ऋषिकेश पोखरेकी पत्नी धरौटीमा छुटेपछि स्वकीय सचिव पक्राउ

२४ पुस ८१, बिहीबार

२५ पुष , काठमाण्डौ ।

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् ।

अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

Advertisement

सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए। पक्राउ परेका अनिललाई आजै अदालत पेस गरेर हिरासतमा राख्ने म्यादको अनुमति लिइने एसपी चिमोरियाले बताएका छन् ।

यसअघि सहकारी ठगीको मुद्दा दायर भएपछि फरार रहेकी ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । उनलाई अदालतले बुधबार नै १० लाख रुपैयाँ धरौटीमा छाडिसकेको छ ।

Advertisement

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

अन्जला धरौटीमा छुटे लगत्तै रास्वपा नेताहरु सुमना श्रेष्ठ, गणेश कार्कीले सामाजिक संजालमा साधुलाई सुली र चोरलाई चौतारो युगमा तपाईंलाई स्वागत छ भन्दै टिप्पणी गरेका छन्, उनीहरुले लेखेका छन्, एमाले सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी गरेको भन्ने मुद्दा परे पछि फरार थिइन् ।

आज नै अदालत पुगिन् । १४ करोड अपचलन देखिएको उनी आज नै १० लाख धरौटीमा रिहा भइन् । कांग्रेस र एमालेले दुई तिहाईको सरकार बनाएको यस्तै रफ्तारमा न्याय दिनलाई हो । सुशासनको यही रफ्तार तपाईंले सरकार रहेसम्म देख्न पाउनु हुनेछ ।

नक्कली भुटानी शरणार्थी बनाउनेहरू छुट्नेछन् । सरकारी जग्गा पचाउनेहरू बच्नेछन् । वाइडबडी प्लेनका कमिसन र भ्रष्टाचार छोपिनेछन्अञ्जला अदालतबाट धरौटीमा थुनामुक्त भएपछि स्वकीय सचिव पोखरेल पनि आफैं प्रहरीमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दिक्षा चौधरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले पटक–पटक गरेर सो रकम लिएको आरोप छ ।

विभिन्न मितिमा ७ पटक चौधरीबाट पोखरेलले रकम लिएको पाइएको छ । पोखरेलको खातामा रकम जम्मा भएको उनको बैंक स्टेटमेन्टबाट पनि पुष्टि भएको छ । छोरी दिक्षाको नाम एमबीबीएस अध्ययनको लागि निकालिदिने र होस्टलमा बस्ने वातावरण बनाइदिने बताएपछि सो रकम दिएको बौआलाल चौधरीले दिएको जाहेरीमा उल्लेख छ ।

विराटनगरमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर पोखरेललाई रकम बुझाएको उनले बताएका छन् । छोरीको नाम ननिस्किएपछि चौधरीले पोखरेलसँग रकम मागेका थिए । तर, पोखरेलले उल्टै ५० लाख रुपैयाँ चौधरीले नै ऋण लिएको कपाली तमसुक बनाएका छन् ।

२०७८ फागुन ९ गते पोखरेलले तपाईको हिसाब चुक्ता गरिदिन्छु भन्दै काठमाडौंमा बोलाएर पुरानो मितिमा किर्ते कागज बनाई तमसुक गरेको पीडितले बताएका छन् । उनको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि उनी अदालत पुगेका थिए ।

उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागदावीसहित रिट निवेदन दर्ता गराएका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएपछि मात्र अनुसन्धान सुरु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top