गलत एम्पायरिङमा खेल्दै नेपाली क्रिकेटर , सन्दीप लामिछानेले खोले रहस्य !

२५ पुस ८१, शुक्रबार

२६ पुष , काठमाण्डौ ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा विश्व चर्चित लेगस्पिनर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधारको आवश्यकता रहेको बताएका छन् । गलत अम्पायरिङका कारण नै अनगिन्ती खेलाडीले पीडा भोग्नुपरेको भन्दै सन्दीपले नेपालको क्रिकेट अम्पायरिङमा भएको समस्या उजागर गरेका छन् ।

विश्वभरका चर्चित लिगहरुमा खेल्दै निक्कै अनुभव समेत बटुलिसकेका सन्दीपको यो अभिब्यक्तिले नेपाल क्रिकेटको विकासमा दक्ष अम्पायरिङ नहुनु पनि एक रहेको उजागर भएको छ । उनले सामाजिक सञ्जालमार्फत अम्पायरिङ लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम नचालिएको बताएका छन् ।

Advertisement

‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ’, उनले लेखेका छन् ।

हाल जारी जय ट्रफी एलिट कपमा सहभागी बाग्मती प्रदेश टीमका कप्तान रहेका लामिछानेले खेलको निष्पक्ष विकास र खेलाडीको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण रहेकोमा समेत जोड दिएका छन् ।

Advertisement

‘हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ’, उनले लेखेका छन् ।

नेपालमा क्रिकेटको लोकप्रियता र विकाससँगै एम्पायरहरूको संख्या पनि बढ्दो क्रममा छ। आइसीसीले विभिन्न देशहरूमा एम्पायरहरूको स्तर निर्धारण गर्न एम्पायरहरूको प्यानल स्थापना गरेको छ, जसमा एलिट प्यानल, अन्तर्राष्ट्रिय प्यानल र सहयोगी तथा सम्बद्ध प्यानल समावेश छन्।

नेपालका केही एम्पायरहरू आइसीसीको सहयोगी तथा सम्बद्ध प्यानलमा समावेश भएका छन्, जसले उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा एम्पायरिङ गर्ने अवसर प्रदान गर्दछ। नेपालका लागि आइसीसीबाट मान्यता प्राप्त एम्पायरहरूको संख्या सीमित छ।

नेपालमा क्रिकेटको विकाससँगै, केही नेपाली एम्पायरहरूले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त गरेका छन्। यस्ता एम्पायरहरूमा बुद्धि प्रधान एक चर्चित एम्पाएर हुन् । नेपालका पहिलो आइसीसी मान्यता प्राप्त एम्पायर, जसले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा एम्पायरिङ गरेका छन्।

यस्तै दिलीप नाथ, आइसीसीको एसोसिएट तथा अफिलिएट प्यानलमा समावेश भई अन्तर्राष्ट्रिय खेलहरूमा एम्पायरिङ गरेका छन्। सुरेन्द्र श्रेष्ठ, उनी आइसीसीद्वारा मान्यता प्राप्त एम्पायर हुन् । जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अनुभव संगालेका छन्।

यसैगरी महेश भट्ट, उनी आइसीसीको एसोसिएट तथा अफिलिएट प्यानलमा रहेका नेपाली एम्पायर हुन् । जसले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएका छन्। यी एम्पायरहरूको योगदानले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

साथै, उनीहरूको अनुभव र दक्षताले आगामी पुस्ताका एम्पायरहरूलाई प्रेरणा प्रदान गर्नेछ। क्रिकेटको विकाससँगै भविष्यमा यो संख्या बढ्ने अपेक्षा गर्न सकिन्छ। यसका लागि एम्पायरहरूको प्रशिक्षण, अनुभव, र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता महत्वपूर्ण हुन्छ। जुन विषय सन्दीपले उठाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top