×

NEPAL TIMES UPDATES

Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026

रुपन्देहीमा रविको थुनछेक बहस जारी, फैसला आजै

१३ माघ २०८१

१३ माघ , काठमाण्डौ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आज चौथोपटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार सकिएको थिएन ।

Advertisement
Advertisement

हिजो शनिबार बिदा भएपछि आज बाँकी बहसका लागि लामिछाने अदालत पुगेका हुन् । थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार बिहान १० बजे उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो ।

अहिले उनीतर्फका बाँकी अधिवक्ताले बहस गरिरहेका छन् । यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसअघि सरकारी र जाहेरीवालातर्फका वकिलले बहस सकेका थिए ।

शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् ।

गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो । बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए ।

न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए । रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ ।

रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरीवालाका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश दिनेछन् ।

जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने सम्भावना छ । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।

लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए । यसैबीच यता मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको सुरूआत गर्ने घोषणा गरेका छन् ।

माघ १४ गते सोमबारदेखि यस अभियानको सुरूआत हुने मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको सुरूआत जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । मिटरब्याजको विरूद्ध आन्दोलनको विस्तार गर्दै अगाडि बढाइने बताए ।

सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top