×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

जय ट्रफीका लागि पुलिस र आर्मी भिड्ने

२८ पुष २०८१

२८ पुष , काठमाण्डौ ।

दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । बागमती र मधेश प्रदेश सेमिफाइनलबाट बाहिरिएका छन् । आज दिउँसो भएको सेमिफाइनलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

Advertisement
Advertisement

यससंगै प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । यसअघि त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । आज जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले दिएको ११६ रनको लक्ष्य पुलिसले २३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।

पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले २० रन थपे । वाग्मतीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

नन्दन यादव, सूर्य तामाङ र प्रतिश जीसीले समान एक विकेट लिए । दोस्रो इनिङमा वाग्मतीका रित गौतम र सुभ कंसाकारले क्रमशः ५२ र ७० रन बनाए । सुभले ७४ बलमा १२ चौका र एक छक्का प्रहार गरे । रितले ९३ बलमा आठ चौका प्रहार गरे ।

यी दुईले ८–१ को स्थितिबाट १०७ रनको साझेदारी गर्दै वाग्मतीको इनिङ सम्हालेका थिए । यसबाहेक, कप्तान सन्दीप लामिछानले र सूर्य तामाङले समान १६ रन जोडे । उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १४ रन थप्दा रिजन ढकाल र नन्दन यादवले समान १० रन बनाए ।

दोस्रो इनिङमा पुलिसका ललित राजवंशीले तीन विकेट लिए । २० ओभर बलिङ गरेका ललितले ६ मेडन फ्याँक्दै ५९ रन खर्चिए । श्रवण यादवले दुई विकेट लिँदा गुल्सन झा, राशिद खान, कुशल भुर्तेल र प्रेम तामाङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले पहिलो इनिङमा ३३.२ ओभर खेल्दा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । जवाफमा पुलिसले पहिलो इनिङमा सबै विकेट गुमाउनुअघि १२५ रन बनाएको थियो ।

पहिलो इनिङमा १०३ रनले पछि परेको वाग्मतीले स्टम्प हुनुअघिसम्म चार ओभर समाप्त हुँदा विकेट नगुमाई आठ रन बनाएको थियो । त्यसअघि, पहिलो इनिङमा वाग्मतीका ओपनर इशान पाण्डेले अर्धशतक बनाएका थिए ।

उनले ९४ बलमा ७१ रन जोडे पनि टिमका अरू ब्याटरबाट गतिलो साथ पाउन सकेनन् । वाग्मतीबाट प्रतीक श्रेष्ठले १२ रन थपे । वाग्मतीका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । पहिलो इनिङमा वाग्मतीका कप्तान सन्दीप लामिछाने र सूर्य तामाङ ‘गोल्डेन डक’ भए ।

वाग्मतीलाई सस्तैमा रोक्न पुलिसका ललित राजवंशीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका ललितले दुई मेडन फ्याँक्दै २७ रन खर्चिए । श्रवण यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए ।

पहिलो इनिङमा पुलिसका दुई ब्याटरले अर्धशतक बनाए । पुलिसका अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्कासहित ७९ रन जोडे । अर्जुन साउदले ८२ बलमा आठ चौका र दुई छक्कासहित ७७ रन थपे ।

यी दुईले ३५–३ को स्थितिबाट चौथो विकेटका निम्ति १४८ रनको साझेदारी गर्दै पुलिसको इनिङ सम्हालेका थिए । गुल्सन झाले १७ रन बनाए । पहिलो इनिङमा पुलिसविरुद्ध वाग्मतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए ।

११.५ ओभर बलिङ गरेका सन्दीपले तीन मेडन फ्याँक्दै ६५ रन खर्चिए । नन्दन यादव र प्रतिश जिसीले समान दुई विकेट लिए । रिजन ढकालले एक विकेट हात पारे । जितसँगै फाइनलमा स्थान बनाएको पुलिसले अब उपाधिका निम्ति अर्को विभागीय टोली त्रिभुनव आर्मी क्लबसँग खेल्नेछ ।

पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ‘ड्र’ खेलेको थियो । पुलिसले दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको थियो । हारसँगै वाग्मती प्रतियोगिताको लिग चरणबाट बाहिरिएको छ ।

वाग्मतीले पहिलो खेलमा मधेस र दोस्रोमा आर्मीसँग ‘ड्र’ खेलेको थियो । यस्तै पाँचौ खेलमा आइतवार आर्मीले मधेशलाई ८ विकेटले पराजित गरेको हो । दोस्रो इनिङमा २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।

पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको थियो । मधेश पहिलो इनिङमा १ सय २३ रनले पछि पर्दै फलोअनमा परेको थियो । फलोअनमा परेर लगत्तै दोस्रो इनिङको ब्याटिङ गरेको मधेशले १ सय ५० रनमा सबै विकेट गुमाएको थियो ।

मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । त्यसपछि २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो । तृत राज दासले १३, इमरान शेखले नटआउट ८ र बसिर अहमदले नट आउट ४ रन जोडे ।

मधेशका लागि प्रदिप पासवानले २ विकेट नै आफ्नो नाम गरे । दोस्रो इनिङमा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे । कप्तान हरिशंकर शाह २५, अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए । आर्मीका लागि बसिर अहमदले ४, साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि शनिवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो । आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए ।

उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए । भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए ।

Advertisement

ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिएका थिए । फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top