जनताको घरमा प्रचण्डः जनताको पिर कि सत्ताको ?

१३ माघ ८१, सोमबार

१४ माघ , काठमाण्डौ।

प्रधानमन्त्रीको पदबाट हटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडाहा बिहानीको सुर्याेदल भन्दा पहिला नै सुरु हुन्छ । उनी उज्यालो हुन् नपाउदै मर्निङ वाकमा निस्किछन् र दिन भर पार्टीका कार्यक्रममा व्यस्त रहन्छन् ।

सत्तामा रहँदा पार्टी सङ्गठनलाई चटकै बिर्सने नेताहरू कुर्सीबाट हट्न साथ, फेरि जनताकै घर दैलोमा पार्टी सङ्गठन बलियो बनाउन आउने गर्छन् कि ? सत्ताबाहिर रहँदाको छटपटी हो भन्ने कुरा थाहा पाउन चाँही गाह्रो हुन्छ ।

६ महिनादेखि देश दौडाहामा रहेका प्रचण्ड आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल तिर हानिएका छन् । काठमाडौंबाट एकाबिहानै सेनाको हेलिकप्टरमा पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई राखेर तेह्रथुमतिर उडेका प्रचण्ड भोलिमात्र काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनस्थित शहीद धनरुप स्मृति पार्कको उद्घाटन गरेका छन् । पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावनामा कमी र माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृति बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे ।

आफू पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भइरहेको र देशभर नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिडेको बताए ।

त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपीओलीको जन्मथलो आठराई पुग्ने छन् । प्रचण्डले आठराईमा शहीद स्मृतिपार्क र जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्नेछन् ।

उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोलीलागी १८ माओवादी लडाकु र ३ सर्वसाधारण सामूहिक रूपमा मारिएका थिए । यस्तै प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफापार्कको समेत अवलोकन गर्नेछन् ।

उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् भने भोलि माओवादी नेता भक्तराज कन्दङवाको सालिक अनावरण र राजनीतिक प्रशिक्षण दिनेछन् ।प्रचण्डको तेह्रथुम यात्रा निकै अर्थपूर्ण छ ।

यति बेला छिमेकी जिल्ला ताप्लेजुङमा पहिचाहनवादीहरूको समर्थनमा नो केवलकार आन्दोलन चली रहेको छ । माओवादीले यसमा आन्दोलनकारीको पक्षमा उभिने सङ्केत गरी सकेको छ । आइतबारको कोशी प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका नेता इन्द्र आङवोले पाथीभरा क्षेत्रबाट सुरक्षाकर्र्मी हटाउन र जनताको मागलाई सम्बोधन गर्न माग गरी सकेका छन् ।

यस अर्थमा पनि प्रचण्डको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सत्ताहुँदा पार्टी कार्यकर्ताहरूको नमस्कार समेत फर्काउन नभ्याउने नेताहरू सत्ताबाहिर भएपछि पार्र्टी कार्यक्रम र कार्यकर्ता भने पछि मरिहत्ते गर्छन् ।

६ महिना अघि सम्म प्रमुख प्रतिपक्षी दलको नेताहुँदा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको दैनिक जसो कुनै न कुनै पार्र्टीको कार्यक्रममा देश दौडाहामा नै हुने गर्दथे । यति बेला प्रधानमन्त्री ओलीलाई सरकारी कामकाजले नै अलमल्याएको छ ।

सत्ताहुँदा प्रधानमन्त्रीको उद्घाटन, भेटघाट र गोप्यमा नै ९० प्रतिशत समय बित्ने गर्छन् । यति चाडै यसरी प्रधानमन्त्री पद जाला भन्ने कुरा प्रचण्डले सपनामा पनि सोचेका थिएनन् । नेपाली कांग्रेससँग सत्ता समीकरणको हस्ताक्षर गरेर फर्केका ओलीले प्रचण्डलाई यति सम्म आश्वस्त बनाएका थिए कि कुनै प्रेमिल जोडीले बाचा बन्धन गरे जस्तै स्वर्ग पनि सँगै जाने नर्क पनि सँगै जाने अवस्थामा थिए ।

तर ओलीले प्रचण्डलाई दिएको यस्तो आश्वासन केही घण्टा नबित्दै चकनाचुर भयो । कांग्रेससँगको सहकार्यमा ओली प्रधानमन्त्री बनेपछि प्रचण्ड छटपटाइ रहेकाछन् भन्ने कुराको पुष्टी उनका भाषणले नै गरी रहेको छ ।

पार्टीको संगठन विस्तार होस वा अन्यकुनै कार्यक्रम बोल्न पाउँदा होस् प्रचण्डले एउटा कुरा छुटाउँदैन त्यो हो सरकार चाडै ढल्छ ।सत्ता बर्हिगमनपछि प्रचण्डलाई मात्रै होइन यो रोग सत्ताबाहिर रहँदा ओलीको पनि निकै टिठ लाग्दो हुन्छ ।

उनी पनि वैचारिक कुरा भन्दा पदमा बसेकाहरुको व्यक्तिगत कुरा गर्नमा नै बढी रमाउने गर्छन् । तर यी दुई नेताको तुलनामा कांग्रेस सभापति शेरबहादुर देउवाको बाहिरी छटपटाहट कम देखिन्छ । उनी मौन रणनीतिक खेलाडीका रुपमा परिचित छन् ।

यसको पछिल्लो उदाहरण हो साउन १७ गतेको सत्ता गठबन्धन गर्ने अप्रत्यासित सहमति । यसैले त राजनीतिक विश्लेषकहरू ओली र प्रचण्डको वर्वराहट भन्दा देउवाको मौनता सत्ताका लागि बढी खतरा हुने तर्क राख्छन् ।

चाहे जे होस पछिल्लो समयसत्तासीन दलका नेताको तुलनामा प्रचण्डको दौहाडा धेरै छ । उनको अहिलेको प्रमुख एजेन्डा भनेको माओवादी आफ्नै खुट्टा र एजेन्डामा उभिने र भ्रष्टाचारीसँग समीकरण नगर्ने ।

उनी, गल्ती सुधार्ने, ०८४का लागि बहुमत माग्न र भ्रष्टचारलाई जरैबाट उखेल्ने भन्ने अभिब्यक्ति दोहोर्याउन भुल्दैनन् । गएको भदौ ७गते वाट सक्रियता बढाएका प्रचण्डले भदौ १६ गते नेपालगन्जस्थित रङ्गशालाको अवलोकन गरेका थिए ।

त्यसपछि महोत्तरीको रामगोपालपुर, ललितपुरको खोकना, उदयपुर, सिराहा, काठमाडौँको चन्द्रागिरि, विराटनगरमा भएको सभामा सहभागीहुँदै भदौ ३० गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी समेत भ्याए ।

भक्तपुर, काभ्रे, चितवन, जुम्ला, मकवानपुर, कीर्तिपुर, गोरखा, धादिङ, रुपन्देही, कञ्चनपुर, झापा, भरतपुर, सिन्धुपाल्चोकको सुकुटे, सुर्खेत लगायतमा उनी पुगिसकेका छन् । प्रचण्ड जहाँ बास बस्छन्, त्यहाँ स्थानीयसँगै खाना खाने, मर्निङ वाक गर्ने, उनीहरूका कुरा सुन्ने गर्दै आएका छन् ।

जसले सामाजिक संजाल समेत तातिने गरेको छ । सत्तामा रहँदा जनता र पार्टी बिर्सने, अनि सत्ता बाहिर भएपछि बिहानदेखि राति नसुतुन्जेलसम्म जनतासँगै रहने नेताहरूको यो दुईधारे चरित्रले आम नागरिकलाई आजित बनाएको छ।

पार्टी संगठन बलियो बनाउने बहाना होस् वा कुनै नयाँ कारण, नेताहरूको दौडधुप सत्ता बाहिरको छटपटी र सत्तामा जाने भ¥याङमात्रै हो भन्ने कुरा प्रचण्डका पछिल्ला अभिव्यक्तिहरूले पनि प्रस्ट्याउँछन्।

तथापि, प्रधानमन्त्री हुँदा भन्दा सत्ता बाहिर रहँदा प्रचण्डले जनताको घरदैलोमा पुगी हासिल गरेको जनसमर्थन उल्लेखनीय देखिन्छ। सामाजिक सञ्जालमा प्रचण्डप्रतिको जनविश्वासको ग्राफले उकालो चढेको देखिन्छ। तर, प्रश्न उठ्छ—यो जनसमीपता सत्ता बाहिर हुँदा मात्र देखिने प्रवृत्ति कति टिकाउ र वास्तविक हो ?

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top