NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

चीनका लागि ओलीले अमेरिकासँग निहुँ खोजे, सबै भ्रष्टचारमा प्रचण्ड!

आइतवार पुस २१ , २०८१
Reading Time: 1 min read
A A
माधवले नक्सा उठाए,देउवाले शुभकामना दिए, प्रचण्डले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ पुष , काठमाण्डौ ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। जहाँ उनले कांग्रेससँगको गठबन्धनको औचित्य पुष्टि गर्दै प्रतिपक्ष दल रास्वपाका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष प्रचण्डदेखि अमेरिकासम्मलाई प्रश्न उठाएका छन् ।

प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टचारविरुद्धको अभियान सुरु गरेपछि एकाएक एमाले कांग्रेससँग मिलेको भन्दै आफू भ्रष्टचारविरोधी अभियानमा रहेको बताइरहदा ओलीले भने सबै ठूला भ्रष्टचारमा प्रचण्डको सम्लग्नता रहेको गम्भिर आरोप लगाएका छन् ।

LS Auto

उनले रास्वपा नेता कार्यकर्ता अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् भने सरोकार नै नभएको चीनको एक चीन नीतिको विरुद्धमा उभिएको भन्दै अमेरिकामाथि प्रश्न उठाएका छन् ।

ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् । ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गरेका छन् ।

भ्रष्टाचारविरुद्धको कारवाहीलाई आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गरेको र सुन तस्करी,ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा सरकारनै संलग्न भएको प्रतिवेदनमा उल्लेख छ।

सरकारमै भएका बेला समानान्तर गठबन्धनको अभ्यास गरिरहने,पाँचै वर्ष सत्ता चलाउने चलखेल र २०८१ साल असारको दोस्रो सातातिर राष्ट्रिय सहमतिको सरकारको नयाँ आवरणमा प्रचण्डबाट कांग्रेसलाई सरकारमा सहभागी हुन प्रस्ताव राखेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

उपयोग गर्ने र फ्याँक्ने प्रचण्डको पूरानै प्रयोगको नयाँ स्वरुपले मुलुकलाई थप अप्ठेरोमा पार्ने भएपछि कांग्रेस र एमाले मिलेको प्रतिवेदनमा उल्लेख छ । प्रचण्ड सकरारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको भन्दै अभियानका नाममा आफ्नालाई चोख्याउन केन्द्रित रहेको उल्लेख छ ।

ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्र सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधव नेपाललगायतासँग सोधपुछ गरिएको र सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मकरूपमा मुद्दा चलाइएको उल्लेख छ ।

प्रचण्डले सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षण गरेको ओलीले आरोप लगाएका छन् । यस्तै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले रवि लामिछाने पक्राउ परेपछि अलोकतान्त्रिक गतिविधि देखाएको बताएका छन् ।

राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्,“आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभाव रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक थिएनन् ।“

उनले अगाडि भनेका छन्, “प्रहरी अनुसन्धानलाई सघाउनुको साटो त्यसलाई ’सरकारले आफूहरूविरुद्ध खडा गरेको राजनीतिक प्रतिशोध’को मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन गर्ने, त्यस क्रममा प्रहरीमाथि हातपात गर्ने, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने काममा त्यस पार्टीका कार्यकर्ता सङ्लग्न देखिए ।

आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिए ।“ यस्तै ओलीले जननिर्वाचित संसद् भंग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् ।

उनले म्यानमारको सन्दर्भमा यस्तो बताएका हुन् । आफूहरू म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाको पक्षमा रहेको उनले बताएका छन् । “हामी म्यानमारमा लोकतन्त्रको तत्काल पुनस्र्थापनाको पक्षमा छौँ ।

जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ओलीले अमेरिकामाथि समेत प्रश्न उठाएका छन् । ओलीले अमेरिका आफैँले स्वीकार गरेको एक चीन नीतिविपरीत गएको आरोप लगाएका छन् । “विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ,” ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्यशक्ति केन्द्रीकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्वशान्ति र क्षेत्रीय स्थायित्वका निम्ति हानिकारक भएको उनले जनाएका छन् । “त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ,” उनले भनेका छन् ।

यस्तै नेकपा एमालेले वडा केन्द्रित पार्टी निर्माण अभियान–२०८१ सम्बन्धी अवधारणा पत्रको प्रस्ताव तयार पारेको छ ।राजनीतिक प्रतिवेदनको अनुसूचीमा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले तयार पारेको अवधारणा पत्र राखिएको छ ।

अभियानको पहिलो उद्देश्य तथा अपेक्षित उपलब्धिमा पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले २०८१ चैतभित्रै सदस्यता नवीकरण गर्ने, ९० प्रतिशत पार्टी सदस्य अनलाइनमा आउने उल्लेख छ ।

त्यस्तै पार्टी सदस्यतामा दुई लाख नयाँ सदस्य थप हुने, हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटी गठन हुने, सबै वडास्तरका कमिटीहरुको अधिवेशन चैत मसान्तभित्र सम्पन्न हुने, हालका टोल स्तरका कमिटीमा ५ हजार कमिटीहरु थप निर्माण उल्खेख छ ।

Tags: #ओलीको निशानामा#सबै भ्रष्टचारमा प्रचण्ड!

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.