मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम

२४ पुस ८१, बिहीबार

२५ पुष , काठमाण्डौ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिक चार वटा सिलिन्डर बम भेटिएका छन्। मोरङ प्रहरीका अनुशार यी बम द्वन्द्वकालका रहेको अनुमान छ ।

पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

Advertisement

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

‘खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ, तार पनि छ,’ जोशीले भने,‘ यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ ।’ बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो ।

Advertisement

खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको हो । खोजीका क्रममा जमिन मुनि गाडिएका चार सिलिन्डर बम फेला परेका छन्, जसमा तार पनि रहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top