दाम्पत्य जिवनबाट अलग हुँदै एलिना, अंश नचाहिने

१७ माघ ८१, शुक्रबार

१८ माघ ,काठमाण्डौ ।

Advertisement

दाम्पत्य नितान्त ब्यक्तिगत विषय भएपनि लामो समयदेखि रंगमन्चको गसिप बनिरहेको चर्चित गायिका एलिना चौहानको सम्बन्धविच्छेद हुने विषय अन्तत सत्यतर्फ धकेलिएको छ। उनले जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

Advertisement

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। ‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भनेका छन् ।

Advertisement

एलिना झापाकी हुन् भने विष्णु बागलुङका हुन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्। त्यसयता उनी रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त छिन्।

एलिनाले दर्जनौं गीतमा स्वर दिएकी छन्। गायिका चौहान आफ्नो वैवाहिक जीवनलाई लिएर पटक पटक चर्चामा आएकी छन् । लोकगायिका ज्योति मगरले सामाजिक संजालमार्फत ‘गायिका बहिनी’ ले उनलाई आफ्नो श्रीमानबाट खेपेको हिंसाको कथा सुनाएको प्रसंग उल्लेख गरेकी थिइन ।

ज्योतिले पछि डिलिट गरेको उक्त स्टाटसमा लेखिएको थियो, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें मैले… उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ । साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आममहिलाको हालत के होला ? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ उनको भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’

पछि सञ्चारकर्मी प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रम मार्फत एलिनाको सम्बन्धबिच्छेद हुन् लागेको खुलासा गरेका थिए। विवाह पछि अष्ट्रेलिया गएकी उनी यस वर्षको तीज अगाडि नै नेपाल आएकी थिइन ।

अस्ट्रेलियामै छँदा एलिनाले बनाएको टिकटक भिडिओले उनीहरुको सम्बन्धको बारेमा शंसय पैदा गरेको थियो । भिडिओमा उनको अनुहारभरि निलडाम जस्तो देखिन्थ्यो र आँखामा आक्रोश थियो ।

विभिन्न अड्कलबाजी हुन थालेपछि उनले गीतको भावअनुसार भिडिओ बनाउन निलडामको मेकअप गरेको र आफू ठिकठाक रहेको प्रष्टीकरण दिएकी थिइन । नेपाल आएलगत्तै एलिना ‘शान्तिको खोजीमा’ ओसो तपोवनमा ध्यान गर्न पुगेकी थिइन ।

पछिल्लो समय उनको सार्वजनिक भएको गीतलाई पनि उनको ब्यक्तिगत दाम्पत्य जीवनसँग जोडेर हेरिएको थियो । जसको बोल रहेको छ– एक्लै पनि जिन्दगी चल्दो रहेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top