NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’ कि,‘दम’ ?

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध उभिनुपर्छः गगन थापा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ , काठमाण्डौ । 

नेपाली राजनीतिमा बालेन, हर्क, रविजस्ता नयाँ पुस्ता आउनुअघिसम्म गगन थापाको अनुहार नेपाली युवापूस्तामा चम्किलो थियो । विद्यार्थी राजनीतिदेखि नै सबैभन्दा बढी चर्चा र सफलतामा रहेका उनी संसदीय राजनीतिमा छिरेदेखि भाषणकलाबाट झन् लोकप्रिय बने ।

पूर्व विद्यार्थी नेता, पूर्व कार्यक्रम प्रस्तोताका हिसाबले पनि गगन भाषणकलाबाट चर्चित बनेका हुन् । जतिबेला उनी नेपाली कांग्रेसको महामन्त्री पनि थिएनन्, सभापति र संसदीय दलको नेता बन्नका लागि शेरबहादुर देउवालाई टक्कर दिदै पार्टीको चुनावमा होमिएका पनि थिएनन्, त्यतिबेला गगनको जस्तो लोकप्रियता सायदै कुनै नेताको थियो ।

LS Auto

गगन एक यस्ता नेता थिए जसलाई सुन्न सबै मिडियाहरु पुग्थे । कांग्रेसमात्रै होइन, एमाले, माओवादी अन्य दलका युवाहरुले पनि गगनको भाषण मन पराएरै सुन्ने गर्थे । जसरी उनले पार्टीमा सभापतिलाई नै खुला च्यालेञ्ज दिन्थे, यो अभ्यास नेपाली राजनीतिमा विरलै देखिन्छ, आफै सम्मिलित सरकार र प्रधानमन्त्रीलाई खबरदारी गर्थे, नागरिकको दैनिकी र विशेष गरी युवाहरुलाई जसरी सम्बोधन गर्थे, गालीको होइन, सुसंस्कृत राजनीतिको अध्यास गर्थे ।

धेरैले गगनलाई प्रधानमन्त्री भएको हेर्ने इच्छा जाहेर गर्थे । जस्तो अहिले बालेन र रवि प्रधानमन्त्री भएको हेर्ने अधिकाँश युवाहरुको छ । सम्भवतः वरिपरिको त्यही पोजिटिभ इनर्जीले गगनमा पनि प्रधानमन्त्री बनिहाल्ने रहर र हुटहुटी पलायो ।

तर यो केही समयअघिको कुरा हो । अहिले विगतको भन्दा गगनको चार्म केही ओइल्याएको छ । सायद नयाँ युवा नेताहरुको आगमन यसको कारण हुन्सक्छ । तरपनि अहिले पनि पुराना दल र पुराना नेताहरुको तुलनामा गगनको लोकप्रियता माथि नै छ ।

यस्तै स्वयं उनको प्रधानमन्त्री बन्ने हुटहुटीमा भने कुनै कमि आएको छैन । उनले जहिलेदेखि प्रधानमन्त्री बन्न प्रयास गर्ने घोषणा गरे त्यहि बेलादेखि यसको अभ्यास पनि गर्दै आएका छन् । केही वर्षदेखि विज्ञहरुको टिमहरुसँग ‘प्रोजेक्ट गभर्मेन्ट’ मा काम गरिरहेका छन् गगन ।

०७४ को निर्वाचनपछि पार्टी नराम्ररी खुम्चिएपछि संसदमा प्रतिपक्षको दरिलो आवाज बनेर गर्जिँदै आफ्नो काममा लागे । गएको प्रतिनिधिसभाको चुनावमा काठमाडौं ४ का मतादातासंग आफू प्रधानमन्त्री बन्नकै लागि उनले भोट मागे ।

पार्टीभित्र पनि सभापतिका लागि देउवासंग जुधे । महामन्त्री बनेपछि संसदीय दलको नेता बन्न पनि भिडे तर सफल हुन सकेनन् । यसबीच उनले अब आफ्नो राजनीतिक करियर जम्मा १० वर्ष बाँकी रहेको स्वघोषणा पनि गरे ।

जसमा तीन वर्ष त वितिपनि सक्यो । आफैले तोकेको समय सीमा घर्किदै जाँदा अब गगनलाई कांग्रेसबाट आगामी प्रधानमन्त्री नबनी सुखै छैन । तर यसमा अड्चन छन् स्वय शेरबहादुर देउवा। अबको डेढवर्षपछि कांग्रेसको भागमा पर्ने प्रधानमन्त्रीमा देउवा नै बन्ने पक्का छ ।

किनभने कांग्रेसमा देउवाको इच्छा बेगर पात पनि हल्लिदैन । यद्यपि, अब हुने महाधिवेशनमा सभापतिको दौडमा देउवा हुने छैनन् । तर उनले नचाहाँदासम्म गगन न सभापति बन्न सक्छन् न संसदीय दलको नेता ।

प्रधानमन्त्री त त्यसपछिको कुरा भयो । हुनत गगनले हरेक भाषणमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । आइतबार पनि भक्तपुरमा भएको एक कार्यक्रममा उनले यस्तै चाहना जाहेर गरे ।

उनले आफू प्रधानमन्त्री बने अहिलेका प्रधानमन्त्री वा त्यसअघि भएका प्रधानमन्त्रीहरुले भन्दा राम्रो काम गर्ने दाबी गरे । आजको आजै आफू प्रधानमन्त्री बन्नका लागि सम्पूर्णरुपले योग्य रहेको ठोकुवा गरे ।

हुन त यसअघि प्रधानमन्त्री बन्नकै लागि उनले देउवासँग संसदीय दलको नेतामा लडेका पनि थिए । तर, उनी देउवासँग दोब्बर मतान्तरले पराजित भएका थिए । देउवाको पक्षमा ६४ र गगनको पक्षमा २५ मत प¥यो ।

अहिलेदेखि नै गगन आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने रणनीतिमा छन् । उनलाई कांग्रेसभित्रका धेरै युवा नेताहरूको साथ छ । त्यसबाहेक अरु पार्टीका युवा नेता र आम युवा पङ्क्तिकोे सहानुभूति छ ।

बुढापाका नेताहरूबाट वाक्कदिक्क भएका युवामा पनि गगन प्रधानमन्त्री बनेको हेर्ने चाहना छ ।तर,गगनको प्रधानमन्त्री हुने सपना सहजै पूरा हुने अवस्था भने देखिँदैन । एक त विगतको भन्दा आफ्नो लोकप्रियता गुमाएका छन् ।

रवि लामिछानेविरोधी कित्तामा खुलेरै उभिएपछि र मुख्यतः उनकै भूमिकाले रवि लामिछाने अहिले अदालतहरुको चक्कर काटिरहँदा युवा जमातबाट त्यसको दोष गगनले बोक्नु परेको छ । यसबाट धेरै युवाहरु चिढिएको सामाजिक संजाल हेर्दा प्रष्टसँग देखिन्छ ।

अर्को पछिल्लो समय गगन आफ्नै पार्टीभित्र एक्लिँदै गएका छन् । उनी आफ्नो गुटबाट पनि एक्लो भएका छन् । इतर समूहका नेता शेखरसँगको सम्बन्ध निकै चिसिएको छ । सार्वजनिक मञ्चमा समेत कोइराला र थापाबीच घोचपेच हुन थालेको छ ।

शेखरसंग टाढा हुँदै गएपछि गगनले आफूलाई सबैभन्दा बढी फाइदा हुने गरी देउवालाई ढोग दिन थालेको चर्चा पनि कांग्रेस भित्रै छ । आफ्ना पक्षका केही व्यक्तिलाई टिकट दिलाउन निर्वाचन क्षेत्रसमेत छोड्न तयार भएका गगन पार्टीभित्रै लोकतन्त्र खोज्नेहरुसँगको भेटलाई तीव्रता दिएको धेरैले असन्तुष्टि पनि जाहेर गरेका छन् ।

यता सभापति देउवाले पनि आफ्नो उत्तराधिकारी तयार पारिसकेका छैनन् । पार्टी नेतृत्वका आकांक्षीहरू उनको साथ र समर्थन लिने कसरतमा छन् । संस्थापन पक्षभित्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला देउवाको साथ–समर्थन लिने दौडमा छन् ।

तर देउवाले संगठनमा पकड राखेका इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापाप्रति झुकाव राख्ने गरेको चर्चा कांग्रेस वृत्तमा छ । संस्थापन पक्षमा बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताले शेखर कोइरालाप्रति सकारात्मक सद्भाव देखाउन थालिसकेका छन् ।

देउवाले भने राष्ट्रिय राजनीतिका निर्णायक भूमिका र छलफलमा महामन्त्री थापालाई अघि सारिरहेका छन् । यद्यपि देउवाको पछि आरजु बलियो रुपमा उभिसकेकी छिन् । सरकारमा कांग्रेसको नेतृत्व प्रकाशमानसिंहले गरेपनि आरजुको बोलवाला छ ।

परराष्ट्र मन्त्रीका रुपमा आरजुले बढाएको अन्तराष्ट्रिय छवि र पार्टी भित्र पति शेरबहादुरको साथले देउवाको बिढो आरजुले नै थाम्ने संभावना देख्ने कांग्रेस नेताहरु पनि अधिक रहेका छन् । यस्तो अवस्थामा देउवाको रोजाइ कोइराला र थापा कि पत्नी आरजु मध्ये को हो भन्ने प्रस्ट भने छैन् ।

अहिले शेखर भन्दा गगनसँग देउवाको निकटता बढेको देखिन्छ । अर्कातर्फ यी दुई नेताबीचको टक्करले पार्टीभित्र नयाँ ध्रुवीकरणको पैरवी पनि हुन थालेको छ । यसबीच शेखर आफ्नो समूहलाई थप बलियो बनाउने रणनीतिमा छन् ।

उनीसँग अर्का महामन्त्री विश्वप्रकाश निकट देखिन्छन् । साथै अहिलेको सेन्टिमेन्टलाई क्याच गर्दै शेखर गगनको उल्टो रास्वपा सभापति रवि लामिछानको बचाउमा लागेका छन् । जुन गगनका लागि घातक बन्नेछ।

यही परिस्थित बढ्दै गए आगामी महाधिवेशनमा शेखरसँग गगनले सभापति प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सिर्जना हुँदै गएको छ । रविकै कारण गगनलाई कमजोर पार्ने शेखर पक्षको रणनीति छ । यस्तोमा पुस्तान्तरण र रुपान्तरणको बहस गर्नेहरुबाटै गगनले संसदीय दलको नेतामा धोका पाउने हो कि भन्ने आशंका छ ।

फेरि पनि संसदीय दलको निर्वाचनमा संस्थापन इतरका नेताहरुलाई नै मिलाउन उनलाई कठिन पर्ने देखिन्छ । सबैलाई मिलाएर संस्थापन इतरबाट साझा उम्मेदवार बन्न नसके प्रधानमन्त्री बन्ने गगनको दोस्रो पटकको सपना पनि सपना मात्रै नहोला भन्न सकिन्न ।

Tags: # ‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’#gagan thapa#ओली–देउवा#गगन थापा

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.