मोरङका ५ पत्रकार पुरस्कृत

११ असोज ७५, शुक्रबार

विराटनगर, १२ असोज
नेपाल प्रेस युनियन मोरङले आफ्नो जिल्ला अधिवेशनको अवसरमा ५ जना पत्रकारलाई पुरस्कृत गरेको छ । युनियनको शुक्रबार विराटनगरमा आयोजित आठौं अधिवेशन तथा पुरस्कार वितरण समारोहमा ५ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

सो अवसरमा मकालु टेलिभिजनकी संवाददाता सुशिला पाठकलाई ११ हजार १ सय राशिको अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार र सोही टेलिभिजनकी रंजिता पोखरेललाई ११ हजार १ सय राशिकै शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

Advertisement

यसैगरी उर्लाबारीका पत्रकार मदनबाबु प्रसाइलाई ११ हजार १ सय राशिको शैलजा आचार्य अग्रज पत्रकारिता पुरस्कार,बेलबारीका पत्रकार नरेन्द्र बस्नेतलाई सोहि रकम बराबरको शैलजा आचार्य युवा पत्रकारिता पुरस्कार तथा विराटनगरका पत्रकार कुमोद अधिकारीलाई ११ हजार राशीको रमाप्रसाद मायादेवी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पुरस्कृत पत्रकारहरुलाई दोसल्ला,सम्मानपत्र र नगद सहित पुरस्कृत गरेका थिए । आठौं जिल्ला अधिवेशनले नयां नेतृत्व चयन गर्ने नेपाल प्रेस युनियनका मोरङ अध्यक्ष मिनकुमार नवोदितले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top