अमेरिकामा आपतैआपत , १० रेक्टरको भुकम्पः पादरीको भविष्यवाणी, कति सम्भव ?

२८ पुष , विराटनगर ।

अमेरिकाको लस एन्जलस क्षेत्रमा अधिकांश इलाकाहरु तीन दिनदेखि जारी भीषण आगलागीबाट जर्जर भएका छन् । त्यहाँ बसोबास गर्ने मानिसहरुमाथि संकट अहिले पनि उस्तै रहेको छ । उता अटलांटा प्रांतमा भीषण हिउँ तूफानले टेक्सास र ओक्लाहोमाका अधिकांश क्षेत्रहरुमा भारी हिँउ जमेको छ ।

सडकहरुमा बरफ जमेको छ । जसले यातायात, उडानहरु, कार्यालय र स्कूल, संस्थानहरु बन्द गर्नु परेको छ । अटलांटा समेत कयौं राज्यहरुमा आपातकालको स्थिति घोषणा गरिएको छ । यस विपतका बेला लस एन्जलसमा जब मानिसहरु परिवारका साथ मूल आश्रय स्थलहरुमा फर्किए, त्यतिबेला उनीहरुले आफ्नो सबै संपत्ति स्वाहा भएको देखे ।

Advertisement

त्यहाँ १४५ वर्ग किमी क्षेत्र पूरै नष्ट भएको छ । अहिलेसम्म मृतक संख्या कम्तिमा १६ पुगेको छ । करिब एक दर्जनको अवस्था अज्ञात छ । यसबीच तीव्र गतिको हुरी फर्कनुअघि आपत्कालीन उद्धारकर्ताहरूले लस एन्जलसको खतरनाक डढेलो निभाउने प्रयास पाचौँ दिन पनि जारी राखेका छन् ।

सबैभन्दा ठूला दुई आगलागी इटन र प्यालीसेड्स अझै पनि नियन्त्रणबाहिरै छन् । त्यस क्षेत्रमा हजारौँ अग्नि नियन्त्रकहरूलाई खटाइएको छ । विमानबाट पानी र आगो निभाउने सामग्री खसाएर जनधनको रक्षा गर्ने प्रयास गरिएको छ ।

Advertisement

क्यालिफोर्नियाका गभर्नरले न्याश्नल गार्डको उपस्थिति बढाएका छन् । अग्नि नियन्त्रकहरूले डढेलोलाई लस एन्जलसको एउटा विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा फैलन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छन् ।

थप एक हजार एकडमा विस्तार भएको र ब्रेन्टउड क्षेत्रतर्फ अघि बढिरहेको प्यालीसेड्स डढेलोलाई रोक्न अग्निनियन्त्रकहरूले आगलागी भइरहेको पहाडी क्षेत्रमा पानी र आगो निभाउने ’फायर रिटार्डेन्ट’ खसाइरहेका छन् ।

अग्नि नियन्त्रकहरूले तीव्र गतिमा अघि बढिरहेको आगोको लप्का नियन्त्रण गर्न सङ्घर्ष गरिरहँदा अधिकारीहरूले ती सामाग्रीहरू खासै प्रभावकारी नभएको भन्दै आक्रोशको सामना गर्नु परिरहेको छ ।

राति हावाको वेग अझै बढ्ने अपेक्षा गरिएको छ र त्यसले डढेलोलाई थप शक्तिशाली बनाउन सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन् । प्यालीसेड्स डढेलो नियन्त्रणमा जम्मा ११ प्रतिशतमात्रै सफलता हात पारेको बताइएको छ ।

तर उक्त डढेलो मेनडभील क्यानयनमा फैलिएको छ जसले गर्दा ब्रेन्डउड क्षेत्रलाई खाली गराउन आदेश दिइएको छ । उक्त विलासी क्षेत्रमा हलिउड अभिनेता आर्नोल्ड स्वाट्सनेगर, डिज्नीका प्रमुख कार्यकारी बब इगर र एनबीएका स्टर लीबोर्न जेम्सको घर रहेको छ ।

खाली गराउनुपर्ने क्षेत्रमा गेटी सेन्टर पनि अवस्थित छ । पहाडको टुप्पोमा अवस्थित उक्त म्युजिअममा १ लाख २५ हजार भन्दा बढी कलाकृति छन् जसमा भान गोफ, रेमब्रान्ट, रुबेन्स, मोने र डेगसका कलाहरू पर्छन् ।

हालसम्म सो भवनमा क्षति पुगिसकेको छैन । दोस्रो ठूलो डढेलो इटनले १४ हजार एकर क्षेत्रफलमा आगलागी गराएको छ र त्यो जम्मा १५ प्रतिशत नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकहरूले दुई साना डढेलो केनेथ र हस्र्टलाई भने नियन्त्रणमा लिएका छन् ।

तर न्याश्नल वेदर सर्भिसले सान्टा आना हुरी आइतबारसम्म पुन तीव्र वेगसहित आउने भन्दै चेतावनी दिएको छ । डढेलोको कारण अहिलसम्म थाहा हुन सकेको छैन । दुई सर्वाधिक ठूला डढेलोले न्यूयोर्कको म्यानहटन भन्दा दुई गुणा बढी क्षेत्रफललाई नष्ट बनाइदिएका छन् ।

करिब १ लाख ५३ हजार बासिन्दालाई बाध्यकारी आदेश अन्तर्गत घर छाड्न भनिएको छ र थप १ लाख ६६ हजार जनालाई उनीहरूले भाग्नुपर्ने अवस्था आउन सक्ने भनिएको छ । यसबीच लुटपाटका घटनाहरूलाई लिएर चिन्ता प्रकट भइरहँदा सूर्यास्तदेखि बिहानसम्म खाली गराइएका क्षेत्रमा कफ्र्यु लगाइएको छ ।

दुई दर्जनलाई लुटपाट, कफ्र्यु उल्लङ्घन र डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ । अर्कातर्फ, अटलांटा प्रांतमा आएको शीतकालीन तूफानले यो क्षेत्रमा बर्फबारी बढाइदिएको छ। अर्कान्सस, उत्तरी क्यारोलिनामा फसेका मोटर चालकहरुको सहयोगका लागि राष्ट्रीय गार्ड पठाइएका छन् ।

अर्कान्ससका केही क्षेत्रहरुमा ३१ से.मी. सम्म पानी परेको छ । लिटिल रकमा १० इंच वर्षा भएको छ जहां औसतमा ३.८ इंच सम्मको वार्षिक रेकर्ड रहेको थियो । यी राज्यहरुमा आपातकाल लागू गरिएको छ ।

टेनेसी प्रांतमा मेम्फिस शहरमा ७ इंच पानीले पुरिएका सडकहरु अहिले बरफ जमेका छन् । सुदूर दक्षिण र पूर्वमा लुइसियाना, मिसिसिपी, अलबामा र जर्जियामा असिना, हिमपात र बर्फिलो चिसो मिश्रणले यात्रालाई जोखिम बनाइदिएको छ ।

अटलांटा, मध्य ओक्लाहोमा, उत्तरी टेक्सासमा पनि हिउँ जमेको छ । यसबीच कतै भीषण आगलागी त कतै भीषण हिमपातको चपेटामा परेको अमेरिकामा थप विपत आउँन सक्ने भविष्यवाणाी गरिएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपलाई लिएर सटीक भविष्यवाणी गरेका एक पादरीले अब थप प्रलय आउने भविष्यवाणी गरेपछि त्यहाँ सनसनी मच्चिएको छ । ओकलाहोमाका पादरी तथा भविष्यवक्ता ब्यान्डन डेल बिग्सले डोनाल्ड ट्रंपमाथि ज्यान लिने गरीको आक्रमणको एकदम सही भविष्यवाणी गरेका थिए ।

अहिले उनै पादरीले अमेरिकामा १० रिक्टर स्केलको भुकम्प आउने र त्यसमा हजारौं मानिसहरु मारिने भविष्यवाणी जारी गर्दै चेतावनी दिएका छन् । बिग्सले आफूलाई भगवानले नै यस्तो अनुभुत गराएको बताएका छन् ।

उनका अनुसार अमेरिकामा १० तीव्रता भएको भूकंप आउने वाला छ, जसले सिंगो अमेरिकामा हजारौ मानिसहरुको ज्यान जान सक्छ । बिग्सले दाबी गरेका छन् कि भूकंपबाट मिसौरी, अर्कान्सस, टेनेसी, केन्टकी र इलिनोइससम्म फैलिएको न्यू म्याड्रिड फल्ट लाइनको पुरै क्षेत्र प्रभावित हुनेछ ।

बिग्सले भनेका छन् कि यो यति खतरनाक हुनेछ कि यसमा १८०० मानिसहरु मारिने छन् । सबै घर ध्वस्त हुनेछन् । उनले भनेका छन्, भूकंप यति ठूलो हुनेछ कि यसको असरले मिसिसिपी नदी अर्को दिशा बग्न थाल्नेछ ।

बिग्सले १४ मार्च २०२४मा यूट्यूबमा पोस्ट गरेको एक भिडियोमा डोनाल्ड ट्रंपमाथि ज्यान लिने गरीको हमला हुन सक्ने भविष्यवाणी गरेका थिए । र दाबी गरेका थिए कि ट्रंपलाई निशाना बनाएर गोली चलाइने छ, जुन उनको कानलाई छोएर निस्कने छ ।

यो भविष्यवाणीको केही महिनापछि नै पेंसिलभेनियामा एकदम त्यस्तै दृश्य दिखियो । जसमा ट्रंप बाल–बाल बचेका थिए ।तर उनको पछिल्लो भविष्यवाणीलाई लिएर भने अमेरिकाका भूवैज्ञानिकहरुले खण्डन गरेका छन ।

१० वा त्यसभन्दा धेरै रेक्टर स्केलको भूकंप आउनु संभव नै नभएको उनीहरुले बताएका छन् । बैज्ञानिकहरुको भनाइ छ कि फल्टको लंबाईबाट भूकंपको तीव्रता तय हुन्छ, जति लामो फल्ट लाइन हुन्छ, उति नै तीव्रताको भूकंप आउँछ ।

अहिले विश्वमा कतै पनि यस्तो फल्ट छैन, जसले १० वा सो भन्दा ठूलो तीव्रताको भूकंप ल्याउन सकोस् । अन्तिम पटक २२ मई १९६०मा ९.५ तीव्रताको भूकंप रेकर्ड भएको थियो जुने चिलीमा आएको थियो । यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top