सुप्रिम सहकारी ठगी प्रकरणमा रविमाथि ४ करोड बिगो

२६ पुस ८१, शनिबार

२७ पुष , काठमाण्डौ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्।

झाले रवि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने बताएका छन् । उनको सचिवालयले पनि रवि आइतबार विहानै अदालतमा उपस्थित हुने बताएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार साँझ रिहा भएका छन् ।

Advertisement

तर उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा परेकाले अदालत हाजिर हुनुपर्ने भएको हो। काठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।

आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

Advertisement

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

काठमाडौँ आएपछि अदालतमा उपस्थित भएर निवेदन दिनुपर्छ । निवेदन कानुन व्यवसायीमार्फत पनि दिन सकिन्छ । प्रतिवादीको निवेदन आएपछि मात्र इजलास तोकिने काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताएका छन ।

गोला प्रणालीबाट इजलास तोकिएपछि रवि लामिछानेसँग बयान लिइन्छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । बयान र थुनछेक पूरा नहुँदासम्म उनलाई अदालतले पुनः हिरासतमा पठाउन सक्नेछ ।

थुनछेक बहस पुरा भएपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी लिएर छाड्ने भन्नेबारे आदेश गर्छन् । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ ।

ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ। रुपन्देहीको सुप्रिममा हिजो मात्रै प्रहरीले रवि छविसहित ४४ जनालाई प्रतिवादी बनाउदै मुद्दा दायर गर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा पूरक अनुसन्धान गरी प्रहरीले लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशी र अन्य १४ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

यसअघि पुराना २८ जनालाई समावेश गरी कुल ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले प्रतिवेदनको अध्ययन भइरहेको र उपयुक्त निर्णयका लागि छलफल भइरहेको बताएका छन् ।

अनुसन्धान प्रतिवेदन अनुसार, रवि लामिछानेको व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाको नाममा सामूहिक रूपमा २ करोड १५ लाख २८ हजार गरी कुल ४ करोड १५ लाख २८ हजार बिगो मागदाबी गरिएको छ ।

प्रतिवेदनमा छविलाल जोशी र अन्यको संलग्नताबारे पनि खुलाइएको छ । पूर्वडीआइजी जोशीमाथि व्यक्तिगत २ करोड ५० लाख र मिडियाको नाममा सामूहिक रूपमा १ करोड ७७ लाख ८८ हजार गरी कुल ४ करोड २७ लाख ७८ हजार बिगो दाबी गरिएको छ।

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङमाथि ४ करोड ९६ लाख ८ हजार बिगोको दाबी छ । यसअघि, रवि लामिछाने गृहमन्त्री रहेको बेला ३ वैशाखमा अदालतमा दर्ता भएको मुद्दामा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना भएको आरोप लगाइएको थियो ।

बिहीबारमात्रै लामिछाने कास्की अदालतबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन् । पोखरामा उनीमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top