आजदेखि त्रिकोणात्मक सिरिज– नेपाल र नेदरल्याण्ड्स खेल्दै

१६ माघ ८१, बिहीबार

१७ माघ,काठमाण्डौ ।

काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ ।

नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । आइसीसी वरीयतामा १६औं स्थानमा रहेको नेदरल्यान्ड्सको महिला टोलीसँग नेपालले पहिलोपल्ट खेल खेल्न लागेको हो ।

Advertisement

पहिलोपटक खेल्न दुवै टोली उत्साहित छन् । नेपाली कप्तान इन्दुले ‘साढे दुई वर्षपछि घरेलु मैदानमा नै हुन लागेको यस श्रृंखलाका लागि धेरै उत्साहित रहेको बताइन् । पहिलोपटक नेपाल आउँदा उत्साहित भएको बताउँदै डच कप्तान डे लिडेले नेपालसँग पहिले खेल्ने अवसर नपाएपनि अब पाएको अवसरमा राम्रो खेल प्रदर्शन गर्ने उल्लेख गरिन् ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

Advertisement

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ । नेपालको टोलीमा कप्तान इन्दु बर्मासहित, रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हरेक टोलीले एकअर्कासँग तीन पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिने छ । क्यानले शृंखलाका खेल दर्शकलाई निशुल्क हेर्न दिने पनि भएको छ ।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं रनेदरल्याण्ड्स १६औं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top