×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लुम्बिनीले लोभ्यायो, विश्वको गन्तव्य सूचीमा अटायो

२८ पुष २०८१

२८ पुष , काठमाण्डौ।

नेपाल आफैंमा विश्वकै उत्कृष्ट गन्तब्यहरु मध्येको एक देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालका श्रृंखला, पहाड पखेरा, नदी, झरना, ताल, निकुंजदेखि विश्व सम्पदा सूचीमा रहेका शहर, मठ मन्दिर, संस्कृति, पर्व ।

Advertisement
Advertisement

यस्तो कुनै ठाँउ र अवसर छैन जसले विश्व पर्यटनलाई नलोभ्याओस् । त्यसैले त विश्वका घुम्नै पर्ने सर्वाधिक रोजाईको सूचीमा नेपालका क्षेत्रहरु समेटिने गरेका छन् । यस्तोमा सन २०२५ का लागि पुनः नेपालको लुम्बिनीले राम्रो स्थान बनाएको छ ।

विश्वकै शान्ति केन्द्र, भगवान गौतम बुद्धको जन्मस्थल, नेपालको लुम्बिनी विश्वका घुम्नै पर्ने १० गन्तव्यको सूचीमा परेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अमेरिकी संचारमाध्यम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ ।

पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई नवौं स्थानमा समेटेको हो । यसले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका छन् ।

न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको उनको भनाइ छ । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए ।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली अब यसलाई सबै मिलेर प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउँछन् । धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यस कार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ । कोषका सदस्य सचिव शाक्यका अनुसार न्यूयोर्क टाइम्सको छनौट प्रकृयाका विषयमा कुनै पूर्व सूचना नभएपनि केही समयअघि लुम्बिनीका हजार गुम्बाहरुको उद्घाटनले त्यहाँ आएको ठूलो समूहलाई सकारात्मक प्रभाव परेको र त्यसैको नेटवर्कबाट यो भएको हुनसक्छ ।

हजार गुम्बाहरुको उद्घाटनमा एक भिक्षु गुरुको निमन्त्रणामा न्यूयोर्क टाइम्सका प्रतिनिधि पनि आएका थिए । न्यूयोर्क टाइम्सको सूचीअनुसार पहिलो नम्बरमा इंल्याण्डको जेन अस्टिन्स, दोस्रोमा आइसल्याण्डको गलाप्यागोज, तेस्रोमा न्यूयोर्ककै सिटि म्युजिअम, चौथोमा भारतको आसाम, पाँचौमा थाइल्याण्डको ह्वाइट लोटस, छैठौंमा ग्रिनल्याण्ड, सातौंमा फ्रान्सको एइस्सइन प्राभिजन, आठौंमा सनभ्याली नवौंमा नेपालको लुम्बिनी र दशौंमा अष्ट्रेलियाको सिड्नी रहेको छ ।

Advertisement

सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक लुम्बिनी विकास कोषले राखेको छ । तथ्यांकअनुसार गतवर्ष तेस्रो मुलुकका १ लाख ११ हजार ४ सय ३ जना लुम्बिनी आउँदा भारतबाट ३ लाख ८ सय ८९ पर्यटक यहाँ आएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top