१५ माघ , काठमाण्डौ ।
‘मनी हाइस्ट’ र ‘बर्लिन’ जस्ता सिनेमाका सिरीजमा देखाइएका चोरी अब कथामा मात्रै सिमित रहेनन् । यस्ता घटनाहरु वास्तविकरुपमै हुन थालेका छन् । हालै नेदरल्याण्ड्समा एक यस्तो तरिकाले चोरी भएको घटना सार्वजनिक भएको छ जसले यूरोप त हल्लिएको छ नै, विश्वलाई नै तरंगित बनाएको छ ।
नेदरल्याण्ड्समा चोरहरुले एक म्यूजियममा चोरी गरेका छन्, जुन आमरुपमा देखिने घटनाभन्दा निकै पृथक छ । यो चोरीमा बम विस्फोटको प्रयोग गरिएको छ । चोरले करीब २५०० वषै पुरानो सुनको हेलमेट र सुनकै तीन बालासहित चार प्राचीन कलाकृतिहरु पनि आफ्नो साथमा लिएर गएका छन् ।
असनको ड्रेंट्स म्यूजियममा शनिवार विहान यो घटना भएको हो । चोरहरुले ‘हेलमेट अफ कोटोफेनेस्ती’ चोरेका छन् । नेदरल्याण्ड्समा भएको यो चोरीले अंतर्राष्ट्रिय विवाद पनि बढिरहेको छ। खासमा चोरी भएको सुनको हेलमेट नेदरल्याण्ड्सको होइन ।
यसलाई म्यूजियमले रोमानियाको नेशनल हिस्ट्री म्यूजियमबाट उधारोमा ल्याएको थियो । यो हेलमेट चोरी भएपछि रोमानियाको सरकार रुष्ट भएको छ । किनभने त्यो प्राचीन रोमानियामा रहेका डेशियन समाजमा आधारित थियो, जो रोमनहरुले कब्जा गर्नुभन्दा पहिलादेखि नै त्यहा रहेका थिए ।
डच प्रहरीका अनुसार यो डकैती शनिवार विहान ३ः४५ बजे भएको हो । प्रहरीले त्यतिबेला एक विस्फोटको सूचना पाएको थियो । प्रहरीले जारी गरेको सीसीटीभी फुटेजमा विस्फोटभन्दा पहिला संदिग्धले बाहिरी ढोका खोल्दै गरेको देखिन्छ ।
यसकारण हावामा आगोका झिल्काहरु र धुवा फैलिएको थियो । चोरहरुले लगभग ५० ईसा पूर्वका सुनका तीन बाला, ५औं शताब्दी ईसा पूर्वका कोटोफेनेस्टीको हेलमेट चोरेका हुन् । सो हेलमेटको असली मालिक रोमानियाको राष्ट्रिय इतिहास संग्रहालय हो ।
ऐतिहासिक रूपले यो एक महत्वपूर्ण कलाकृति हो । ड्रेन्ट्स म्यूजियमले आफ्नो वेबसाइटमा एक प्रेस विज्ञप्तिमा भनेको छ कि सुनको सो हेलमेट लगभग एक शताब्दी पहिला रोमानियाली गाउँमा भेटिएको थियो ।
यो एक मास्टरपीस हो । यसको डिजाइनमा कथाहरुको दृश्य र दुई आँखा पनि बनेका छन् । आंखा बनाउनुका पछाडि के मान्यता छ भने यसले खराब नजरबाट रक्षा गर्छ । हेलमेटसहितको प्रदर्शनी आइतबार सकिने थियो ।
यद्यपि, अब यो चोरीमा प्रयोग भएको विस्फोटका कारण परिसर क्षतिग्रस्त भएको छ । यद्यपि कोही पनि घाइते भएको सूचना आएको छैन । डच प्रहरीले इंटरपोलका साथमा काम गरिरहेको छ। प्रहरीले ग्रे रंगको एक कार खोजीरहेको छ, जुन म्यूजियमबाट ६.४ किमीको दूरीमा जलिरहेको अवस्थामा देखिएको थियो ।
यो चोरीले रुष्ट भएका रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकूले सरकारले गृह मंत्रालय, न्याय मंत्रालय, संस्कृति मंत्रालय, विदेश मंत्रालय र रोमानियाली प्रहरीका प्रतिनिधीहरुका साथमा एक क्राइसिस टीम गठन गरेको छ ।
संस्कृति मंत्री नतालिया इंटोटेरोले सोमवार पोल्याण्डमा एक कार्यक्रमका क्रममा नेदरल्याण्डका पीएम र डच शाही परिवारको साथमा बैठकमा चोरीको मुद्दा उठाए । पीएम सिओलाकुले भने कि हामी रोमानियाली सरकारलाई दृढ संदेश दिनेछौं कि विरासतका यी अमूल्य वस्तुहरुलाई छिटै भेटियोस ।