चीनका लागि ओलीले अमेरिकासँग निहुँ खोजे, सबै भ्रष्टचारमा प्रचण्ड!

२० पुस ८१, आइतबार

२१ पुष , काठमाण्डौ ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। जहाँ उनले कांग्रेससँगको गठबन्धनको औचित्य पुष्टि गर्दै प्रतिपक्ष दल रास्वपाका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष प्रचण्डदेखि अमेरिकासम्मलाई प्रश्न उठाएका छन् ।

प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टचारविरुद्धको अभियान सुरु गरेपछि एकाएक एमाले कांग्रेससँग मिलेको भन्दै आफू भ्रष्टचारविरोधी अभियानमा रहेको बताइरहदा ओलीले भने सबै ठूला भ्रष्टचारमा प्रचण्डको सम्लग्नता रहेको गम्भिर आरोप लगाएका छन् ।

Advertisement

उनले रास्वपा नेता कार्यकर्ता अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् भने सरोकार नै नभएको चीनको एक चीन नीतिको विरुद्धमा उभिएको भन्दै अमेरिकामाथि प्रश्न उठाएका छन् ।

ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् । ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गरेका छन् ।

Advertisement

भ्रष्टाचारविरुद्धको कारवाहीलाई आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गरेको र सुन तस्करी,ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा सरकारनै संलग्न भएको प्रतिवेदनमा उल्लेख छ।

सरकारमै भएका बेला समानान्तर गठबन्धनको अभ्यास गरिरहने,पाँचै वर्ष सत्ता चलाउने चलखेल र २०८१ साल असारको दोस्रो सातातिर राष्ट्रिय सहमतिको सरकारको नयाँ आवरणमा प्रचण्डबाट कांग्रेसलाई सरकारमा सहभागी हुन प्रस्ताव राखेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

उपयोग गर्ने र फ्याँक्ने प्रचण्डको पूरानै प्रयोगको नयाँ स्वरुपले मुलुकलाई थप अप्ठेरोमा पार्ने भएपछि कांग्रेस र एमाले मिलेको प्रतिवेदनमा उल्लेख छ । प्रचण्ड सकरारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको भन्दै अभियानका नाममा आफ्नालाई चोख्याउन केन्द्रित रहेको उल्लेख छ ।

ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्र सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधव नेपाललगायतासँग सोधपुछ गरिएको र सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मकरूपमा मुद्दा चलाइएको उल्लेख छ ।

प्रचण्डले सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षण गरेको ओलीले आरोप लगाएका छन् । यस्तै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले रवि लामिछाने पक्राउ परेपछि अलोकतान्त्रिक गतिविधि देखाएको बताएका छन् ।

राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्,“आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभाव रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक थिएनन् ।“

उनले अगाडि भनेका छन्, “प्रहरी अनुसन्धानलाई सघाउनुको साटो त्यसलाई ’सरकारले आफूहरूविरुद्ध खडा गरेको राजनीतिक प्रतिशोध’को मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन गर्ने, त्यस क्रममा प्रहरीमाथि हातपात गर्ने, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने काममा त्यस पार्टीका कार्यकर्ता सङ्लग्न देखिए ।

आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिए ।“ यस्तै ओलीले जननिर्वाचित संसद् भंग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् ।

उनले म्यानमारको सन्दर्भमा यस्तो बताएका हुन् । आफूहरू म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाको पक्षमा रहेको उनले बताएका छन् । “हामी म्यानमारमा लोकतन्त्रको तत्काल पुनस्र्थापनाको पक्षमा छौँ ।

जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ओलीले अमेरिकामाथि समेत प्रश्न उठाएका छन् । ओलीले अमेरिका आफैँले स्वीकार गरेको एक चीन नीतिविपरीत गएको आरोप लगाएका छन् । “विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ,” ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्यशक्ति केन्द्रीकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्वशान्ति र क्षेत्रीय स्थायित्वका निम्ति हानिकारक भएको उनले जनाएका छन् । “त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ,” उनले भनेका छन् ।

यस्तै नेकपा एमालेले वडा केन्द्रित पार्टी निर्माण अभियान–२०८१ सम्बन्धी अवधारणा पत्रको प्रस्ताव तयार पारेको छ ।राजनीतिक प्रतिवेदनको अनुसूचीमा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले तयार पारेको अवधारणा पत्र राखिएको छ ।

अभियानको पहिलो उद्देश्य तथा अपेक्षित उपलब्धिमा पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले २०८१ चैतभित्रै सदस्यता नवीकरण गर्ने, ९० प्रतिशत पार्टी सदस्य अनलाइनमा आउने उल्लेख छ ।

त्यस्तै पार्टी सदस्यतामा दुई लाख नयाँ सदस्य थप हुने, हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटी गठन हुने, सबै वडास्तरका कमिटीहरुको अधिवेशन चैत मसान्तभित्र सम्पन्न हुने, हालका टोल स्तरका कमिटीमा ५ हजार कमिटीहरु थप निर्माण उल्खेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top