राष्ट्रघाती दोषीविरुद्ध लाग्न सर्वेन्द्र खनालले एमाले छाडे

२० पुस ८१, आइतबार

२१ पुष , काठमाण्डौ।

नेपाल प्रहरीका नेतृत्वबाट अवकास पाएपछि नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिएका हुन् ।

उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन । राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी २०७९ असोज ६ गते एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरे लगतै उनले एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पनि पाएका थिए । तर उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए ।

त्यसपछि एमालेले उनलाई पुनः उपनिर्वाचनका लागि तनहुँबाट टिकट दिएको थियो । त्यहाँ पनि उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । त्यसयता एमालेका निष्क्रिय झै देखिएका खनालले एकाएक एमाले छाडेका छन् ।

पछिल्लो समय नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गरेको ११ दिनपछि खनालले एमाले छाडेका छन् । नेकपा (एमाले)बाट निष्कासित नेता रावलले भने मातृभूमि जागरण अभियान चलाउने भएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।

“देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,“ उनले भनेका छन् ।

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।

च्यासलस्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । उनीमाथि विगतमा एमालेको निर्देशनमा सांसद अपहरण गरेको सम्मको आरोप लागेको थियो ।

०७७ सालमा कोरोना महामारीका कारण देशव्यापी लकडाउन गरिएका बेला खनालमाथि जनता समाजवादी पार्टी (जसपा) का सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो । खनालले सार्वजनिक रुपमै ओली सरकार संकटमा परेकाले सरकार टिकाउन यादवलाई मधेसबाट काठमाण्डु ल्याइदिएको प्रष्टीकरण दिएका थिए ।

खनाल एमाले नेता महेश बस्नेत र तनहुँका सांसद किसान श्रेष्ठसँगै धनुषा पुगेर सांसद यादवलाई काठमाण्डौं लगेका थिए । जसपाले आफ्नो दल विभाजनका लागि सांसद साहलाई खनाल, बस्नेत र श्रेष्ठले अपहरण गरेर ल्याएको आरोप लगाएको थियो ।

तत्कालीन जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईनिकट प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले काठाण्डौंको हात्तीसारस्थि होटल म्यारियटमा राखिएका साहलाई अपहरणमुक्त गराएको दाबी गरेका थिए ।

यद्यपि खनालसहित सबैले अपहरण नभई यादवले काठमाण्डौं आउन चाहेकाले लिन गएको दाबी गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top