यू–१८ च्याम्पियनसिप फुटबलमा नेपाल छैठौं स्थानमा

आगरा,असोज १२
भारतको आगरामा शुक्रबार सम्पन्न एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल छैठौं बनेको छ । प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागिता जनाएको नेपाल पाँचौं बन्न सकेन ।

तीनवटा खेलमा जित र तीनवटामा हार बेहोरेको नेपाल छैठौंमै चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता भर ६ वटा खेल खेलेको नेपालले चीन, अफगानिस्तान र श्रीलंकामाथि मात्रै जित निकाल्न सक्यो । थाइल्याण्ड, इन्डोनेसिया र आयोजक राष्ट्र भारतसंग पराजय बेहोर्नु प¥यो ।

Advertisement

शुक्रबार भएको खेलमाभारतसंग ४–३ गोल अन्तरले निराश हुनु पर्दा नेपालले पाँचौं स्थान गुमाएको हो । ६०–४० को खेलमापनि फिनिसिङ फितलो हुँदा नेपाल नतिजाबाट विमुख बनेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि २० मिनेट समय थप गरिए पनि थप गरिएको समयमा समेत नतिजा निस्कन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।

र्टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय लिन सडन डेथ सम्म पुग्नु प¥यो । सडन डेथमा नेपाल चुम्दा घरेलु मैदानमा भारतको भाग्य चम्कियो । टाईब्रेकरमा नेपालका तर्फबाट रन्दिप पौडेल, अनिज महर्जन र नविन गुरुङको प्रहारले मात्रै जाली चुमेको थियो । कप्तान दिनेश हेन्जन र शेषेहाङ आङ्दम्बेको प्रहारलाई भारतीय गोलरक्षक मोल्लह अलईफ रहमानले रोकिदिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top