NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

ऋषिकेश पोखरेकी पत्नी धरौटीमा छुटेपछि स्वकीय सचिव पक्राउ

बिहिबार पुस २५ , २०८१
Reading Time: 1 min read
A A
ऋषिकेशकी पत्नीलाई पक्राउ नगरी अदालतमा मुद्दा,सहकारी प्रकरण के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ पुष , काठमाण्डौ ।

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् ।

अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

LS Auto

सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए। पक्राउ परेका अनिललाई आजै अदालत पेस गरेर हिरासतमा राख्ने म्यादको अनुमति लिइने एसपी चिमोरियाले बताएका छन् ।

यसअघि सहकारी ठगीको मुद्दा दायर भएपछि फरार रहेकी ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । उनलाई अदालतले बुधबार नै १० लाख रुपैयाँ धरौटीमा छाडिसकेको छ ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

अन्जला धरौटीमा छुटे लगत्तै रास्वपा नेताहरु सुमना श्रेष्ठ, गणेश कार्कीले सामाजिक संजालमा साधुलाई सुली र चोरलाई चौतारो युगमा तपाईंलाई स्वागत छ भन्दै टिप्पणी गरेका छन्, उनीहरुले लेखेका छन्, एमाले सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी गरेको भन्ने मुद्दा परे पछि फरार थिइन् ।

आज नै अदालत पुगिन् । १४ करोड अपचलन देखिएको उनी आज नै १० लाख धरौटीमा रिहा भइन् । कांग्रेस र एमालेले दुई तिहाईको सरकार बनाएको यस्तै रफ्तारमा न्याय दिनलाई हो । सुशासनको यही रफ्तार तपाईंले सरकार रहेसम्म देख्न पाउनु हुनेछ ।

नक्कली भुटानी शरणार्थी बनाउनेहरू छुट्नेछन् । सरकारी जग्गा पचाउनेहरू बच्नेछन् । वाइडबडी प्लेनका कमिसन र भ्रष्टाचार छोपिनेछन्अञ्जला अदालतबाट धरौटीमा थुनामुक्त भएपछि स्वकीय सचिव पोखरेल पनि आफैं प्रहरीमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दिक्षा चौधरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले पटक–पटक गरेर सो रकम लिएको आरोप छ ।

विभिन्न मितिमा ७ पटक चौधरीबाट पोखरेलले रकम लिएको पाइएको छ । पोखरेलको खातामा रकम जम्मा भएको उनको बैंक स्टेटमेन्टबाट पनि पुष्टि भएको छ । छोरी दिक्षाको नाम एमबीबीएस अध्ययनको लागि निकालिदिने र होस्टलमा बस्ने वातावरण बनाइदिने बताएपछि सो रकम दिएको बौआलाल चौधरीले दिएको जाहेरीमा उल्लेख छ ।

विराटनगरमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर पोखरेललाई रकम बुझाएको उनले बताएका छन् । छोरीको नाम ननिस्किएपछि चौधरीले पोखरेलसँग रकम मागेका थिए । तर, पोखरेलले उल्टै ५० लाख रुपैयाँ चौधरीले नै ऋण लिएको कपाली तमसुक बनाएका छन् ।

२०७८ फागुन ९ गते पोखरेलले तपाईको हिसाब चुक्ता गरिदिन्छु भन्दै काठमाडौंमा बोलाएर पुरानो मितिमा किर्ते कागज बनाई तमसुक गरेको पीडितले बताएका छन् । उनको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि उनी अदालत पुगेका थिए ।

उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागदावीसहित रिट निवेदन दर्ता गराएका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएपछि मात्र अनुसन्धान सुरु भएको थियो ।

Tags: #ऋषिकेश पोखरेकी पत्नी धरौटीमा छुटेपछि

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.