×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026

सलमान खानको घर बुलेटप्रुफ सीसाले घेरियो

२४ पुष २०८१

२४ पुष , एजेन्सी ।

लामो समयदेखि सुरक्षा थ्रेटको सामना गरिरहेका बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए।

Advertisement
Advertisement

त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क्रममा अहिले उनको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएका हुन्। सुरक्षा थ्रेटको कारण सलमान बालकनीमा समेत आउँदैन थिए। अब उनले बुलेटप्रुफ बालकनीबाट फ्यानलाई अभिवादन गर्ने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार सलमानको अपार्टमेन्ट बाहिर मर्मतको काम चलेको छ। उनले महाराष्ट्र सरकारबाट ’वाइ’ श्रेणीको सुरक्षा पनि पाएका छन्। बाबा सिद्दिकीको हत्या भएपछि उनको सुरक्षा घेरा अझ बढाइएको छ ।

अहिले अपार्टमेन्टको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ ग्लास देखिन्छ। एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको बताएको छ।

घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ। यसअघि उनले बुलेटप्रुफ गाडी समेत खरिद गरेका थिए । रिपोर्टका अनुसार सो एसयूभीमा बी७ स्तरको सुरक्षा दिइएको छ ।

सो एसयूभीमा ७८ एमएम बाक्लो बुलेट प्रुफ ग्लास पनि जडान गरिएको छ । सो एसयूभी ५.६ लिटरको भी८ इन्जिनले सुसज्जित छ । जसका कारण एसयूभीले ४५० एचपी पावर र ५६० एनएम टर्क उत्पादन गर्छ ।

रिपोर्टका अनुसार यसको मूल्य करिब २ करोड भारु रहेको छ । सलमान खानसँग रेन्ज रोभरको एसयूभी पनि छ । सो एसयूभी बुलेट प्रुफ पनि छ । रिपोर्टका अनुसार सलमान खानले सो एसयूभी यसै वर्ष खरिद गरेका थिए ।

सो एसयूभीमा ३ लिटरको भी६ इन्जिन उपलब्ध छ, जसले २५४ बीएचपी र ६०० एनएम टर्क जेनेरेट गर्छ । सो एसयूभीको मूल्य ४.५ देखि ५ करोड भारुसम्म रहेको छ ।सलमानका पिता सलिम खानले अन्तर्वार्तामा भनेका थिए कि अप्रिल २०२४ मा गोलीकाण्ड र धम्कीपछि मुम्बई पुलिसले अभिनेतालाई सावधानीका रूपमा बालकनी र सडकको छेउको झ्यालमा जान निषेध गरेको थियो।

परिवारका सदस्यहरूलाई पनि यस्तै गर्न आग्रह गरिएको थियो। बलिउड अभिनेता खानलाई लरेन्स बिश्नोई गिरोहबाट खतरा रहेको उल्लेख गरिएको छ। लरेन्स बिश्नोई एक कुख्यात भारतीय अपराधी हुन् ।

उनकै समूहले सलमान खानलाई धम्की दिएको आरोप लगाइएको छ। यद्यपि लरेन्स जेलमा छन् । बिश्नोई समुदायले कालो हरिणको शिकारको मामिलामा सलमान खानसँग असन्तुष्टि राख्दै आएको छ, जसले गर्दा बिश्नोई गिरोहले उनलाई निशाना बनाउने चेतावनी दिएका थिए।

हरिणको शिकारको मामिलामा भने सलमानले जेल सजाय नै काटिसकेका छन् । सलमान खानलाई २०२२ र २०२३ मा पनि बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्कीहरू आएका थिए। यो खतरा पछिल्लो समय अझ बढेपछि उनको सुरक्षा कडा पारिएको छ, र उनी “वाई+“ श्रेणीको सुरक्षा प्राप्त अभिनेता बनेका छन्। सलमान खानको सुरक्षामा यस्ता आपराधिक समूहहरूको निरन्तर धम्कीले बलिउडमा समेत ठूलो चिन्ता उत्पन्न गरेको छ।

सलमान खान ग्यालेक्सी अपार्टमेन्टको ग्राउन्ड फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा पहिलो तलामा बस्छन्। हाल सलमान आगामी फिल्म ’सिकन्दर’ को छायांकनमा व्यस्त छन्। जुन फिल्म इदको अवसरमा रिलिज हुनेछ। फिल्ममा उनीसँगै रश्मिका मन्दानाको मुख्य भूमिका छ। यसबाहेक उनी ’बिग बोस’ सिजन १८ को संचालन गरिहेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top