×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२ बर्ष ६ महिनामा हर्कले धरानलाई बबाल बनाए !

२३ पुष २०८१

२३ पुष ,काठमाण्डौ ।

समाचार लेखेकै आधारमा पत्रकारसमेतलाई धम्की दिन पछि नपर्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफू जस्तो मेयर देशमै कोही नभएको भन्दै आफूले गर्ने श्रमदानको सदैव स्वयम प्रंशसा गर्दै आएका छन् ।

Advertisement
Advertisement

सामाजिक संजालमा ब्यक्त कतिपय अभद्र अभिब्यक्तिकै कारण चर्चा र विवादमा आएका हर्कले पछिल्लो समय भ्रष्टचारीलाई झापट हाने आफूले सम्मान गर्ने बताएका छन् । उनले भनेका छन्, अरु तिर के छ त्यो म भन्न सक्दिन तर धरानको हकमा कसैले घुस माग्छ भने मोबाइलमा रेकर्ड अन गरेर गाला फुटिन्जेल झाप्पु हान्नु !

धरान डे धरान उत्सवमा फूलको माला सहित सम्मान पत्रले सम्मानित गर्नेछु ! कानून हातमा लिने अराजकतालाई हर्कले प्रोत्साहन गर्ने गरी सम्मान गर्ने घोषणा गरेका छन् । यसको अर्थ भ्रष्टचारी र घुसखोरीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने चाँही पक्कै हैन् ।

तर के हर्कले भने जस्तै भ्रष्ट्रचार नियन्त्रणका लागि यही नै विकल्प हो त ? एउटा नगरको मेयरको भ्रष्टचारविरुद्धको अभियान यस्तै हुनु पर्ने हो त ? भ्रष्टाचार विरुद्धको लडाइँमा साम्पाङको उद्देश्य सही होला तर, झापड हान्नेजस्ता क्रियाकलापले नैतिक रूपले यो उद्देश्यलाई कमजोर पार्छ।

भ्रष्टाचारलाई हटाउन बलियो संस्थागत सुधार र प्रभावकारी कानूनी कारवाहीको आवश्यकता हुन्छ, न कि व्यक्तिगत अराजक कदमहरू। यस्ता अभिव्यक्तिहरू जनताको समर्थन र लोकप्रियता हासिल गर्नको लागि राजनीतिक चाल बन्लान् तर यसले दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्न सक्छ।

नगरका मेयरले कानूनी प्रक्रियाको पालना गर्दै जनतालाई सही मार्गदर्शन दिनुपर्ने न कि अराजकतालाई प्रोत्साहन । हर्क साम्पाङको यस्तो अभिव्यक्ति भ्रष्टाचारविरुद्धको लडाइँमा संकल्पित देखिए पनि, यसले कानूनी र सामाजिक सन्तुलनलाई खतरामा पार्न सक्छ।

भ्रष्टाचारलाई समाप्त गर्न संस्थागत सुधार र कानूनी प्रक्रियामार्फत समाधान खोज्नुपर्छ, न कि अराजक कदमहरूलाई प्रोत्साहन गर्नु ।धरानमा सरसफाइ, बृक्षारोपण, खानेपानी लगायतका लागि श्रमदानका लागि समेत चिनिएका हर्कले स्वयम आफूलाई गनिएको र मानिएकै उपमहानगरपालिकाको मेयर भएको बताएका छन् !

धरानलाई प्राविधिक रुपमा सवारीसाधन सम्पन्न बनाएको दाबी गर्दै उनले भनेका छन्, चाहेको भए ३–४ करोडको गाडी किनेर सयर गर्न सक्थें मैले ! तर मैले त्यसो गरिनँ ! म आएको २ बर्ष ६ महिना बित्यो ! यो अन्तरालमा मैले २ वडा डोजर जेसीबी, २ वटा टीपर, १ वटा रोलर, ३ वटा ट्र्याक्टर, १ वटा पानीको ट्याङ्कर किनिदिएको छु धरानलाई !

म आउँदा बिजोग थियो ! एउटा सानो खाल्डा खन्न र पुर्नलाई समेत ठेकेदारको मुख ताक्नु पथ्र्यो ! अब धरानको पोजिसन सुबिधा र साधन सम्पन्न अवस्थाको छ ! मेरो विरोध नगर है लाटा हो ! यता तिर नि हेर तिमेरुको फुटेको आँखाले ! अब धरान पहिले जस्तो गरीब छैन !

बबाल छ बबाल ! यस्तै उनले आफूमाथि उठेका प्रश्न र आफ्नो बढ्दो आलोचनालाई केन्द्रमा राख्दै अख्तियारले ओम्नी, एनसेल, वाइडबडी , गिरिबन्धु, शरणार्थी, क्यान्टोन्मेन्ट, मेलम्ची जस्ता घोटाला हेर्न छोडेर श्रमदानको पछि लागेर के गर्न खोजेको ? भन्दै लेखेको छन् देशको बिकास गर्न जनता जुट्न नपाउने हो ? बोलौँ है केही !

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top