NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा बुधबार अशोज २९ , २०८२
बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त बुधबार अशोज २९ , २०८२
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
Next
Prev

समाचार

दुई कोरियाली सैनिक युक्रेनी कब्जामा

आइतवार पुस २८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ पुष , एजेन्सी ।

रुसका लागि लडेका उत्तर कोरियाका घाइते सेनालाई युक्रेनले बन्दी बनाएको छ । रुसको कुस्र्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जानकारी दिएका हुन् । जेलेन्स्कीका अनुसार ती दुई सैनिकले आवश्यक चिकित्सा सहायता पाइरहेका छन् । र, उनीहरू युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा रहेका छन् ।

LS Auto

राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् । उनले भने, ‘यो सजिलो काम थिएन, रसिया र उत्तर कोरियाली सैनिकहरूले सामान्यतया घाइते उत्तर कोरियालीहरूलाई मृत्युदण्ड दिने छन् ।’

उनका अनुसार युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउनका लागि घाइते उनीहरूलाइ मार्न सक्थे तर यो असफल भएको छ । टेलिग्राम र एक्समा पोस्ट गरिएको एक बयानमा जेलेन्स्कीले भने कि ‘ती सैनिकहरूले एसबीयू अन्वेषकहरूसँग कुरा गरिरहेका थिए र उनले युक्रेनको सुरक्षा सेवालाई उनीहरूलाई पत्रकारहरूलाई पहुँच दिन निर्देशन दिएका थिए। ‘के भइरहेको छ भन्ने बारे विश्वले सत्य जान्न आवश्यक छ,’ उनले अगाडी भने ।

जेलेन्स्कीले दुईजना घाइते पुरुषको तस्बिर पनि पोस्ट गरेका छन् तर उनीहरू उत्तर कोरियाली भएको भने अझै प्रमाण दिएका छैनन् । एउटा तस्बिरले मङ्गोलियाको सिमानामा रहेको रुसको टिभा क्षेत्रका २६ वर्षीय पुरुषलाई जारी गरेको रुसी सेनाको परिचयपत्र देखाइएको छ ।

यद्धपी, रुसले उत्तर कोरियाली लडाकुहरूलाई नक्कली परिचयपत्र दिएर लुकाइरहेको दावी गरिएको छ । युक्रेनको गुप्तचर सेवाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाली सैनिकहरूलाई जनवरी ९ मा पक्राउ गरिएको र तुरुन्तै जेनेभा महासन्धि अन्तर्गत तोकिएको आवश्यक चिकित्सा हेरचाह प्रदान गरिएको बताएको छ ।

त्यसपछि उनीहरूलाई किभ ल्याइएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच उता अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् ।

सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् ।

फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, ’उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दैछौँ।’ उनले भने, ’राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ ।हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ। यो एक रक्तरञ्जित घटना हो।’

ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन् तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’ को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरको छन्।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठूलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शङ्का व्यक्त गरेका छन् ।

बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक रहँदै आएको छ र फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गर्दै आएको छ ।

Tags: #कोरियाली सैनिक#कोरियाली सैनिक युक्रेनी कब्जामा

लोकप्रीय

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

बुधबार अशोज २९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

बुधबार अशोज २९ , २०८२

विचार

थप समाचार

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा
खेलकुद

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

बुधबार अशोज २९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

बुधबार अशोज २९ , २०८२
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

बुधबार अशोज २९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

बुधबार अशोज २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.