तिब्बतमा ७ रेक्टरको भूकम्प, ५ देशमा धक्का, नेपालमा कति क्षति ?

२२ पुस ८१, मंगलबार

२३ पुष , काठमाण्डौ।

Advertisement

चीनको तिब्बत केन्द्रबिन्दु बनाएका आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

Advertisement

भूकम्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ ।

यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ ।

Advertisement

तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सीमामा पर्ने दिङ्गे काउन्टीमा रहेको थियो, जुन दक्षिण नेपालको सङ्खुवासभा, ताप्लेजुङ र भारतको सिक्किम राज्यसँग सीमामा जोडिएको स्थान हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यका, तराई र पूर्वी नेपालका विभिन्न जिल्ला, जस्तै झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा महसुस गरिएको थियो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको बताएका छन् ।

यस्तै सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको बताएका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको बताएका छन् ।

नेपालमा तिब्बतको सिमाना जोडिएको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने बताएका छन् ।

भूकम्पको धक्का महसुस भएपछि नागरिकहरू घरबाहिर खुला स्थानमा निस्किएका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिङ्गे काउन्टी नेपालका पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा रहेको छ।

केंद्रका अनुसार, छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प मानिन्छ। यसअघि २०७२ वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर सात दशमलव छ रेक्टर स्केलको भूकम्प आएको थियो। यस भूकम्पले ठूलो जनधनको नोक्सानी पुर्याएको थियो।

केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्पका धक्काहरू महसुस भइरहेको छ, जसले नागरिकमा चासो र चिन्ता बढाएको छ। नागरिकलाई भूकम्पको जोखिम र सम्भावित प्रभावका बारेमा सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

नेपाल भूकम्पीय दृष्टिकोणले अत्यन्तै संवेदनशील देश हो। ०७२ को भूकम्पले हामीलाई भयानक क्षति र मानविय पीडा दिएको थियो, र त्यो अनुभवले हामीलाई भूकम्पको सम्भावनालाई नकार्न नसक्ने कुरा सिकाएको छ।

यद्यपि, भूकम्प र त्यसको प्रभावलाई रोक्न सकिदैन् तर पूर्वतयारी र सतर्कता बढाएर यसबाट उत्पन्न हुने जोखिमलाई कम गर्न सकिने भूकम्पविद्हरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top