×

NEPAL TIMES UPDATES

Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026

गाजामा घर फर्किनेको लावालस्करः २ घण्टामै २ लाख फर्किए , ८ बन्दी मृतक

१५ माघ २०८१

१५ माघ ,एजेन्सी ।

प्यालेस्टाइनी समूह हमासले सर्तबमोजिम रिहा गर्ने बन्धकहरुको सूचीबारे इजरायलले गरेको आशंका सहि सावित भएको छ । इजरायली अधिकारीहरुले गरेको आशंका जस्तै हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहेका ३३ जनामध्ये ८ जना पहिल्यै मरिसकेका पाइएको छ ।

Advertisement
Advertisement

यसबारे इजरायलले नै खुलासा गरेको हो । हमासको सूचीबाट युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामा ८ जनाको पहिल्यै नै ज्यान गइसकेको पत्ता लागेको इजरायली अधिकारीहरुले बताएका छन् ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकारलाई दिएको जानकारी अनुसार हमासले अन्य २५ जना जीवित रहेको जानकारी दिएको छ । उनले हमासबाट बन्दीहरुको अवस्थाबारेको जानकारी प्राप्त भएको बताएका छन् ।

प्रवक्ता मेन्सरले मृतकको नाम भने पत्रकारलाई बताएनन् । यद्यपि, परिवार तथा आफन्तजनलाई उनीहरुको स्थितिबारे सूचित गरिएको उनले जानकारी दिए । अब, बन्दीहरुको अघिल्लो रिहाई बिहीबार र शनिबार हुने बताइएको छ ।

अझै पनि ९० भन्दा बढी व्यक्ति हमास कै नियन्त्रणमा रहेको बताइन्छ । यो घोषणाअघि इजरायलले कम्तिमा पनि ३५ जना बन्दी मारिएको अनुमान गरेको थियो । सम्झौताको पहिलो चरण अन्तर्गत गाजामा बन्धक ३३ बन्दीलाई हमासले रिहा गर्नेछ भने बदलामा १९ सय बढी प्यालेस्टाइनीलाई इजरेलले रिहा गर्नु पर्नेछ ।

यसबीच गाजाका मानिसहरू अब आफ्नो घर फर्कन थालेका छन् । गाजाका एक सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार सोमबार बिहान नेत्जारिम करिडोर खुलेको दुई घण्टाभित्र दुई लाख विस्थापित मानिसहरू पैदल उत्तरी गाजा प्रवेश गरेका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार सरकारी तथ्याङ्कले गाजा सहर र उत्तरमा रहेका आफ्ना ध्वस्त घरहरूमा फर्कनका लागि एक लाख ३५ हजार टेन्ट आवश्यक पर्ने देखाएको छ । घर फर्किरहेका मानिसहरूको अनुहारमा धेरै भाव छन् ।

उनीहरू घर फर्कन पाउँदा खुसी भए पनि विनाशबाट दुःखी पनि छन् । हमासले उत्तरी गाजामा गाजा शरणार्थीहरूको फिर्तीलाई ‘विजय’को रूपमा वर्णन गरेको छ । अतिवादी संगठन हमासले भनेको छ, ‘विस्थापितहरूको फिर्ती हाम्रा जनताको लागि विजय हो ।

यो विस्थापन र इजरायली कब्जा योजनाको असफलता र पराजयको संकेत हो ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार हमासले अर्बेल येहुद नामक इजरायली बन्धकलाई रिहा गर्न सहमति जनाएपछि यो करिडोर खोलिएको हो ।

उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्नेछ । यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहूले ‘हमासले यसै हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने’ बताएका थिए ।

सर्वसाधारणलाई रिहा नगरिएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिइरहेको थिएन । इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो ।

सम्झौता अन्तर्गत इजरायलका आम नागरिकहरूलाई पहिले रिहा गर्नुपर्ने थियो । स्याटेलाइट तस्बिरहरूको विश्लेषण अनुसार, गाजा पट्टीमा सबैभन्दा बढी क्षति उत्तरी गाजामा भएको छ । जनवरी ११ सम्म उत्तरी गाजा प्रशासनिक क्षेत्रका दुई तिहाइभन्दा बढी भवन ध्वस्त भइसकेका थिए ।

सम्पूर्ण गाजा पट्टीमा यो औसत ५९.८ प्रतिशत हो । जबकि गाजा सहरको प्रशासनिक क्षेत्रमा यो ७४.२ प्रतिशत हो । घर फर्कन चाहनेहरूलई पैदलमात्र नभएर कार लिएर आउन पनि अनुमति दिइएको छ तर यसका लागि उसले अनुसन्धानको चरणबाट गुज्रिनुपर्नेछ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘ध्वस्त ठाउँ’ भनेका थिए । गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनले आश्रय प्रदान गरून् भन्ने उनी चाहन्छन् । यसरी ठाउँ दिने काम अस्थायी पनि हुन सक्ने र दीर्घकालीन पनि हुन सक्ने उनले बताएका थिए ।

ट्रम्पको यो भनाइको हमास र प्यालेस्टिनी प्राधिकरण दुवैले निन्दा गरेका छन् । जोर्डन र इजिप्टले पनि यो प्रस्ताव अस्वीकार गरेका छन् । जर्मन विदेश मन्त्रालयले पनि यसबारे एक विज्ञप्ति जारी गरेको छ ।

जर्मनीले युरोपेली संघ, अरब सहयोगीहरू र संयुक्त राष्ट्र संघ प्यालेस्टिनीहरूलाई गाजाबाट विस्थापित गर्नु हुँदैन र गाजा स्थायी रूपमा इजरायलले कब्जा गर्न सक्दैन भन्ने मान्यता राख्दै आएको प्रस्ट पारेको छ ।

Advertisement

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा एक हजार २०० इजरायली मारिएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top