अमेरिकाका १० राज्यमा बर्ड फ्लू, बर्ड फ्लुबाट कसरी बच्ने ?

२३ पुष ,  एजेन्सी ।

संयुक्त राज्य अमेरिकामा बर्ड फ्लूबाट मानिसको पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको छ। लुइसियानाका स्वास्थ्य अधिकारीहरूले सोमबार अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्युको पुष्टि गरेका हुन् ।

बर्ड फ्लूबाट मृत्यु हुने व्यक्तिको उमेर ६५ वर्षभन्दा बढी थियो। रिपोर्टका अनुसार ती व्यक्तिलाई डिसेम्बरको मध्यमा लुइसियानाको अस्पतालमा भर्ना गरिएको थियो। युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) का अनुसार उनलाई देशमा एच५एन१ सङ्क्रमणको पहिलो गम्भीर घटना मानिएको थियो।

Advertisement

लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमा भनेको छ कि ती व्यक्तिलाई गैर–व्यावसायिक ब्याकयार्ड कुखुरा र जङ्गली चराहरूको सम्पर्कमा आएपछि एच५एन१ सङ्क्रमण भएको थियो। विभागले उक्त व्यक्तिको परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

राज्यमा भाइरसको व्यक्ति–देखि–व्यक्ति फैलिने कुनै अतिरिक्त घटनाहरू वा प्रमाणहरू नभएको बताइएको छ । सीडीसीले बर्ड फ्लूको मामिलामा भएको वृद्धिलाई निगरानी गरिरहेको छ। सन् २०२४ को सुरुदेखि संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुका ६६ वटा घटना दर्ता भएका छन्।

Advertisement

समाचार एजेन्सी एएनआईका अनुसार लुइसियाना स्वास्थ्य विभागले आफूलाई र आफ्नो परिवारलाई एच५एन१ बाट जोगाउने सबैभन्दा राम्रो तरिका जोखिमका स्रोतहरूबाट बच्नु हो भनी उल्लेख गरेको छ।

“यसको अर्थ संक्रमित वा बर्ड फ्लू भाइरसबाट संक्रमित हुने सम्भावना भएका जङ्गली चराहरू र अन्य जनावरहरूसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनुपर्छ“ । सीडीसीका अनुसार अमेरिकाका १० वटा राज्यमा बर्ड फ्लूको सङ्क्रमण भएको रिपोर्ट गरिएको छ।

यसमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वासिङ्टन, विस्कन्सिन र टेक्सास समावेश छन्। लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच५एन१ बर्ड फ्लूको पहिलो यस्तो केस थियो, जुन आँगनमा आएका चराहरूको बथानसँगको सम्पर्कसँग जोडिएको थियो।

बर्ड फ्लु एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने रोग हो। इन्फ्लुएन्जा भाइरस ‘ए’ ‘बी’ ‘सी’ ‘डि’ हुन्छ। इन्फ्लुएन्जा ए अन्तर्गत एच५एन१ लाई नै बर्ड फ्लु भनेर चिनिन्छ। यसले कुखरा, चरा लगायतका पक्षीहरुमा संक्रमण गर्ने भएकाले बर्ड फ्लु भनिएको हो।

यो नेपालमा विगत केही वर्षदेखि देखिँदै आएको छ। यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमको हानिकारण जीवाणु जन्मन्छ, जनु पक्षीबाट मानिसमा सर्छ।

बर्ड फ्लु मानिसमा लाग्दा अन्य फ्लु लागेको जस्तै लक्षण देखिन्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा अवरोध आउनसक्छ। पखला पनि लाग्नसक्छ। यदि यो समस्यालाई समयमा नै उपचार गर्न सकिएन भने निमोनिया हुने, विभिन्न अंगमा असर गर्नेदेखि बिरामीको मृत्युसमेत हुनसक्छ।

पक्षीबाट मानिसमा सर्ने भनेको दुर्लभ नै हो। एच५एन१ को कुरा गर्ने हो भने सन् १९९७ मा मानिसमा पहिलो पटक हङकङमा देखिएको थियो। त्यसपछि अन्य देशमा पनि देखियो। धेरै मानिसलाई एकै पटक देखिएको छैन।

दक्षिण एसियाली देशमा हेर्दा सन् २००७ मा पाकिस्तानमा पहिलो पटक एच५एन१ देखिएको थियो। सन् २००८ मा बंगलादेशमा देखियो। त्यसपछि बर्ड फ्लुले मानिसको मृत्यु भएको खासै छैन। नेपालको कुरा गर्दा २००९ मा पहिलो पटक कुखुरामा बर्ड फ्लु लागेको भेटिएको थियो। त्यसपछि हरेक वर्ष देखिएको छ।

बर्ड फ्लु संक्रमित पक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।

बर्ड फ्लुबाट कसरी बच्ने
– रोगग्रस्त पक्षीबाट जोगिनु नै उत्तम उपाय हो

– कुखुरा लगायत पक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने

– घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने

– कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने

– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top