×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026

सिरियाबाट सेना फिर्ता गर्दै अमेरिका, इजरेलको अब के हुन्छ ?

१६ माघ २०८१

१६ माघ , विराटनगर।

गाजापट्टिमा हमाससंग युद्धविराम गरेपनि लेबनानमा हिज्बुल्लाहको चेतावनी खाइरहेको इजरायलका लागि अहिले स्वयं अमेरिकाले नै टेन्सन बढाइदिएको छ । खासमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो कदम उठाएका छन् जसले इजरायलका लागि कुनै झट्काभन्दा कम छैन ।

ट्रम्पले सिरियामा रहेका आफ्ना हजारौं सैनिकहरुलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । इजरायली मिडियाका अनुसार व्हाइट हाउसका अधिकारीहरुले यसका बारेमा जानकारी दिएका हुन्। यो कदम इजरायलका लागि कम्तिमा अहिलेको अवस्थामा ठुलै झट्का हो ।

किनभने अमेरिकी सेना यसक्षेत्रबाट हट्दा इजरायलको सुरक्षा चिंता बढ्न सक्छ । यसको अलावा रूसले पनि सिरियासंग अब उसको मिलिट्री बेसको भविष्य के हुन्छ भन्नेमा कुरा गरिरहेको छ।

यसबीच इजरायलको सरकारी मिडिया कानले भनेको छ ‘व्हाइट हाउसका वरिष्ठ अधिकारीहरुले आफ्ना इजरायली समकक्षीहरुलाई एक संदेश दिएका छन्, जसमा संकेत दिइएको छ कि राष्ट्रपति ट्रम्पले सिरियाबाट हजारौं अमेरिकी सैनिकहरुलाई फिर्ता बोलाउने इच्छा व्यक्त गरेका छन् ।

कानले आफ्नो रिपोर्टमा भनेको छ, सिरियाबाट अमेरिकी सेना फिर्तीले तेल अवीवको चिन्ताहरु बढ्ने छ । डिसेम्बरमा पेन्टागनले भनेको थियो, कि सिरियामा करीब २००० अमेरिकी सैनिक तैनाथ छन् ।

अमेरिकाका तर्फबाट आधिकारिकरुपमा यसलाई लिएर बयान आएको छैन । अमेरिकाले आफ्नो सैन्य उपस्थितिलाई सम्पूर्णरुपमा अन्त्य गर्छ वा आंशिक यसबारे अहिले केही जनाइएको छैन। अमेरिकी सैनिकहरु सिरियाबाट फिर्ता हुँदा इजरायलका दुश्मनहरुलाई उविरुद्ध खडा हुने मौका मिल्न सक्छ ।

अमेरिकाले सिरियाबाट यस्तो समयमा आफ्नो सेना निकाल्ने कुरा गरिरहेको छ जतिबेला हालै बशर अल–असदको शासन ढलेको छ । इजरायली रक्षामंत्री इसराइल काट्जले मंगलवार सीरियाको नियन्त्रणमा रहेको माउंट हर्मोनको भ्रमण गरेका थिए र सो क्रममा भने, इजरायलले यहाँ आफ्नो सैन्य उपस्थिति बनाइ राख्नेछ ।

काट्जले चेतावनी दिदै भने, ‘हामी इजरायल विरोधी शक्तिहरुलाई सिरियाको दक्षिणमा खुट्टा टेक्न दिने छैनौं । हामी इजरायलविरुद्ध उठ्ने खालका हरेक शक्तिविरुद्ध कारबाही गर्नेछौं’ ।सिरियामा बशर अल–असदलाई सत्ताबाट हटाएर विद्रोहीहरुले कब्जा जमाएका छन् ।

यो परिवर्तनपछि रूसले पनि सिरियामा रहेको आफ्नो सैन्य बेसलाई लिएर नयाँ प्रशासनसंग छलफल अगाडी बढाएको छ । रूसी मिडियाले भनेको छ कि रूसले सीरियामा रहेको रूसी सैन्य अड्डाहरुलाई लिएर सीरियासंग कुराकानी थालेको छ ।

रूसी न्यूज एजेंसी तासका अनुसार रूसका मंत्री मिखाइल बोगदानोभले भने, ‘यो मुद्दामा अतिरिक्त छलफलको आवस्यकता छ’ । बशर अल–असद रूसको निकट मानिन्थे । उनी सत्ताबाट हटेपछि पहिलो पटक रूसी प्रतिनिधिमंडल सिरया पुगेको छ, जसको नेतृत्व बोगदानोभले गरिरहेका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले पनि अमेरिकाको सुरक्षाका लागि भन्दै एक ठूलो कदम उठाएका छन् । उनले इजरायलको ‘आयरन डोम’ जस्तै अमेरिकाका लागि पनि एक वायु रक्षा प्रणाली बनाउने निर्णय लिएका छन् । यसबारेमा उनले एक कार्यकारी आदेशमा हस्ताक्षर पनि गरेका छन् ।

इजरायलमा ७ अक्टूबर २०२३ मा हमासले हमला गर्दा ‘आयरन डोम’ ले हमास, हिजबुल्लाह र ईरानका तर्फबाट आएका हजारौं रकेट र मिसाइलहरुलाई रोकेको थियो । ट्रम्पले अब यस्तै प्रणाली बनाउने भएका हुन् । उनको आदेश अनुसार, रक्षा मंत्रीले आगामी ६० दिनमा मिसाइल डिफेंस सिस्टमको संरचना र यसका लागि अनुमानित लागतसहितको बजेट प्रस्तुत गर्नुपर्नेछ।

अमेरिकी रक्षा मंत्री पीट हेगसेथले अमेरिकाका लागि रणनीतिक मिसाइल खतराहरुको आकलन पनि प्रस्तुत गर्नुपर्ने मिडिया रिपोर्टहरुमा बताइएको छ । यसको अलावा, ती स्थानहरुको सूची पनि दिनुपर्ने छ जहाँ ‘आयरन डोम’ सिस्टम तैनाथ गर्न सकिन्छ ।

ताकि परमाणु हतियार सम्पन्न दुश्मनहरुबाट सुरक्षा गर्न सकियोस । ट्रंपले भनेका छन्, ‘आयरन डोम’ ले पूर्व राष्ट्रपति रोनाल्ड रेगनका तर्फबाट शुरू गरिएको अधूरो एजेंडाहरुलाई पुरा गर्नेछ । कार्यकारी आदेशमा ट्रंपले भनेका छन्, रीगनले परमाणु हमलाविरुद्ध एक प्रभावी रक्षा सम्यंत्र बनाउने प्रयास गरेका थिए ।

यो कार्यक्रमले कयौं प्रविधिहरुको प्रगति गर्यो तर यसलाई आफ्नो लक्ष्य प्राप्त गर्नुअघि नै रद्द गरियो । आदेशका अनुसार ‘आयरन डोम फर अमेरिका’ नामक प्रणालीमा एक बहु–स्तरीय नेटवर्क हुनेछ ।

यो अमेरिकी आयरन डोमले पूरै अमेरिकालाई एक सामान्य वायु रक्षा प्रदान गर्नेछ र हमलाहरुलाई रोक्नेछ, साथै अमेरिकी मुख्य भूमिका महत्वपूर्ण आधारभुत पूर्वाधारहरुको रक्षा गर्नेछ ।हुनत अमेरिकासंग विश्वको सबैभन्दा शक्तिशाली सेना छ, तर उसका दुश्मनहरु प्नि उती नै शक्तिशाली छन् ।

अमेरिकालाई सबैभन्दा ठूलो खतरा परमाणु हतियारबाट छ । उसका दुश्मनहरुमा चीन, रूस, उत्तर कोरिया, क्यूबा र ईरानजस्ता देशहरु छन् । चीन र रूससंगको तनावको खतरा सधैं नै रहँदै आएको छ । तर अचानक युद्ध नै शुरू हुने संभावना भने कम छ ।

उता उत्तर कोरिया एक यस्तो देश हो जो लगातार आफ्नो शक्ति देखाउनका लागि अमेरिकातर्फ घातक मिसाइलहरु प्रक्षेपण गरिरहन्छ । यही कारण हा कि अमेरिका एक मजबूत एयर डिफेंस सिस्टम बनाउन चाहान्छ ।

यस्तोमा आयरन डोमजस्तो प्रणाली नै बेस्ट छ । आयरन डोमले ब्यालिस्टिक, हाइपरसोनिक, एडवांस्ड क्रूज मिसाइलहरु र दुश्मनहरुको आगामी पीढीका हवाई हमलाहरुबाट पनि जोगाउने छ। यसबारेमा ट्रम्पको आदेशमा भनिएको छ, विश्वभारमा मिसाइलहरुको लन्च र उनीहरुलाई ट्रयाक गर्नका लागि एक स्याटेलाइट आधारित हाइपरसोनिक र ब्यालिस्टिक ट्रयाकिंग स्पेस सेंसर लेयरको तैनाथीमा तिव्रता ल्याइने छ ।

ताकि मिसाइलहरुलाई समयमै नष्ट गर्न सकियोस । अर्को बुँदा छ, आगामी पीढीँको सुरक्षा र लचिलोपनसहितका सुविधाहरुको साथ सबै घटकहरुका लागि एक सप्लाई चेन बनाइने छ । यस्तै ब्यालिस्टिक, हाइपरसोनिक, एडवांस्ड क्रूज मिसाइल र नयाँ पुस्ताका हवाई हमलाहरुलाई रोक्नकालागि गैर काइनेटिक क्षमताहरुको विकास र तैनाथी ।

यस्तै कार्यकारी आदेशका अनुसार अमेरिकाले आफ्ना साझेदारहरु र सहयोगीहरुका साथमा मिसाइल डिफेंसमा सहयोग जारी राख्ने छ । कार्यकारी आदेशमा हस्ताक्षरभन्दा पहिला ट्रंपले फ्लोरिडामा रिपब्लिकन पार्टीको एक कार्यक्रममा भनेका थिए कि उनी एक इजरायलको जस्तै मिसाइल रक्षा प्रणाली चाहान्छन्, जसले अमेरिकाको रक्षा गर्न सकोस ।

यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top