नेदरल्याण्ड्स भर्सेस नेपालःआज बदला लेला ?

१९ माघ ८१, आइतबार

२० माघ, काठमाण्डौ ।

महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल अहिले १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् ।

नेपाललाई पहिलो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ ।

Advertisement

सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिवार थाइल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

खासमा नेपाल यस्तो एक मात्र टोली हो, जो घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा जितविहीन छ । पाहुना टोली थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक जित निकालिसक्दा नेपाल भने अंकविहीन रहँदै पुछारमा छ ।

यस्तो अवस्थामा आज नेदरल्यान्ड्सविरुद्ध दोस्रोपल्ट उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा १५८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो ।

यो खेलमा नेपाल २० रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले थाइल्यान्डलाई चार विकेटको जित सुम्पियो । समान दुई खेलको समाप्तिमा नेपाल र नेदरल्यान्ड्सको बाधक थाइल्यान्ड नै हो ।

यही टोलीले नेदरल्यान्ड्सलाई आफ्नो दोस्रो खेलमा आठ विकेटले हराएको हो । नेदरल्यान्ड्स उक्त हारको पीडा भुलेर नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ । नेपाल भने यही टोलीलाई रोक्दै पहिलो हारको बदला लिने लक्ष्यमा हुनेछ ।

श्रृंखलामा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स छन् । श्रृंखलामा सबै टोलीले एकअर्कासंग ३–३ खेल खेल्नेछन् । अब नेपालले माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा पुन थाइल्याण्डसंग खेल्ने तालिका रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top