रवि निर्दाेष रहने आधार के छन् ? वकिलले दिए आधार

१० माघ ८१, शुक्रबार

११ माघ ,काठमाण्डौ।

रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ। रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्।

आज जाहेरवालाका तर्फबाट दुई जना र रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्। बुधबार हाजिर भएका रविको त्यस दिन न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान मात्र सकिएको थियो।

Advertisement

बिहीबार सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकिल र पीडित जाहेरवालका वकिलले न्यायाधीश योगीको भूमिकामाथि नै प्रश्न उठाएका थिए। न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए।

रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरवालाको माग छ। रवि पक्षबाट बहस गरेरका पूर्व न्यायाधीवक्ता शुशील पन्त र सुरेन्द्र थापाले रविविरुद्ध विना आधार रविमाथि बदनियत राखेर मुद्दा दायर गरिएको भन्दै मुद्दा नै खारेज गर्नुपर्ने दलील गरेका छन् ।

उनीहरुले रवि लामिछानेलाई डाम्नकै लागि ल्याइएको भन्दै यसको कानूनी आधार नै कमजोर रहेको भन्दै यसको छिनोफानो हुँदा पनि सहकारीका वचतकर्ताहरुले आफ्नो गुमेको वचत फिर्ता नपाउने बताएका थिए ।

पन्तले मुद्दाको प्रकृति र प्रक्रिया एकै पकृतिका भएका कारण यो मुद्दाको कानूनी आधार नै नरहेको र बदनियतका साथ ल्याइएको बताएका थिए । उनले कानूनको कुन दफाको उल्लघन गरियो भन्ने प्रश्न गरेका थिए ।

पूरक अभियोग ल्याउदा कारण खुलाएर थप अनुसन्धान गर्न लगाइ ल्याउनु पर्नेमा प्रक्रिया नै मिचेर रविलाई बदनाम गर्न र चलखेल गर्न मुद्दा ल्याएको बताएका थिए । उनले उच्च सरकारी वकिलको रायपछि मात्रै पूरक अभियोग दर्ता गर्नुुपर्नेमा नियम मिचिएको तर्क गरेका थिए ।

शुक्रबार चिया समय पछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो । वरिष्ठ अधिवक्ताहरु शुशील पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित अधिवक्ता डा नारायण कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्ने छन् ।

प्रतिवादीहरुका तर्फबाट बहस सकिएपछि पुन सरकारी वकिल तथा जाहेरकर्ताका अधिवक्ताले जवाफी बहस गर्ने छन् । त्यसपछि मात्रै आदेश आउने अदालतका अधिकारीहरुले बताएका छन् ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै जाहेरकर्ताकातर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी सहित ४ जनाले बहस गरेका थिए । अदालतले रविलाई आइतबार १० बजे पुनः उपस्थित हुन भनेको छ। रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्।

त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश गर्नेछन्।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top