पृथ्वीको गति रोक्ने चीनको प्लान, के हो ?

२८ पुष ,एजेन्सी ।

एक पलका सोच्नुस त, यदी पृथ्वी रोकियो भने के हुन्छ ? पक्कै पनि सबैकुरा रोकिने छ । दिन–रात हुनेछैन, पहाड–पानी झरना सबै रोकिनेछन् । पृथ्वीमा अक्सीजन कम हुनेछ । त्यसो हुँदा पृथ्वीमा मानिस जिवित रहन असम्भव हुनेछ ।

तर, यसै हुन्छ नै भन्न पनि निकै मुश्किल छ । किनभने नासाले एक चकित पार्ने खालको अलर्ट जारी गर्दै भनेको छ कि पृथ्वीको रफ्तार अर्थात गति रोकिरहेको छ, प्रकृतिक रूपले होइन कि मानवका क्रियाका प्रभावले ।

Advertisement

खासमा, नासाले भनेको छ कि चीनको विशाल थ्री गर्जेस ड्यामका कारणले पृथ्वीको गति कम हुँदै गएको छ । किनभने एक स्थानमा विशाल मात्रामा पानी संकलन गर्नाले भार अर्थात द्रव्यमानमा हेरफेर हुनाले पृथ्वीको रफ्तार ०.०६ माइक्रोसेकेन्ड सम्म कम भएको छ ।

हुन त यति कम प्रभावले के नै असर गर्छ र ? भन्ने पनि मनमा प्रश्न उठ्छ । तर वैज्ञानिकहरुले यसलाई आउँने समयमा खतरा को अलर्ट मानेका छन् । किनभने मानवको इच्छा कहिलै सकिदैन। थ्री गर्जेस ड्यामपछि चीन अब ब्रह्मपुत्र नदीमा यो भन्दा पनि विशालकाय ड्याम बनाउन गइरहेको छ ।

Advertisement

चीनले यारलुंग त्यासांगपो नदी अर्थात ब्रह्मपुत्रमा एक विशालकाय ड्याम बनाउन गइरहेको छ । यो ड्यामले पुरानो थ्री गर्जेस ड्यामको ८८ अर्ब मेगावाटको तुलनामा ३०० अर्ब मेगावाट बिजुली उत्पादन गर्नेछ ।

विज्ञान हेर्ने हो भने, पृथ्वीको सतह पानीको वितरणको कारणले यसको घुम्ने गति प्रभावित हुन्छ । यदी कुनै ध्रुवमा धेरै पानी जम्मा हुन्छ भने पृथ्वीको द्रव्यमानको पुनर्वितरण हुन जान्छ । यसले मुमेन्ट अफ इनर्सियालाई बढाइदिन्छ ।

यसका कारणले पृथ्वीको चाल निकै तेज हुन जान्छ । तर यदी, पृथ्वीको भूमध्यरेखामा पानी जम्मा हुन्छ भने पृथ्वीको द्रव्यमानमा बदलावका कारणले चाल अर्थात घुम्ने समयमा कमी हुनेछ । यस्तोमा चीनले आफ्नो टेक्नोलोजीले लगातार प्रकृतिको नियमहरुलाई चुनौती दिइरहेको छ ।

पहिला चन्द्रमा, र अहिले सूर्य पनि बनाएको छ । त्यसपछि यांग्त्जी नदीमा २०१२ मा ड्याम बनाएको छ । जसमा वर्षेनी ८८ अर्ब मेगावट बिजुली उत्पादन हुन्छ । चीनद्वारा यांग्त्जी नदीमा रहेको बांधको बाटोबाट यति धेरै पानी हटाएपछि यसले संतुलन बदलिएको छ, जसका कारण पृथ्वीको घुम्ने गति सुस्त भएको छ ।

नासाका वैज्ञानिक बेंजामिन फोंग चाओका अनुसार, द्रव्यमानको यो पुनर्वितरण, यद्यपि, यसको परिणाम निकै नै कम प्रभाव (एक दिनमा ०.०६ माइक्रोसेकंडको ढिलो छ) थर, यसले पृथ्वीको घुम्ने गतिलाई बदल्नका लागि पर्याप्त छ ।

हुनत चीनको यो थ्री गर्जेस ड्याम एक मानव कलाको शानदार उदाहरण हो । यो यांग्त्जी नदीमा १८५ मीटर माथि छ र २ किलोमीटर भन्दा बढी फैलिएको छ । यो लगभग ४० बिलियन क्यूबिक मीटर पानी स्टोर गर्न सक्षम छ ।

यति मात्रामा पानीले पर्यावरणमा भयंकर प्रभाव छोड्न सक्षम हुन्छ । योसंग यति क्षमता छ कि यसले पृथ्वीको चक्कर लगाउने गतिलाई बदल्न सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top