NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दुर्गा प्रसाईं ग्याङस्टार ?‘लरेन्स विश्नोईको नाममा गिरोह संचालन’ ?

बिहिबार पुस २५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
दुर्गा प्रसाईं ग्याङस्टार ?‘लरेन्स विश्नोईको नाममा गिरोह संचालन’ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ पुष , काठमाण्डौ।

झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो ।

Advertisement

प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो । पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली चाहिँ फरार छन् । नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो ।

त्यसबाहेक दुई व्यवसायीको समेत निवेदन प्रहरी कहाँ पुगेको थियो । भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।

उनलाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो । पक्राउ परेका फुयलले आफूले राकेश मैनालीले भनेअनुसार अग्रवाललाई धम्की दिएको बयान दिएका छन् ।

‘यस सम्बन्धमा दुर्गा प्रसाईं, राकेश मैनाली, रामचन्द्र मैनाली र नाम थाहा नभएको बिराटनगर बस्ने भनिएका दुई जना व्यक्तिलाई थाहा छ’, उनले प्रहरीसँग बयानमा भनेका छन्, ‘यो सबै काम प्रसाईंको निर्देशनमा रामचन्द्र मैनाली, राकेश मैनाली र अन्य दुई जनाको योजनामा निजीहरुले मलाई प्रयोग गरेर गरेका हुन् ।’

प्रहरीले मिसिलमा दुर्गा प्रसाईंले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश गरेको छ । ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाइन्छ के, ए भाइ खै… चन्द्रलाई फोन गथ्र्यो । त्यो पैसा हाल्न लगाथ्यो ।

५ लाख छिटो हाल भन त..’ लगायतका संवादसहितका अडियो प्रहरीले समावेश गरेको हो । त्यो अडियो फुयलको मोबाइलबाट बरामद भएको हो । अडियोमा नाम लिइएका चन्द्र भने प्रसाईंको बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख हुन् ।

‘त्यो अडियो मैले दुर्गा प्रसाईंको निर्देशनमा राकेश मैनालीले भने अनुसार धम्क्याउन र भारतीय सीम कार्डहरु उपलब्ध गराइ सहयोग गरे वापत मलाई दिने भनिएको रकमको बारेमा दुर्गा प्रसाईंसँग कुराकानी भएको हो ।’

तर, दुर्गा प्रसाईंले भने ती कुनै विषयमा जानकारी नभएको भन्दै इन्कारी बयान दिएका छन् । उनले अडियो जाँच गराउन पनि इन्कार गरेका छन् । तर, प्रहरीले उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्तासँग जाँच गराएको थियो ।

त्यसक्रममा डिजिटिल फरेन्सिक ल्याबले उक्त अडियो प्रसाईंको आवाजसँग एकापसमा मिलेको भनेर प्रतिवेदन दिएको छ । फुयालले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए ।

सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे । प्रहरीले मिसिलमा पेश गरेको अडिओमा उनले आफूलाई भारतीय गुण्डा नाइके ‘विश्नोइ ग्याँङबाट हुँ’ भन्ने गरेका थिए । भारतबाट १४१ पटक फोन गरेर व्यवसायीलाई धम्की दिने फुयलविरुद्ध यसअघि पनि झापा र सुनसरीबाट मुद्दा चलेको थियो ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट चलेको बैंकिङ कसुर मुद्दामा उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले अघि बढाएको ठगी मुद्दामा उनी १ लाख ४० हजार रकम बुझाएर छुटेका थिए ।

प्रसाई यसअघि साइबर अपराधको प्रकरणमा दुई पटक प्रहरी हिरासतमा पुगिसकेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा कम्बोडियामा अवैध लगानी रहेको भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

तर अदालतले उनलाई पुसको पहिलो हप्ता धरौटीमा छाडेको थियो । लगत्तै अहिले अदालतमा मुद्दा दायर गरेको व्यापारी धम्क्याएको आरोपमा प्रहरीले अदालतबाटै पक्राउ परेपनि उनलाई सर्वाेच्चले रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएपछि उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका थिए । उनले भनेका छन्, ‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन।

मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुप¥यो । सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताउदै उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरेका थिए ।

प्रहरी प्रतिवेदन अनुशार प्रसाईंको समूहले नाम लिने गरेको लरेन्स बिश्नोई भने एक कुख्यात भारतीय ग्याङ्स्टर हुन् ।जसको नाम विभिन्न आपराधिक गतिविधिहरूमा जोडिएको छ। उनी भारतको पंजाब राज्यका हुन् । उनी अहिले जेलमा छन् ।

लामो समयदेखि उनको नाममा अपराधिक गिरोह सञ्चालन हुँदै आएको छ । यो समूहले पछिल्लो समय बलिउड स्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिएको छ ।

Tags: #दुर्गा प्रसाईं#दुर्गा प्रसाईं ग्याङस्टार ?#लरेन्स विश्नोई

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.