×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026

रुसमाथि ३ देशको अहिलेसम्मकै कठोर प्रतिबन्ध,तेल बेच्न नसक्ने

२७ पुष २०८१

२७ पुष , विराटनगर।

३ वर्षभन्दा बढी समयदेखि जारी रहेको रुस युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पले रुसी राष्ट्रपति भ्लामिरि पुटिनसँग भेटवार्ताको पहल गरिरहेको बताएको एक दिन नवित्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि अहिलेसम्मकै कठोर प्रतिबन्ध लगाएका छन् ।

Advertisement
Advertisement

अमेरिकाले रुसको ऊर्जा उद्योगमाथि अभूतपूर्व प्रतिबन्धको घोषणा गरेको छ। यो प्रतिबन्धलाई अमेरिकाले रुसमाथि बाइडेन प्रशासनले लगाएको सबैभन्दा कठोर प्रतिबन्ध मानिएको छ । युक्रेनमा युद्धका लागि रुसले प्राप्त गरिरहेको राजस्व घटाउन यो कदम चालिएको विश्लेषण गरिएको छ ।

यसले रुसबाट भारतको तेल आयातमा कमी ल्याउनेछ। रुसले चीन र भारतलाई ठूलो मात्रामा तेल बिक्री गरेको छ। अमेरिकाका दुई प्रमुख सहयोगी जापान र बेलायतले पनि रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

नयाँ घोषणामा २०० भन्दा बढी संस्था र व्यक्तिहरूलाई प्रतिबन्ध लगाइएको छ। यसमा व्यापारी, बिमा कम्पनी र तेल ट्याङ्करहरू समावेश छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ५० करोड डलर अतिरिक्त सैन्य सहायता दिने घोषणा गरेको एक दिनपछि यो प्रतिबन्ध लगाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिबन्धहरूले रसियाका दुई महत्त्वपूर्ण तेल उत्पादक र निर्यातकहरू–गाजप्रोम नेफ्ट र सुरगुटनेफ्टेगास–र तिनीहरूका सहायक कम्पनीहरूलाई अमेरिकी ट्रेजरी विभागको प्रतिबन्ध सूचीमा थपेका छन्।

“हामीले रुसको तेल निर्यातको समर्थनमा ढुवानी र वित्तीय सुविधासहित रुसको तेल व्यापारसँग सम्बन्धित प्रतिबन्धको जोखिम बढाइरहेका छौं“, अमेरिकी ट्रेजरी विभागले एक विज्ञप्तिमा भनेको छ ।

विज्ञहरू भन्छन् कि प्रतिबन्धहरू, यदि ठीकसँग कार्यान्वयन गरियो भने, रूसको राजस्व घटाउन सक्छ र प्रत्येक महिना अरबौं डलरको लागत थप्न सक्छ। यसको उद्देश्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध जारी राख्ने लागत बढाउँदै युक्रेनलाई सहयोग गर्नु हो।

नयाँ प्रतिबन्धपछि यसले रुसी तेलको सबैभन्दा ठुलो खरिदकर्तालाई कति रोक्नेछ भनेर हेर्न रोचक हुने अनुमान गरिएको छ । यी खरिदकर्ताहरूमा चीन, भारत, टर्कीए र ब्राजिल जस्ता देशहरू समावेश छन्, जसले रुसबाट रेकर्ड मात्रामा तेल खरिद गरिरहेका छन्।

विज्ञहरू भन्छन् कि यी प्रतिबन्धहरू पहिलेका प्रतिबन्धहरू जस्तै यी देशहरूले पनि अवहेलना गर्न सक्छन्। यसको मुख्य कारण गैर–डलर मुद्राहरूमा लेनदेन हो। सन् २०२३ मा रुसले चीनलाई १० करोड ७० लाख टन तेल निर्यात गरेको थियो।

चीन र रसियाले आफ्नै मुद्रामा व्यापार गरिरहेका छन्। रुसी कच्चा तेलको सबैभन्दा ठुलो आयातकर्ता भारतले पनि रुपैयाँ र अन्य गैर–डलर मुद्रामा भुक्तानी गरिरहेको छ। तिनीहरूले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरूलाई बेवास्ता गर्छन्।

यस्तो अवस्थामा नयाँ प्रतिबन्धको प्रभाव कति पर्नेछ भनेर विश्वका विज्ञहरूले यसमाथि नजर राखेका छन्। एक दिन अघि मात्रै ट्रम्पले पद सम्हालेपछि युक्रेन युद्ध समाप्त गर्ने घोषणा गरेको विगतको दाबीका बीच उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने तयारी ग्रिरहेको बताएका थिए ।

सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् ।

फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, “उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दैछौँ ।” उनले भने, “राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ ।

हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ । यो एक रक्तरञ्जित घटना हो।” ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन् तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’ को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरेका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठूलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शङ्का व्यक्त गरेका छन् ।

यता मध्यपूर्वमा युद्धको बिचमा रहेको इजरायलको नक्शाले पनि अरब देशहरूको निन्द्रा गायब बनाएको छ । इजरायली विदेश मन्त्रालयले विवादास्पद नक्सा जारी गरेपछि अरब संसारभरि हलचल पैदा भएको छ।

अरबी भाषाको सोसल मिडिया खातामा पोस्ट गरिएको नक्शाले इजरायलको प्राचीन राज्य भएको दाबी गरेको देखाउँछ। यसमा लेबनान, जोर्डन, सिरिया, इराक, प्यालेस्टाइन, इजिप्ट र साउदी अरबका महत्त्वपूर्ण भागहरू समावेश छन्, जसको अरब देशहरूले कडा निन्दा गरेका छन्।

अरब देशहरूले यसलाई आफ्नो सार्वभौमसत्ताको अपमानको रूपमा हेर्छन्। यस नक्शाले बाइबलीय राज्य इजराललाई देखाउँछ, जुन राजा शाऊलको अधीनमा ३ हजार वर्ष पहिले स्थापना भएको थियो र पछि राजा दाऊद र राजा सुलेमानद्वारा शासन गरिएको थियो।

वास्तवमा इजरायलको विदेश मन्त्रालयले सोसल मिडियामा पुरानो नक्सा जारी गर्दै इजरायललाई बृहत्तर इजरायल बनाउन प्रतिबद्ध रहेको बताएको छ। ग्रेटर इजरायलको अर्थ एकीकृत इजरायल हो, जसमा लेबनान, जोर्डन, सिरिया, इराक, प्यालेस्टाइन, इजिप्ट र साउदी अरबका धेरै भागहरू समावेश छन्।

यो भूमि ३ हजार वर्ष पहिले यहुदीहरूले शासन गरेको विदेश मन्त्रालयले जनाएको छ। इजरालका अनुसार, त्यस समयमा राजा शाऊल, राजा दाऊद र राजा सुलेमानले यहाँ १२० वर्षसम्म शासन गरेका थिए ।

दाबीअनुसार यस समयमा यहुदी धर्म सबैभन्दा बढी प्रचार गरिएको थियो, तर पछि अरब खलिफाहरूको शासन यहाँ आयो र मुस्लिमहरू यहाँ बसोबास गर्न थाले । तर इजरायलले आज पनि यो भूमि बिर्सेको छैन र यो अझै पनि एक संयुक्त इजरायल सिर्जना गर्न चाहन्छ।

अब मुस्लिम देशहरूले संयुक्त इजरायलको दाबीमा कडा आपत्ति जनाएका छन्। इजिप्ट, साउदी अरब, जोर्डन र लेबनानका सरकारहरूले इजरायलको विदेश मन्त्रालयले जारी गरेको नक्सालाई सार्वभौमसत्तामाथि आक्रमणको रूपमा वर्णन गरेका छन्।

“इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरिरहेको छ। प्यालेस्टाइन र हमासले पनि नक्साको आलोचना गरेका छन्। उनीहरुले यसलाई इजरायलको कब्जाको विस्तारको रूपमा वर्णन गरेका छन् ।

प्यालेस्टाइनले संयुक्त राष्ट्र सङ्घलाई यस मामिलामा हस्तक्षेप गर्न र इजरायललाई उक्त कार्यका लागि जवाफदेही बनाउन अपिल गरेको छ । डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग वार्ताको तयारी गरिरहेको सन्दर्भमा, जो बाइडेन प्रशासनले युक्रेनमाथि जारी युद्धको दबाब बढाउँदै रुसमाथि अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध लगाएको छ।

यो कदमले रुसलाई भारत, चीन, ब्राजिलजस्ता देशहरूमा इन्धन बिक्री गर्न अवरोध पु¥याउने उद्देश्य राखेको छ। यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले अरबका ७ देशका विभिन्न भागहरू समेटिएको अखण्ड इजरायलको नक्सा सार्वजनिक गरेपछि मध्यपूर्वमा थप अस्थिरता र हलचलको वातावरण सिर्जना भएको छ।

Advertisement

यी घटनाहरूले विश्वको शक्ति सन्तुलनलाई पुनः परिभाषित गर्दै, कूटनीतिक वार्ता र क्षेत्रीय स्थिरताका लागि चुनौतीहरू प्रस्तुत गरेका छन्। आगामी दिनमा, यी कूटनीतिक प्रयास र प्रतिबन्धहरूको प्रभावले विश्व राजनीतिमा कस्तो मोड ल्याउनेछ भन्ने सबैको चासोको विषय बनेको छ। यी प्रमुख दुई घटनाका विषयमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top