NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

सिडिओलाई धम्की दिने पहिचानवादीका नेता पक्राउ

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
सिडिओलाई धम्की दिने पहिचानवादीका नेता पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ माघ , काठमाण्डौ । 

ताप्लेजुङको पाथीभरा क्षेत्र मुक्कुमलुङमा निर्माण हुने केबलकारको विषयमा भएको विवादका क्रममा प्रहरी र केबलकारविरोधी स्थानीय बीच भएको झडपपछि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पहिचानवादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका नानी भन्ने ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको हो।

उनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको आरोप छ। त्यही बेला सिडिओ नेत्रप्रसाद शर्मालाई धम्की दिएको पाइएको डिएसपी रावलले बताएका छन् । उनले टेलिफोन गरी आफूलाई धम्की दिएको स्वयम सिडिओ शर्माले बताएका थिए ।

ताप्लेजुङमा आज सवारी साधन बन्द गरिएको छ । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले यातायात बन्द गरेको हो । पाथीभरा मन्दिरमा केबलबार हाल्ने निर्णयविरू आन्दोलनरत संघर्ष समितिले आज यातायात ठप्प पारेको हो ।

बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेका छन् । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने चल्न दिइएको छ ।गएको शनिबार पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले धार्मिक स्थलमै रक्तपातको अवस्था निम्त्याएको थियो झडपका क्रममा प्रहरीको गोली लागेर नो केबलकार समूहका ४ जना घाइते भएका छन् भने झन्डै दुई दर्जन प्रहरी र सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

घाइते आन्दोलनकारी समूहका ३ जनालाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर हुँदै काठमाडौँ पठाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुशार केबलकार निर्माणको विरोध गर्दै आएको “नो केबलकार समूह“का प्रदर्शनकारीहरूले सरकारी निर्णयप्रति असन्तोष व्यक्त गर्दै झडपलाई थप उग्र बनाएका थिए।

प्रमुख जिल्ला अधिकारीविरुद्ध प्रदीप मादेनले तल्लो स्तरका अपशब्द प्रयोग गर्दै उनलाई जिल्ला छोड्न चेतावनी दिएको समेत उनल बताएकी छन् । तँ विरुद्ध युद्ध सुरु भयो,तँ असुरक्षित छ भन्दै अश्लील शब्दमा फोनमार्फत गाली गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताएकी छन् ।

आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए ।

घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौं लगिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।ताप्लेजुङमा पाथीभरा केबलकार निर्माण गर्ने विषयलाई लिएर विरोध हुँदै आएको छ।

त्यहीक्रममा गत शनिबार सुरक्षाकर्मी र स्थानीयहरूबीच झडप भएको थियो। यही विषयमा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङसहित जिल्लाका सांसदहरूलाई छलफलका लागि मंगलबार अपराह्न ५ बजे मन्त्रालयमा बोलाएका छन्।

यो विषय कोशीको प्रदेशसभा बैठकमा समेत उठेको छ । माओवादीका संसदीय दलका नेता इन्द्र आङबोले पाथीभरा क्षेत्रबाट प्रहरीलाई फिर्ता बोलाउन आग्रह गरेका छन्। भने प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

गएको कात्तिक २४ गते शिलान्यास गरिएको केबलकार निर्माण गएको मंगलबारबाट सुरु भएको थियो । आईएमई ग्रुपको लगानीमा हिमालय कन्स्ट्रक्सनले १५ महिनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

Tags: #ताप्लेजुङको पाथीभरा क्षेत्र#पहिचानवादीका नेता पक्राउ#सिडिओलाई धम्की दिने पहिचानवादी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.