×

NEPAL TIMES UPDATES

Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026

नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडकको ‘ब्रेक थ्रु’

१५ माघ २०८१

१५ माघ , विराटनगर ।

नेपालका दुई छिमेकी भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडकको ब्रेक थ्रु गरिएको छ । भारतको जोगवनीदेखि संखुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको हो ।

Advertisement
Advertisement

संखुवासभाको जिल्ला सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने १५८ किलोमिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको सोमवार ‘ब्रेक थ्रु’ गरिएको हो ।

खाँदबारी–किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्रयाक खुलाएसँगै सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितीमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।

उक्त सडकको अवलोकनका लागि भोटखोला गाउँपालिका–१ च्याम्ताङमा संखुवासभाका प्रतिनिधीसभा सदस्य एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पुगेका थिए ।

उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्याक खोल्ने कार्य सम्पन्न भएको छ । ब्रेक थ्रुसँगै सडकको स्तरउन्नती र चौडा बनाउने काम हुनेछ । कार्यक्रममा उर्जामन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बंगलादेशले फाइदा लिनसक्ने उल्लेख गरे । उनले सडकको स्तरोन्नतीका लागि आवश्यक वजेट विनियोजन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छन् ।

किमाथांका क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाई छ । कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए ।

उनले समयअगावै सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन् । रक्षामन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले बाँकी रहेको कामपनि चाँडो सम्पन्न गर्नेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्नका लागि वजेटको अभाव हुन नदिने बताए ।

उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक वजेट विनियोजन गर्ने उल्लेख गरेका छन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताए ।

Advertisement

कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतीबारे जानकारी गराएको थियो । नेपाली सेनाले सडक निर्माणका लागि बजेट अपर्याप्त रहेको भन्दै बजेटको सुनिश्चित गरे चाँडो सडक चौडाईको काम सम्पन्न गर्ने जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top