रविको मुद्दामा थुनछेक सकियो, आजै आदेश

१२ माघ ८१, आइतबार

१३ माघ , काठमाण्डौ ।

रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायीको बहस सकिएको छ । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रविको पक्षमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस सकेका हुन् ।

अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । यो सकिएपछि केही समयपछि आदेश आउने छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।आज लामिछानेको तर्फबाट बहस गरेका रमण श्रेष्ठले अनुसन्धानको कार्यविधिमाथि नै प्रश्न उठाएका छन् ।

Advertisement

उनले मन्त्रिपरिषद्ले निर्णय गरेर प्रहरी मुख्यालय हुँदै अघि बढेको अनुसन्धान वस्तुपरक र विश्वसनीय नहुने जिकिर गरेका छन् । कार्यविधि कानुनको पालना नगरेको भन्दै उनले कुनै नयाँ प्रमाण फेला नपरे पनि जबरजस्ती पुरक अभियोगपत्र तयार पारेको पनि उनले बहसका क्रममा बताएका छन् ।

दाबी गरिएका कतिपय आरोपहरू पुष्टि हुने प्रमाणहरू मुद्दाको साथमा पेश नभएको भन्दै श्रेष्ठले कतिपय सिद्धान्त उल्लेख गरेर मात्रै त्यसको पुष्टि नहुने जिकिर पनि गरेका छन् । उनले रुपन्देहीमा पनि उल्लेख गरिएको ‘डक्ट्रिन अफ पोइजनस ट्रि’ सिद्धान्तको विषयलाई संकेत गर्दै यस्तो प्रश्न गरेका हुन् ।

Advertisement

रुपन्देहीमा दायर गरिएको अभियोगपत्रको पृष्ठ ९३ मा उक्त सिद्धान्तबारे उल्लेख गरिएको थियो । सरकारले भएजतिका आरोपहरू खोजेर रविमाथि थुपार्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘पुरक अभियोगपत्र कसको निर्देशनबाट दायर भएको छ ?’

सरकारले पछिल्लो पटक ल्याएका अध्यादेश पनि सभापति लामिछानेलाई नै लक्षित गरेर ल्याएको उनले बताएका छन् । उनले प्रहरीले ल्याएको प्रतिवेदन नहेरी सरकारी वकिलले अभियोग जस्ताको तस्तै दर्ता गरिएको भन्दै यसलाई ‘पेनड्राइभ’ अभियोग भएको बताए ।

गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो । बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए ।

न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए । रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।

लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए । रवि यसअघि कास्की र काठमाडौंबाट धरौटीमा रिहा भएका थिए ।

उनले बयान दिएको चितवनमा सरकारी वकिलले नै प्रहरीले प्रतिवेदन प्रमाण प्रर्याप्त नरहेको भन्दै फर्काएको उनको सचिवालयले जनाएको छ । पर्सामा भने प्रहरीले प्रतिवेदन बुझाइ सकेको छैन् ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top