×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी २० खेल्ने

२८ पुष २०८१
२८ पुष , काठमाण्डौ।
नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ १७ गतेदेखि शृंखला हुन लागेको हो ।
शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्दै शृंखला सुरु गर्नेछ । १८ गते थाइल्यान्डसँग खेल्दै पहिलो चरणको खेल समाप्त गर्नेछ ।
त्यसपछि दुई दिनको विश्राम लिएर नेपाली टोलीले माघ २१ गते पुनः नेदरल्यान्ड्ससँग खेल्दै दोस्रो चरण सुरु गर्नेछ । त्यसको भोलिपल्टै पुनः थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ । त्यसपछि नेपालले माघ २४ गते नेदरल्यान्ड्स र २५ गते थाइल्यान्डसँग खेल्दै शृंखला सक्काउने छ ।
यसबीच नेपाली टोलीसँग टि ट्वान्टी आई सिरिज खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
सिरिजमा सहभागी टोलीले एक अर्का ३ पटक खेल्नेछ । अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो ।
यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो । यसैबीच विश्वकपमा सहभागी हुन नेपालको १९ वर्षमुनिको महिला क्रिकेट टोली हिजो मलेसिया गएको छ ।
पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली मलेसिया पुगेको हो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । यो विश्वकपमा सुपर सिक्समा पुग्ने लक्ष्य रहेको कप्तान पूजा महतोले बताएकी छन् । क्यानले महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top