दुई कोरियाली सैनिक युक्रेनी कब्जामा

२८ पुष , एजेन्सी ।

रुसका लागि लडेका उत्तर कोरियाका घाइते सेनालाई युक्रेनले बन्दी बनाएको छ । रुसको कुस्र्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जानकारी दिएका हुन् । जेलेन्स्कीका अनुसार ती दुई सैनिकले आवश्यक चिकित्सा सहायता पाइरहेका छन् । र, उनीहरू युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा रहेका छन् ।

Advertisement

राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् । उनले भने, ‘यो सजिलो काम थिएन, रसिया र उत्तर कोरियाली सैनिकहरूले सामान्यतया घाइते उत्तर कोरियालीहरूलाई मृत्युदण्ड दिने छन् ।’

उनका अनुसार युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउनका लागि घाइते उनीहरूलाइ मार्न सक्थे तर यो असफल भएको छ । टेलिग्राम र एक्समा पोस्ट गरिएको एक बयानमा जेलेन्स्कीले भने कि ‘ती सैनिकहरूले एसबीयू अन्वेषकहरूसँग कुरा गरिरहेका थिए र उनले युक्रेनको सुरक्षा सेवालाई उनीहरूलाई पत्रकारहरूलाई पहुँच दिन निर्देशन दिएका थिए। ‘के भइरहेको छ भन्ने बारे विश्वले सत्य जान्न आवश्यक छ,’ उनले अगाडी भने ।

Advertisement

जेलेन्स्कीले दुईजना घाइते पुरुषको तस्बिर पनि पोस्ट गरेका छन् तर उनीहरू उत्तर कोरियाली भएको भने अझै प्रमाण दिएका छैनन् । एउटा तस्बिरले मङ्गोलियाको सिमानामा रहेको रुसको टिभा क्षेत्रका २६ वर्षीय पुरुषलाई जारी गरेको रुसी सेनाको परिचयपत्र देखाइएको छ ।

यद्धपी, रुसले उत्तर कोरियाली लडाकुहरूलाई नक्कली परिचयपत्र दिएर लुकाइरहेको दावी गरिएको छ । युक्रेनको गुप्तचर सेवाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाली सैनिकहरूलाई जनवरी ९ मा पक्राउ गरिएको र तुरुन्तै जेनेभा महासन्धि अन्तर्गत तोकिएको आवश्यक चिकित्सा हेरचाह प्रदान गरिएको बताएको छ ।

त्यसपछि उनीहरूलाई किभ ल्याइएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच उता अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् ।

सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् ।

फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, ’उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दैछौँ।’ उनले भने, ’राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ ।हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ। यो एक रक्तरञ्जित घटना हो।’

ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन् तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’ को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरको छन्।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठूलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शङ्का व्यक्त गरेका छन् ।

बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक रहँदै आएको छ र फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top