अबको प्रधानमन्त्री गगन ? किन झुन्डिन्छ बाख्रा ?

१८ माघ ,विराटनगर।

गगन थापालाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले मात्रै होइन, अन्य राजनीतिक दलका नेता कार्यकर्ताले पनि देशको प्रधानमन्त्री बन्ने क्षमता भएका नेताका रुपमा राख्ने गर्दछन् । उनका अभिब्यक्ति र राजनीतिक रणनीतिहरु हेर्दा पनि स्वयम गगन आफूलाई देशकै नेतृत्व गर्ने गरी प्रधानमन्त्रीका रुपमा तयार गरिरहेका छन् ।

गएको आइतबार मात्रै उनले आजै आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भावी प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा अझै राम्रो काम गर्ने उद्घोष गरे ।

नेपाली कांग्रेसका शक्तिशाली गगन, देश र जनताले चाँहेको परिवर्तन गर्न आफू तयार रहेको निष्कर्षमा पुगिसकेका छन् । तर देशको नेतृत्व गर्ने गगनको त्यो हुटहुटीलाई भने मजाक बनाइएको छ ।देशको नामै परिवर्तन गर्ला अरु त के गर्ला बाख्रा , सानो केपी ओली, ८४ मा पागल खानामा हाल्नु पर्छ , पहिला बाख्राको फार्म चलाउ दाजु देश पछि चलाउला, बाख्राको अध्यक्ष राख्दा राम्रो हुन्छ, बाख्रा र्फाम त चलाउन सकेन देश के चलाउछ , बाख्रा क्रान्ति त होला नि ? बाख्रा ल्याउन लागो कि क्या हो उन्नत जातको ? मैंले सुनेको चाँही अमेरिकी दलाल हो रे , अनि १२, १३ वर्षसम्म के हेरेर बसेको ? देशका लागि घातक मान्छे, बोकोलाई खसी बनाए जस्तो सौचैं होला, मटन थापाको दाबी म मासु खादिन, मागेर देशचाँही परिवर्तन हुँदैन, देश बेचेर खान्छ बाख्रे पाजीले, भयो दाजु भयो देखाईसक्यौ तिमीले आफ्नो रुप पनि। बचेखुचेको देशपनि सिध्याउँछ नीति नै छैन् मागेर देश चल्छ ? बोलेर परिवर्तन अनि बोलेर देश विकास हुने हो भने हाम्रो देश विश्वकै नम्बर वान देश बनिसक्थ्यो । यसको हातमा देश पर्याे भने बर्बाद गरेर राख्छ, अहिलेसम्म राम्रो काम गरेको देखेको छैन् । बाख्रा चोरे जस्तो सजिलो छैन् देश परिवर्तन गर्न , असक्षम ब्यक्ति सक्षम बाख्रा चोर अब आफै मिलाएर बुझ्नुहोस्, यीनको बाहिर भाषण मात्रै हो, संगठन भित्र भएका बिसंगती विरुद्ध एक शब्द ननिकाल्ने मान्छे हुन्। ३,३ पटक सांसद मन्त्री यतिले अझै पुगेन ।

गएको आइतबार भक्तपुरमा गगनले भने , ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्नसक्छु । त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन ।’

गगनले यति भनेपछि हामीले लेख्यौं, गगनको दावीः देशले चाहेको परिवर्तन म ल्याउन सक्छु । यसमा एक हजार दर्शकहरुले प्रतिक्रिया जनाएका छन् । जसमा अधिकांशले गगनको क्षमतामाथि प्रश्न उठाउँदै सँगै बाख्रालाई जोडेका छन् । गगनको त्यही दाबीका प्रतिक्रियामा दर्शकहरुले जनाएको प्रतिक्रिया हामीले माथि प्रस्तुत गरेका हौं ।

देशको नेतृत्व गर्छु, जनताको अवस्था परिवर्तन गर्छु र पटक पटक देशको नेतृत्व गरिसकेका बृद्ध पुस्ताका प्रधानमन्त्रीका लाइनमा रहेका नेताहरुको भन्दा उत्कृष्ट काम गरेर जनताको अवस्था बदल्छु भन्ने गगनमाथि गम्भिर प्रकृतिका प्रश्नहरु सामाजिक संजालबाट उठेपछि हामी गगनसँग जोडिएको बाख्रा काण्डको रहस्य बुझ्न केन्द्रित भयौं ।

राजनीतिमा छोटो समयमा उचाइँमा पुग्ने लक्ष्य बोकेका गगनलाई सधै पछ्याइरहने विषय हो बाख्रा । गगनले कृषिदेखि बाख्रापालन, कुखुरापालनदेखि मासु प्रशोधन उद्योग खोल्नका लागि ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) बाट करोडौं रुपैयाँ अनुदान लिएर हजम गरेको खबर बाहिरियो, मिति थियो २०६८ साल ।

प्याक्टमा तत्कालीन आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीमार्फत् करिब १५ करोड अनुदान लिइएको भनिएको थियो । बाख्रापालन, लप्सी खेती, मौरी पालन, लोकल कुखुरापालन र कुरिलोखेती गर्ने उद्देश्य सहित बनाइएको ‘सुनखानी एकीकृत कृर्षि केन्द्र’को नामबाट पैसा लिइएको थियो ।

गगनले सुरुमा नुवाकोटमा बाख्रा फारम र काठमाडौंको गोल्फुटारमा मासु पसल खोले । तर २०६८ साउन २८ मा उनले धुमधामका साथ उदघाटन गरेको एच एन्ड एच मिट सप भने एकाएक बन्द भयो ।

गगन थापा र उनको टीमले खोलेका कर्मना एग्रिकल्चर फार्मद्वारा संचालित नेपाल मिट प्रोसेसिङ इन्ष्डष्ट्रिज पनि बन्द भयो । अनुदान लिएको केही महिनापछि गल्फुटारमा खोलिएको कर्मना फार्म र बी एण्ड एच मिट सप बन्द भयो ।

त्यो ठाउँमा आवतजावत गर्नेहरुले गगन थापाको मासु पसल त अनुदान खानका लागि खोलिएको रहेछ भन्न थाले । यो विषयमा तत्कालीन अवस्थामा प्रज्ञा प्रतिष्ठानमा भएको युवा संघको कार्यक्रममा ठूलै चर्चा पाएको थियो।

गगनमाथि बाख्रापालनका नाममा करोडौं अनुदान रकम कुम्ल्याएको आरोप लगाइयो तर उनले आफूले सरकारी पैसा नलिएको पटक पटक दाबी गर्दै आएका छन् । गगनले बाख्राका नाममा करोडौ हजम गरेको मिथ्या आरोप छ । तर तथ्य अझै पुष्टि हुन् सकेको छैन् ।

नत यसको छानविन नै भएको छ । तर पनि ६८ देश ८१ सम्म गगनलाई त्यही बाख्राले खेदिरहेको छ । हुँदा हुँदा देशले चाहेको परिवर्तन गर्छु भन्ने अठोट बोकेका गगनमाथि त्यही बाख्रा प्रकरणसँग जोडेर सामाजिक संजालमा प्रश्न उठाइएको छ ।

गगन बाख्रा प्रकरणले वर्षाैदेखि हैरान छन् । यसैले उनले मंसिर ५, २०७४ मा भ्रामक बाख्रा प्रकरण भन्दै प्रष्टिकरण दिएका थिए ।गगन थापा नेपाली कांग्रेसका ती युवा नेता हुन्, जसले विद्यार्थी राजनीतिबाट उठेर राष्ट्रिय स्तरमा आफूलाई अब्बल सावित गरिसकेका छन्।

स्वास्थ्य मन्त्रीको रूपमा उनको कार्यकाल उल्लेखनीय रह्यो। स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै लाखौं गरिब नागरिकलाई सहुलियतपूर्ण उपचारको पहुँचमा पुर्याउनु उनको महत्वपूर्ण उपलब्धि रह्यो। अझै स्मरणीय कुरा के छ भने, स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहेर कम विवादमा परेका मन्त्रीहरूमा सम्भवतः गगन नै अग्रस्थानमा छन्।

तर गगनको सपना यत्तिमा सीमित छैन। उनी अब सिधै प्रधानमन्त्री बन्ने लक्ष्यमा छन्। यो यात्रामा उनले आफ्नै पार्टीका शीर्ष नेता शेरबहादुर देउवालाई चुनौती दिइसकेका छन्, तर हालसम्म सफल भएका छैनन्। यद्यपि गगनले हार मान्नेवाला छैनन्।

उनले आफूलाई देशको नेतृत्व सम्हाल्न योग्य सावित गर्ने अठोट गरिसकेका छन्। गगन थापा संसदमा मात्र नभई आमजनताबीच पनि लोकप्रिय नेताका रूपमा स्थापित छन्। उनको स्पष्ट विचार, तथ्यमा आधारित विश्लेषण गर्ने शैली, व्यक्तिगतभन्दा टिमलाई प्राथमिकता दिने स्वभाव र जोशिलो वक्तृत्वकला उनलाई अन्य नेताभन्दा अलग बनाउँछ।

नेपाली कांग्रेसमा यति ठूलो जनसमर्थन र युवा आकर्षण प्राप्त गर्ने नेता कमै छन्। तर लोकप्रियता मात्र पर्याप्त हुँदैन। अवसर पाउन र आफ्नो लक्ष्यमा पुग्न संगठनभित्रको शक्ति सन्तुलनमा समेत सशक्त उपस्थित हुनुपर्छ।

गगनका लागि चुनौती यहीँ छ— कांग्रेसभित्रै उनलाई प्रधानमन्त्री बन्न नदिने जमात ठूलो छ। कांग्रेसको पुरानो संरचनाले गगनलाई सहज रूपमा शीर्ष नेतृत्वमा पुग्न दिन्छ त भन्ने ठूलो प्रश्न छ । गगनलाई प्रधानमन्त्री भएको हेर्न चाहने नागरिकहरू हिजोको तुलनामा आज अलि कम भएका देखिन्छन्।

किनकि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको उदयले जनताको प्राथमिकता परिवर्तन गरिदिएको छ। हिजो “गगन प्रधानमन्त्री हुनुपर्छ“ भन्नेहरू आज हर्क, बालेन, गोपाल“ जस्ता स्वतन्त्र नेतृत्वको वकालत गर्न थालेका छन्।

यो परिवर्तित राजनीतिक परिस्थितिमा गगनले आफ्नो रणनीति पुनर्विचार गर्नुपर्ने देखिन्छ। यदि उनले जनताको मनोभाव सही रूपमा बुझ्दै, आफ्ना प्रतिवद्धतालाई कार्यान्वयन गर्ने ठोस योजना प्रस्तुत गर्न सके, भने उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न कसैले पनि सक्दैन।

गगन थापासँग “बाख्रा“ जोडिएको एउटा मिम मात्रै हो। पार्टीभित्रको प्रतिरोध, संगठनको कमजोर पकड र स्वतन्त्र नेतृत्वको उदयका बीच गगनको भविष्य कस्तो बन्छ भन्ने कुरा अब उनकै रणनीतिक चालहरूमा भर पर्नेछ।

नेतृत्व क्षमताका हिसाबले गगन थापा सक्षम छन्, अब उनले आफ्ना चुनौतीहरू चिर्दै, जनताको अवस्था परिवर्तन गर्न सक्छु भन्ने विश्वास जनतामै दिलाउन सके भने उनलाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन। यसमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top