×

NEPAL TIMES UPDATES

Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026

‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’ कि,‘दम’ ?

१५ माघ २०८१

१५ माघ , काठमाण्डौ । 

नेपाली राजनीतिमा बालेन, हर्क, रविजस्ता नयाँ पुस्ता आउनुअघिसम्म गगन थापाको अनुहार नेपाली युवापूस्तामा चम्किलो थियो । विद्यार्थी राजनीतिदेखि नै सबैभन्दा बढी चर्चा र सफलतामा रहेका उनी संसदीय राजनीतिमा छिरेदेखि भाषणकलाबाट झन् लोकप्रिय बने ।

पूर्व विद्यार्थी नेता, पूर्व कार्यक्रम प्रस्तोताका हिसाबले पनि गगन भाषणकलाबाट चर्चित बनेका हुन् । जतिबेला उनी नेपाली कांग्रेसको महामन्त्री पनि थिएनन्, सभापति र संसदीय दलको नेता बन्नका लागि शेरबहादुर देउवालाई टक्कर दिदै पार्टीको चुनावमा होमिएका पनि थिएनन्, त्यतिबेला गगनको जस्तो लोकप्रियता सायदै कुनै नेताको थियो ।

गगन एक यस्ता नेता थिए जसलाई सुन्न सबै मिडियाहरु पुग्थे । कांग्रेसमात्रै होइन, एमाले, माओवादी अन्य दलका युवाहरुले पनि गगनको भाषण मन पराएरै सुन्ने गर्थे । जसरी उनले पार्टीमा सभापतिलाई नै खुला च्यालेञ्ज दिन्थे, यो अभ्यास नेपाली राजनीतिमा विरलै देखिन्छ, आफै सम्मिलित सरकार र प्रधानमन्त्रीलाई खबरदारी गर्थे, नागरिकको दैनिकी र विशेष गरी युवाहरुलाई जसरी सम्बोधन गर्थे, गालीको होइन, सुसंस्कृत राजनीतिको अध्यास गर्थे ।

धेरैले गगनलाई प्रधानमन्त्री भएको हेर्ने इच्छा जाहेर गर्थे । जस्तो अहिले बालेन र रवि प्रधानमन्त्री भएको हेर्ने अधिकाँश युवाहरुको छ । सम्भवतः वरिपरिको त्यही पोजिटिभ इनर्जीले गगनमा पनि प्रधानमन्त्री बनिहाल्ने रहर र हुटहुटी पलायो ।

तर यो केही समयअघिको कुरा हो । अहिले विगतको भन्दा गगनको चार्म केही ओइल्याएको छ । सायद नयाँ युवा नेताहरुको आगमन यसको कारण हुन्सक्छ । तरपनि अहिले पनि पुराना दल र पुराना नेताहरुको तुलनामा गगनको लोकप्रियता माथि नै छ ।

यस्तै स्वयं उनको प्रधानमन्त्री बन्ने हुटहुटीमा भने कुनै कमि आएको छैन । उनले जहिलेदेखि प्रधानमन्त्री बन्न प्रयास गर्ने घोषणा गरे त्यहि बेलादेखि यसको अभ्यास पनि गर्दै आएका छन् । केही वर्षदेखि विज्ञहरुको टिमहरुसँग ‘प्रोजेक्ट गभर्मेन्ट’ मा काम गरिरहेका छन् गगन ।

०७४ को निर्वाचनपछि पार्टी नराम्ररी खुम्चिएपछि संसदमा प्रतिपक्षको दरिलो आवाज बनेर गर्जिँदै आफ्नो काममा लागे । गएको प्रतिनिधिसभाको चुनावमा काठमाडौं ४ का मतादातासंग आफू प्रधानमन्त्री बन्नकै लागि उनले भोट मागे ।

पार्टीभित्र पनि सभापतिका लागि देउवासंग जुधे । महामन्त्री बनेपछि संसदीय दलको नेता बन्न पनि भिडे तर सफल हुन सकेनन् । यसबीच उनले अब आफ्नो राजनीतिक करियर जम्मा १० वर्ष बाँकी रहेको स्वघोषणा पनि गरे ।

जसमा तीन वर्ष त वितिपनि सक्यो । आफैले तोकेको समय सीमा घर्किदै जाँदा अब गगनलाई कांग्रेसबाट आगामी प्रधानमन्त्री नबनी सुखै छैन । तर यसमा अड्चन छन् स्वय शेरबहादुर देउवा। अबको डेढवर्षपछि कांग्रेसको भागमा पर्ने प्रधानमन्त्रीमा देउवा नै बन्ने पक्का छ ।

किनभने कांग्रेसमा देउवाको इच्छा बेगर पात पनि हल्लिदैन । यद्यपि, अब हुने महाधिवेशनमा सभापतिको दौडमा देउवा हुने छैनन् । तर उनले नचाहाँदासम्म गगन न सभापति बन्न सक्छन् न संसदीय दलको नेता ।

प्रधानमन्त्री त त्यसपछिको कुरा भयो । हुनत गगनले हरेक भाषणमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । आइतबार पनि भक्तपुरमा भएको एक कार्यक्रममा उनले यस्तै चाहना जाहेर गरे ।

उनले आफू प्रधानमन्त्री बने अहिलेका प्रधानमन्त्री वा त्यसअघि भएका प्रधानमन्त्रीहरुले भन्दा राम्रो काम गर्ने दाबी गरे । आजको आजै आफू प्रधानमन्त्री बन्नका लागि सम्पूर्णरुपले योग्य रहेको ठोकुवा गरे ।

हुन त यसअघि प्रधानमन्त्री बन्नकै लागि उनले देउवासँग संसदीय दलको नेतामा लडेका पनि थिए । तर, उनी देउवासँग दोब्बर मतान्तरले पराजित भएका थिए । देउवाको पक्षमा ६४ र गगनको पक्षमा २५ मत प¥यो ।

अहिलेदेखि नै गगन आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने रणनीतिमा छन् । उनलाई कांग्रेसभित्रका धेरै युवा नेताहरूको साथ छ । त्यसबाहेक अरु पार्टीका युवा नेता र आम युवा पङ्क्तिकोे सहानुभूति छ ।

बुढापाका नेताहरूबाट वाक्कदिक्क भएका युवामा पनि गगन प्रधानमन्त्री बनेको हेर्ने चाहना छ ।तर,गगनको प्रधानमन्त्री हुने सपना सहजै पूरा हुने अवस्था भने देखिँदैन । एक त विगतको भन्दा आफ्नो लोकप्रियता गुमाएका छन् ।

रवि लामिछानेविरोधी कित्तामा खुलेरै उभिएपछि र मुख्यतः उनकै भूमिकाले रवि लामिछाने अहिले अदालतहरुको चक्कर काटिरहँदा युवा जमातबाट त्यसको दोष गगनले बोक्नु परेको छ । यसबाट धेरै युवाहरु चिढिएको सामाजिक संजाल हेर्दा प्रष्टसँग देखिन्छ ।

अर्को पछिल्लो समय गगन आफ्नै पार्टीभित्र एक्लिँदै गएका छन् । उनी आफ्नो गुटबाट पनि एक्लो भएका छन् । इतर समूहका नेता शेखरसँगको सम्बन्ध निकै चिसिएको छ । सार्वजनिक मञ्चमा समेत कोइराला र थापाबीच घोचपेच हुन थालेको छ ।

शेखरसंग टाढा हुँदै गएपछि गगनले आफूलाई सबैभन्दा बढी फाइदा हुने गरी देउवालाई ढोग दिन थालेको चर्चा पनि कांग्रेस भित्रै छ । आफ्ना पक्षका केही व्यक्तिलाई टिकट दिलाउन निर्वाचन क्षेत्रसमेत छोड्न तयार भएका गगन पार्टीभित्रै लोकतन्त्र खोज्नेहरुसँगको भेटलाई तीव्रता दिएको धेरैले असन्तुष्टि पनि जाहेर गरेका छन् ।

यता सभापति देउवाले पनि आफ्नो उत्तराधिकारी तयार पारिसकेका छैनन् । पार्टी नेतृत्वका आकांक्षीहरू उनको साथ र समर्थन लिने कसरतमा छन् । संस्थापन पक्षभित्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला देउवाको साथ–समर्थन लिने दौडमा छन् ।

तर देउवाले संगठनमा पकड राखेका इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापाप्रति झुकाव राख्ने गरेको चर्चा कांग्रेस वृत्तमा छ । संस्थापन पक्षमा बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताले शेखर कोइरालाप्रति सकारात्मक सद्भाव देखाउन थालिसकेका छन् ।

देउवाले भने राष्ट्रिय राजनीतिका निर्णायक भूमिका र छलफलमा महामन्त्री थापालाई अघि सारिरहेका छन् । यद्यपि देउवाको पछि आरजु बलियो रुपमा उभिसकेकी छिन् । सरकारमा कांग्रेसको नेतृत्व प्रकाशमानसिंहले गरेपनि आरजुको बोलवाला छ ।

परराष्ट्र मन्त्रीका रुपमा आरजुले बढाएको अन्तराष्ट्रिय छवि र पार्टी भित्र पति शेरबहादुरको साथले देउवाको बिढो आरजुले नै थाम्ने संभावना देख्ने कांग्रेस नेताहरु पनि अधिक रहेका छन् । यस्तो अवस्थामा देउवाको रोजाइ कोइराला र थापा कि पत्नी आरजु मध्ये को हो भन्ने प्रस्ट भने छैन् ।

अहिले शेखर भन्दा गगनसँग देउवाको निकटता बढेको देखिन्छ । अर्कातर्फ यी दुई नेताबीचको टक्करले पार्टीभित्र नयाँ ध्रुवीकरणको पैरवी पनि हुन थालेको छ । यसबीच शेखर आफ्नो समूहलाई थप बलियो बनाउने रणनीतिमा छन् ।

उनीसँग अर्का महामन्त्री विश्वप्रकाश निकट देखिन्छन् । साथै अहिलेको सेन्टिमेन्टलाई क्याच गर्दै शेखर गगनको उल्टो रास्वपा सभापति रवि लामिछानको बचाउमा लागेका छन् । जुन गगनका लागि घातक बन्नेछ।

यही परिस्थित बढ्दै गए आगामी महाधिवेशनमा शेखरसँग गगनले सभापति प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सिर्जना हुँदै गएको छ । रविकै कारण गगनलाई कमजोर पार्ने शेखर पक्षको रणनीति छ । यस्तोमा पुस्तान्तरण र रुपान्तरणको बहस गर्नेहरुबाटै गगनले संसदीय दलको नेतामा धोका पाउने हो कि भन्ने आशंका छ ।

फेरि पनि संसदीय दलको निर्वाचनमा संस्थापन इतरका नेताहरुलाई नै मिलाउन उनलाई कठिन पर्ने देखिन्छ । सबैलाई मिलाएर संस्थापन इतरबाट साझा उम्मेदवार बन्न नसके प्रधानमन्त्री बन्ने गगनको दोस्रो पटकको सपना पनि सपना मात्रै नहोला भन्न सकिन्न ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top