×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

एक यस्तो चोरी जसले हल्लायो सिंगो यूरोप

१५ माघ २०८१

१५ माघ , काठमाण्डौ ।

‘मनी हाइस्ट’ र ‘बर्लिन’ जस्ता सिनेमाका सिरीजमा देखाइएका चोरी अब कथामा मात्रै सिमित रहेनन् । यस्ता घटनाहरु वास्तविकरुपमै हुन थालेका छन् । हालै नेदरल्याण्ड्समा एक यस्तो तरिकाले चोरी भएको घटना सार्वजनिक भएको छ जसले यूरोप त हल्लिएको छ नै, विश्वलाई नै तरंगित बनाएको छ ।

Advertisement
Advertisement

नेदरल्याण्ड्समा चोरहरुले एक म्यूजियममा चोरी गरेका छन्, जुन आमरुपमा देखिने घटनाभन्दा निकै पृथक छ । यो चोरीमा बम विस्फोटको प्रयोग गरिएको छ । चोरले करीब २५०० वषै पुरानो सुनको हेलमेट र सुनकै तीन बालासहित चार प्राचीन कलाकृतिहरु पनि आफ्नो साथमा लिएर गएका छन् ।

असनको ड्रेंट्स म्यूजियममा शनिवार विहान यो घटना भएको हो । चोरहरुले ‘हेलमेट अफ कोटोफेनेस्ती’ चोरेका छन् । नेदरल्याण्ड्समा भएको यो चोरीले अंतर्राष्ट्रिय विवाद पनि बढिरहेको छ। खासमा चोरी भएको सुनको हेलमेट नेदरल्याण्ड्सको होइन ।

यसलाई म्यूजियमले रोमानियाको नेशनल हिस्ट्री म्यूजियमबाट उधारोमा ल्याएको थियो । यो हेलमेट चोरी भएपछि रोमानियाको सरकार रुष्ट भएको छ । किनभने त्यो प्राचीन रोमानियामा रहेका डेशियन समाजमा आधारित थियो, जो रोमनहरुले कब्जा गर्नुभन्दा पहिलादेखि नै त्यहा रहेका थिए ।

डच प्रहरीका अनुसार यो डकैती शनिवार विहान ३ः४५ बजे भएको हो । प्रहरीले त्यतिबेला एक विस्फोटको सूचना पाएको थियो । प्रहरीले जारी गरेको सीसीटीभी फुटेजमा विस्फोटभन्दा पहिला संदिग्धले बाहिरी ढोका खोल्दै गरेको देखिन्छ ।

यसकारण हावामा आगोका झिल्काहरु र धुवा फैलिएको थियो । चोरहरुले लगभग ५० ईसा पूर्वका सुनका तीन बाला, ५औं शताब्दी ईसा पूर्वका कोटोफेनेस्टीको हेलमेट चोरेका हुन् । सो हेलमेटको असली मालिक रोमानियाको राष्ट्रिय इतिहास संग्रहालय हो ।

ऐतिहासिक रूपले यो एक महत्वपूर्ण कलाकृति हो । ड्रेन्ट्स म्यूजियमले आफ्नो वेबसाइटमा एक प्रेस विज्ञप्तिमा भनेको छ कि सुनको सो हेलमेट लगभग एक शताब्दी पहिला रोमानियाली गाउँमा भेटिएको थियो ।

यो एक मास्टरपीस हो । यसको डिजाइनमा कथाहरुको दृश्य र दुई आँखा पनि बनेका छन् । आंखा बनाउनुका पछाडि के मान्यता छ भने यसले खराब नजरबाट रक्षा गर्छ । हेलमेटसहितको प्रदर्शनी आइतबार सकिने थियो ।

यद्यपि, अब यो चोरीमा प्रयोग भएको विस्फोटका कारण परिसर क्षतिग्रस्त भएको छ । यद्यपि कोही पनि घाइते भएको सूचना आएको छैन । डच प्रहरीले इंटरपोलका साथमा काम गरिरहेको छ। प्रहरीले ग्रे रंगको एक कार खोजीरहेको छ, जुन म्यूजियमबाट ६.४ किमीको दूरीमा जलिरहेको अवस्थामा देखिएको थियो ।

यो चोरीले रुष्ट भएका रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकूले सरकारले गृह मंत्रालय, न्याय मंत्रालय, संस्कृति मंत्रालय, विदेश मंत्रालय र रोमानियाली प्रहरीका प्रतिनिधीहरुका साथमा एक क्राइसिस टीम गठन गरेको छ ।

Advertisement

संस्कृति मंत्री नतालिया इंटोटेरोले सोमवार पोल्याण्डमा एक कार्यक्रमका क्रममा नेदरल्याण्डका पीएम र डच शाही परिवारको साथमा बैठकमा चोरीको मुद्दा उठाए । पीएम सिओलाकुले भने कि हामी रोमानियाली सरकारलाई दृढ संदेश दिनेछौं कि विरासतका यी अमूल्य वस्तुहरुलाई छिटै भेटियोस ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top