×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

संसदीय समितिमा राजकिशोर र सुवालले रमिता देखाए, कसले के भने ?

२५ पुष २०८१

२५ पुष , काठमाण्डौ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा असामान्य स्थिति उत्पन्न भयो, जब सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच बाझाबाझ भयो। यो वादविवादले समितिमा रमिताको अवस्था सिर्जना गर्यो, जहाँ दुई जनाबीचको बहसले बैठकको वातावरणलाई तनावपूर्ण बनायो।

Advertisement
Advertisement

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढङ्गले नौटङ्की गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंशुक ढङ्गले चल्न नहुने बताइरहँदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।

पाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।

यसअघि समितिमा माओवादी सांसद सुदन किरातीसँग पनि सभापति यादवको भनाभन भएको थियो । बैठकले वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्व मा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्नेनिर्णय गरेको छ ।

खनाल आजको बैठकमा अनुपस्थित थिए । सुवालले अनुपस्थित व्यक्तिलाई समितिमा राख्न नहुने भन्दै आपत्ति जनाए । आफूले भनेका कुरा निर्णयमा समावेश नभएपछि सभापतिसँग झोक्किएका थिए । सभापति यादवले बैठक सकिएको जानकारी गराएपछि यसरी चर्काचर्की परेको थियो ।

सभापति– यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु ।

सुवाल– सभापतिज्यूले जथाभावी नगर्नुस् । मैले बोल्न पाउँछु कि पाउँदिन । (सभापतिप्रति औँलो तेर्साउँदै)

सभापति– औँला तल राख्नुस् ।

सुवाल– सहमति छैन भन्दा भन्दै किन सच्याउनुहुन्न ?

सभापति– औँला तल राख्नुुस्, औँला तल राख्नुस् । नौटंकी गर्ने ?

सुवाल– तपाईं निरंकुश ढंगले नचलाउनुस् । राणाशासन होइन यो । तपाईंं राणाको अवतार नलिनुस् । मैले असहमति छ भनेपछि कि भन्नुपर्छ ।

सभापति– तपाईंं (रोक्न खोज्दै)

सुवाल– तपाईं राणा नबन्नुस् । राणा जसरी नै हुत्याइदिन्छ् । होस् गर्नुस् । राणा शासन जसरी समाप्त भयो । तपाईं त्यसरी नै हुतिन्छ होस् गर्नुस् । बढ्ता नहुनुुस् । तपाईं पनि एक्लै हो । म पनि एक्लै हो । के फूूर्ति गर्ने ? तपाईंं बढ्ता नहुनुस्, मेरो आपत्ति छ भनेपछि के भनेर सोध्नुपर्दैन सभापति ? तपाईं निरंकुश बन्ने ?

सभापति– बन्ने (उठ्दै) । राख्नुस् न आफ्नो असहमति राख्नुस्

सुवाल– तपाईं कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिँड्नुस् । समितिको नेता बन्नुस् ।

सभापति– यहाँ माओवादी सत्ता पक्ष हो ?

सुवाल– हिजो प्रधानमन्त्री भएका सबै सत्ता पार्टी ।

सभापति– स्वतन्त्र पार्टी सत्तापक्ष हो ?

सुवाल– हिजो मन्त्री भएका सबै सत्ता पार्टी ।

सुवाल– तपाईं निरंकुश नबन्नुस् । निरंकशु भयो भने सिधिन्छ । दाँत छिटै किराले खान्छ । जिब्रो खाँदैन । तपाईंले बोल्न दिनुपर्छ निरंकुश बन्न पाईँदैन । अनुपस्थित सदस्यको अनुपस्थितिमा समिति बनाउन मिल्छ ? अनुपस्थित सदस्यका नाममा समिति बनाएर के गर्न खोज्ुभएको ? राय लिनुपर्दैैन ? निरंकुश बन्न पाइन्छ ? समितिबाट सदस्यहरुले राय राख्न पाउनुपर्छ । तपाईंहरु सबै मिलेर देश बेच्न खोज्नु भा । निरंकुश नबन्नुस् । अनुपस्थितको खारेज हुनुपर्छ । नयाँ सदस्य आउनुपर्छ । अहिले फेरि बैठक सुरु गर्नुपर्छ । बैठक बोलाउनुस् । तपाईं बढ्ता नहुनुस् । नभएका सांसदको नबनाउनुस् । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।

Advertisement

संसदीय समितिमा देखिएको यो विवादले भने सांसदहरूबीचको असमझदारीलाई उजागर गर्दै संसदीय प्रक्रियाको मर्यादामाथि प्रश्न उठाएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top