×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्पेनिस सुपरकपः बार्सा भर्सेस रियल, उपाधि कसको ?

२८ पुष २०८१
२८ पुष ,एजेन्सी ।
स्पेनिस सुपर कपको फाइनलमा आज चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दैछन् । साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा राति पौने १ बजे फाइनल हुनेछ । सिजनको पहिलो एलक्लासिकोमा ४ सुन्यको हार बेहोरेको रियल दुई महिनापछि सो हारको बदला लिने योजनामा हुनेछ ।
करियरकै पहिलो क्लासिकोमा केलियन एम्बाप्पेलाई बार्साको डिफेन्स लाइनले बारम्बार अफसाईड ट्रयापमा पारेको थियो । सो खेलमा एमबाप्पे आठ पटक अफसाइडमा परेका थिए । रोबर्ट लेवान्डोस्कीले दुई तथा लमिन यमल र राफिन्हाले एक–एक गोल गरेपछि बार्सिलानाले सानदार जित हात पारेको थियो ।
बर्सिलोना भने सोही नतिजा दोहो¥याउँदै सिजनको पहिलो उपाधि जित्ने योजनामा हुनेछ । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले फाइनलमा दबाब हुने भएपनि टिमको फर्म हेर्दा रियाल नै विजेता बन्ने दाबी गरेका छन् ।
बार्सिलोनाको हाइ लाइन दबाबलाई कसरी तोड्ने भनेर रियालले पूर्ण तयारी गरेको एन्सेलोटीको भनाइ थियो । हान्सी फलिकको नेतृत्वमा सिजनको सुरुवातमा सानदार प्रदर्शन गरेको बर्सिलोनाले पछिल्लो समय लय गुमाएको छ ।
लास पाल्मास र लेगानेस जस्ता कमजोर टोलीसँगको हारले उसलाई ला लिगाको शीर्ष स्थानबाट तल झारेको थियो । तर बर्सिलोना स्पेनिस सुपर कपको सर्वाधिक सफल टोली हो । उसले कीर्तिमानी १४ पटक यो उपाधि जितेको छ ।
रियाल १३ पटकको च्याम्पियन हो । आज राति रियाललाई कीर्तिमान बराबरी गर्ने अवसर हुँदा बार्सालाई कीर्तिमान विस्तार गर्ने मौका हुनेछ । स्पेनबाट तीन हजार माइल टाढा खेलिने यस सानो प्रतियोगिताले क्लबहरूको कोषमा थप रकम ल्याउनेछ र दुवै टोलीले सिजनको दोस्रो भाग कसरी सुरु गर्दैछ भन्ने मापन गर्नेछ ।
बार्सिलोनासँगको घरेलु मैदानमा पराजय भएपछि रियलले केही सकारात्मक नतिजा हासिल गरेको छ । क्याटलान क्लबले भने सिजनको सानदार सुरुआत गरे पनि थकान महसुस गरिरहेको छ। तर, रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले शनिबार उनको टोलीले सान्टियागो बेर्नाबेउमा भएको तीतो हारबाट प्रेरणा लिनुपर्ने बताएका छन् ।
‘पहिलो क्लासिकोको बारेमा सोच्नुपर्नेछ, जब उनीहरूले हामीलाई हराए । हामीले गरेका राम्रो कुराहरू दोहोर्याउनु र पछि गरेका गल्तीहरूबाट बच्नु पर्छ । क्लासिको भनेको क्लासिको नै हो र फाइनलमा दबाब झन् बढी हुन्छ । फाइनलमा बार्सिलोनासँग खेल्नु सधैं विशेष हुन्छ,’ उनले भने ।
एथलेटिक बिल्बाओलाई २–० ले पराजित गर्दै सुपर कपको सेमिफाइनलमा पुगेपछि रियलसँगको पुनम्र्याचले च्याम्पियन्स लिगको पुनः सुरुआतको दुई हप्ताअघि टोलीको प्रदर्शनको राम्रो झलक दिनेछ । ‘यो सबैका लागि ठूलो खेल हो, सुपर कपमा क्लासिको । हामीले जित्न सकेमा यो सिजनका लागि ठूलो हौसला हुनेछ,’फ्लिकले भनेका छन् ।
Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top