Nepal Times
Nepal Times
3
Shares

काठमाडौंबाट भद्रपुर उडेको जहाजको इन्जिन ब्रिगिएपछि‘।।

काठमाडौंबाट भद्रपुर उडेको जहाजको इन्जिन ब्रिगिएपछि‘।।

२२ पुष , काठमाण्डौ।

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानको इन्जिनमा समस्या देखिए पछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण केही विमानहरुले आकासमा फन्को मार्नु परेको थियो ।

काठमाडौंबाट १० ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई केही समय होल्ड गराउनु परेको थियो । वायुसेवाका अनुसार उक्त जहाजलाई प्राविधिक टोलीले थप चेकजाँच गरिरहेका छन् ।

उक्त जहाजका यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाएको पनि बुद्ध एयरले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार आकस्मिक अवतरण मागेकै कारण अरु विमान केही समय आकासमै होल्ड गराउनु परेको र उक्त जहाज अवतरण गरेपछि अरुको उडान सामान्य अवस्थामा आएको पनि उल्लेख छ ।

यसअघि गएको भदौ ३१ गते पनि काठमाडौंबाट भरतपुर जान लागेको बुद्ध एयरको एउटा जहाजमा उडान भर्नुभन्दा ५ मिनेट अघि समस्या भएपछि ट्याक्सी वे मै रोक्नु परेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको थियो ।

त्यसअघि भदौ २४ गते काठमाडौंबाट सुर्खेतका निम्ति उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको थियो । काठमाडौंबाट सुर्खेतका लागि उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि ह्वील स्टेरिङ लक भएकाले पुनः विमानस्थलमै फर्काइएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.