×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

सिडिओलाई धम्की दिने पहिचानवादीका नेता पक्राउ

१५ माघ २०८१

१५ माघ , काठमाण्डौ । 

ताप्लेजुङको पाथीभरा क्षेत्र मुक्कुमलुङमा निर्माण हुने केबलकारको विषयमा भएको विवादका क्रममा प्रहरी र केबलकारविरोधी स्थानीय बीच भएको झडपपछि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पहिचानवादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका नानी भन्ने ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको हो।

उनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको आरोप छ। त्यही बेला सिडिओ नेत्रप्रसाद शर्मालाई धम्की दिएको पाइएको डिएसपी रावलले बताएका छन् । उनले टेलिफोन गरी आफूलाई धम्की दिएको स्वयम सिडिओ शर्माले बताएका थिए ।

ताप्लेजुङमा आज सवारी साधन बन्द गरिएको छ । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले यातायात बन्द गरेको हो । पाथीभरा मन्दिरमा केबलबार हाल्ने निर्णयविरू आन्दोलनरत संघर्ष समितिले आज यातायात ठप्प पारेको हो ।

बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेका छन् । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने चल्न दिइएको छ ।गएको शनिबार पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले धार्मिक स्थलमै रक्तपातको अवस्था निम्त्याएको थियो झडपका क्रममा प्रहरीको गोली लागेर नो केबलकार समूहका ४ जना घाइते भएका छन् भने झन्डै दुई दर्जन प्रहरी र सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

घाइते आन्दोलनकारी समूहका ३ जनालाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर हुँदै काठमाडौँ पठाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुशार केबलकार निर्माणको विरोध गर्दै आएको “नो केबलकार समूह“का प्रदर्शनकारीहरूले सरकारी निर्णयप्रति असन्तोष व्यक्त गर्दै झडपलाई थप उग्र बनाएका थिए।

प्रमुख जिल्ला अधिकारीविरुद्ध प्रदीप मादेनले तल्लो स्तरका अपशब्द प्रयोग गर्दै उनलाई जिल्ला छोड्न चेतावनी दिएको समेत उनल बताएकी छन् । तँ विरुद्ध युद्ध सुरु भयो,तँ असुरक्षित छ भन्दै अश्लील शब्दमा फोनमार्फत गाली गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताएकी छन् ।

आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए ।

घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौं लगिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।ताप्लेजुङमा पाथीभरा केबलकार निर्माण गर्ने विषयलाई लिएर विरोध हुँदै आएको छ।

त्यहीक्रममा गत शनिबार सुरक्षाकर्मी र स्थानीयहरूबीच झडप भएको थियो। यही विषयमा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङसहित जिल्लाका सांसदहरूलाई छलफलका लागि मंगलबार अपराह्न ५ बजे मन्त्रालयमा बोलाएका छन्।

यो विषय कोशीको प्रदेशसभा बैठकमा समेत उठेको छ । माओवादीका संसदीय दलका नेता इन्द्र आङबोले पाथीभरा क्षेत्रबाट प्रहरीलाई फिर्ता बोलाउन आग्रह गरेका छन्। भने प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

गएको कात्तिक २४ गते शिलान्यास गरिएको केबलकार निर्माण गएको मंगलबारबाट सुरु भएको थियो । आईएमई ग्रुपको लगानीमा हिमालय कन्स्ट्रक्सनले १५ महिनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top