×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको आँखा फुट्यो

२८ पुष २०८१

२८ पुष , विराटनगर।

गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात्परब्रह्मा तस्मैव श्री गुरुवेनमः । हामी गुरुकै माध्यमबाट ज्ञानको प्रथम ज्योति पाउँछौँ । गुरु बाँच्ने आधार हो, जब हामी जीवन सङ्घर्षमा थाकेर त्यसदेखि विमुख हुन खोज्छौँ, तब गुरुस्मरणले हामीलाई हौसला दिन थाल्छ ।

Advertisement
Advertisement

’गुरु मातापिता, गुरु बन्धु सखा….’ अर्थात् हाम्रो जीवनमा गुरुको स्थान मातापिता र साथीको जस्तै हुन्छ । आमाको जस्तो ममता, बाबुको जस्तो कर्तव्य तथा साथीको जस्तो प्रेम गुरुमा हुने हुनाले नै गुरुको स्थान उच्च रहेको हो ।

यस्तो उच्च स्थानमा रहेकाबाट कुनै भूल हुने, गलत क्रियाकलाप हुने, हिंसा हुने हामीले कल्पना पनि गर्न सक्दैनौं । तर कहिलेकाँही गुरुका भेषमा राक्षस प्रवृत्ति पनि भेटिने गरेको छ । ति राक्षस प्रवृत्तिले कहिले आफ्ना विद्यार्थीमाथि नै बलात्कार, दूव्र्यवाहार गर्ने गरेका छन् त कहिले मरणासन्न हुने, अंगभंग, घाइते हुने गरी मारपिट गर्ने गरेका छन् ।

पछिल्लो पटक एक अवोध छात्र, मात्रै युकेजीमा पढ्ने एक साना बालकलाई उनका गुरुआमाले आँखा फुटाउने गरी दण्ड दिएको खबरले सबैलाई स्तब्ध बनाएको छ । यो घटना हो, पश्चिम नवलपरासीको ।

जहाँ शिक्षिकाको कुटाइबाट एक जना विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका– १ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा उक्त विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीको आँखा फुटेको हो ।

यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।

एक महिनाभन्दा पुरानो यो प्रकरणमा दुई पक्षबीच दुई पटकसम्म छलफल भइसकेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । आफूहरूले बालकको उपचारलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ ।

’यो घटनामा हामीले सबभन्दा पहिले उपचार गराउनुप¥यो भनेर परासी, भैरहवा हुँदै काठमाडौं पठायौँ । उहाँहरू उपचारको क्रममै हुनुहुन्छ,’ गाउँपालिका अध्यक्ष यादवले भने, ’मेरो जानकारीमा दुईपटक उहाँहरू (विद्यालय र पीडित पक्ष) बीच छलफल भएको छ ।’

तर, सहमति हुन नसकेपछि प्रहरीकोमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएपछि प्रहरीले शिक्षिका चौधरीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । अहिले उनी प्रहरीको खोजीमा रहेकी छन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् । त्यहीक्रममा बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ता बताउँछन् ।

त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पु¥याए ।

तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । अभिभावकका अनुसार वायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन ।

चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने भनेकाले बेलाबेलामा अस्पतालमा फलोअपमा आउन भनेको बुवा नरेन्द्र बताउँछन् । काठमाडौंमा बालकको उपचार गराएर फर्किएपछि बाबु नरेन्द्रले पुस १६ गते उपचारका कागजातसहित इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध उजुरी दिएका छन् ।

त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए । डिएसपी बोहराले भने, ‘अभिभावकहरु विद्यालयसँगै छलफल गर्दै, उपचार गराउँदै गर्नु भएको रहेछ, त्यसैले प्रहरीमा ढिलोमात्रै उजुरी आयो ।

Advertisement

त्यसपछि अदालतमा मुद्दा दर्ता गरी कानुन बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ यद्यपि अहिलेसम्म प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएको छैन । ‘ती शिक्षिकाको घर गाउँमा खोजतलास गर्दा फेला पार्न सकेका छैनौं । फेला पार्नासाथ नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता बोहराले भनेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top