोमा खेल्ने अवसर दिइरहेको छ । उनी पछिल्लो समय हास्यब्यङ्ग टेलिभिजन कार्यक्रम कमेडी दरबारमा काम गर्दै आएकी छन् ।

उनी चलचित्रमा समेत अनुबन्ध भइसकेकी छन् । टिकटक स्टार हुँदै कलाकारितामा जमेकी उनै मिस पबिले आफ्नो भिडियोमा बढी प्रयोग गरेको शब्द हो, ढोग दिया । ‘ढोग दिया’ भन्ने शब्द त्यसपछि व्यापक रुपमा प्रयोग हुन थाल्यो ।

त्यसअघि कर्णाली तथा सुदूरपश्चिममा मात्रै प्रयोग हुने गरेको ‘ढोगदिया’ शब्द पछिल्लो समय भने अर्का चर्चितटिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंह ठकुरीले चर्चामा ल्याएकी हुन् । आफ्ना छोरा–बुहारीसँगको विवादको विषयमा टिकटकमा प्रस्ट्याउने क्रममा उनले अभिवादनका क्रममा सो शब्द प्रयोग गर्दै आएकी थिइन् ।

पछिल्लो समय तीन दिन दिनअघि मात्रै ‘नमस्ते ढोगदिया’ बोलको म्युजिक भिडियो नै सार्वजनिक भएपछि यो विवादमा आएको छ । रमेश परियारको शब्द एवं कविता खत्री र खेम सेन्चुरीको आवाजमा रहेको उक्त गीतमा ‘‘ढोगदिया’ शब्दको दुरुपयोग गरिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् ।

यो शब्दको दूरुपयोग भएको भन्दै देउडा संस्कृति संरक्षण प्रतिष्ठानले भने आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ रहेको छ । संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उनले कारबाहीको माग समेत गरेका छन् ।

कसैको खिस्सिट्युरी गर्न, ख्याल ठट्टा गर्दा बोल्ने एक थेगो जस्तै बनेको छ ढोगदिया । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा समेत ‘ढोग दिया’ शब्दले चर्चा पाएको थियो ।

सुदूरपश्चिमलगायत विभिन्न टीमका समर्थकहरुले उक्त शब्दको प्रयोग गर्दै हुटिङ गरेको सुनिएको थियो । ‘ढोग दिया’ (ढोग गरे) सुदूर पश्चिम नेपालको ठेट भाषामा प्रयोग हुने शब्द हो । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top