×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

विवाद पाथीभराको,‘गोली’दमकमा चल्यो

२० माघ २०८१

२० माघ, विराटनगर।

पाथीभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलन उग्र बनेको छ । पहिचान पक्षधरले आह्वान गरेको आन्दोलनका क्रममा ठाउँ ठाउँबाट प्रदर्शनकारी पक्राउ परेका छन् भने झापाको दमकमा गोली नै चलेको छ ।

Advertisement
Advertisement

मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सडकमा यातायात अवरोध गर्दै हिँडेका ३ जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी ८ जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

यसबीच झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ प्रत्यक्षदर्शीले बताएका छन । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मिलन केसीले भने गोली नचलाएको दाबी गरेका छन् ।

‘बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा गर्न खोजिएको छ,’ उनले भने । त्यस्तै धरानबाट पनि ६ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसबीच बन्दका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पूर्वका जिभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सञ्चालन गर्ने प्रयास गरिएको छ ।

पाथीभरा मन्दिरसम्म केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा विवाद उत्पन्न भएको छ। फुङलिङ नगरपालिकाको काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण गर्ने योजनाले स्थानीय समुदायमा असन्तुष्टि पैदा गरेको छ।

’नो केबलकार’ अभियानका समर्थकहरूले केबलकार निर्माणले धार्मिक, सांस्कृतिक, र पर्यावरणीय सन्तुलनमा असर पर्ने भन्दै विरोध जनाउँदै आएका छन्। माघ १२ गते केबलकार निर्माणको विषयमा भएको झडपमा प्रहरीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका थिए।

यसपछि, ’नो केबलकार’ पक्षधरहरूले यातायात बन्दको घोषणा गरेका हुन् । विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गर्दै सबै सरोकारवालासँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेको छ।

Advertisement

ताप्लेजुङका सांसद योगेश भट्टराईले पनि वार्ता र संवादमार्फत समस्या समाधान गर्न,घाइतेहरूको उपचारको व्यवस्था गर्न, र स्थानीयलाई सहुलियत तथा प्राथमिकता दिन माग गरेका छन्। यस विवादलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top