ट्रम्पको डण्डा अब भारतमाथि, २०५ इन्डियनलाई देश निकाला

Share this
765shares

२२ माघ ,एजेन्सी ।

Advertisement

अवैध आप्रवासीहरुलाई देश निकाला गर्न लामो सूची नै सार्वजनिक गरेको अमेरिकाको नजर अब भारतीय आप्रवासीमाथि परेको छ । यसअघि ट्रम्पले आफ्नै देश फिर्ता पठाउने आदेश दिएपछि अमेरिकाबाट ठुलो सङ्ख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको थियो ।

अब राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा रहेका भारतीय प्रवासीहरूको निष्कासन सुरु गरेको छ । अमेरिकी सेनाको एक सी–१७ सैन्य विमानले २०५ भारतीय नागरिकहरूलाई लिएर टेक्सासबाट भारततर्फ उडान भरेको छ ।

Advertisement

भारतिय पुष्टि गरेअनुसार, प्रत्येक निष्कासित भारतीयको पहिचान भएको छ, जसले नयाँ दिल्ली पनि यस प्रक्रियामा संलग्नता भएको देखाउँछ । यो सम्भवतः यस्ता उडानहरूको शृङ्खलाको पहिलो हो, जसले अमेरिकामा अवैध रूपमा रहेका भारतीय प्रवासीहरूलाई फिर्ता ल्याउनेछ ।

यो कदम ट्रम्पको अवैध आप्रवासन विरुद्धको कठोर नीति अनुसार हो । यसअघि पनि अमेरिकी सैन्य विमानहरूले ग्वाटेमाला, पेरु, र हन्डुरसमा अवैध प्रवासीहरूलाई फिर्ता पठाएका थिए । ट्रम्पले आफ्नो आप्रवासन नीति कार्यान्वयन गर्न सैन्य सहयोगमा निर्भरता बढाएका छन् ।

Advertisement

उनले भनेका थिए, ‘इतिहासमा पहिलो पटक, हामी अवैध प्रवासीहरूलाई खोजी गरी सैन्य विमानमा राखेर उनीहरू जहाँबाट आएका थिए, त्यहीँ फिर्ता पठाइरहेका छौं।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले सही कार्य गर्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै सैन्य विमानहरूले चाँडै नै टेक्सासको एल पासो र क्यालिफोर्नियाको सान डिएगोबाट ५ हजारभन्दा बढी अवैध आप्रवासीहरूलाई बोकेर उडान गर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भनेको छ ।

राष्ट्रपति चुनाव जितेपछि ट्रम्पले अमेरिकाबाट करिब १ करोड १० लाख अवैध आप्रवासीलाई देश निकाला गर्ने कुरा गरेका थिए । गत हप्ता मात्र, अमेरिकी सेनाले अवैध आप्रवासीहरूलाई पक्राउ गर्न ल्याटिन अमेरिकी देशहरूमा छ वटा उडानहरू उडाएको थियो ।

कोलम्बियाले अमेरिकी विमानहरूलाई आफ्नो देशमा अवतरण गर्न अनुमति नदिए पनि ट्रम्पको कडा अडानपछि कोलम्बियाले आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन आफ्नै विमानहरू पठाएको छ ।

अमेरिकाले अवैध रूपमा अमेरिकामा रहेका लगभग १८ हजार भारतीय आप्रवासीहरूको पहिचान गरेको छ । ट्रम्पले अवैध आप्रवासीहरूलाई कारबाही गर्न सेनालाई व्यापक रूपमा प्रयोग गरिरहेका छन् ।

उनले मेक्सिकोको सीमामा हजारौं सेना तैनाथ गरेका छन् । साथै, गैरकानूनी आप्रवासीहरूलाई राख्न सैन्य अड्डाहरू प्रयोग गरिँदै छ र सैन्य विमान प्रयोग गरेर अवैध आप्रवासीहरूलाई देश निकाला गरिँदै छ ।

तर, सैन्य विमानबाट अवैध आप्रवासी पठाउने लागत नागरिक विमानको तुलनामा धेरै बढी हुने दाबी गरिएको छ । अवैध आप्रवासीहरूलाई देश निकाला गर्नुका साथै ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा पनि कर लगाएका छन् ।

यद्यपि क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि यी दुई मुलुकमा लगाएको कर तत्कालका लागि रोकेका छन् ।

उनले युरोपमा पनि कर लगाउने धम्की दिएका छन् । युरोपेली संघले अमेरिकाबाट फाइदा उठारहेको तर आफ्नो देश घाटामा रहेको दाबी उनले गरेका छन् । ‘उनीहरू हाम्रा गाडी लिँदैनन्, हाम्रा कृषि उत्पादन किन्दैनन्, हामीबाट लगभग केही पनि लिँदैनन्’, राष्ट्रपति ट्रम्पले भने, ‘हामी भने उनीहरूबाट लाखौँ कारदेखि ठूलो मात्रामा खाद्यान्न र कृषि उत्पादनसम्म सबै कुरा लिन्छौँ।’

युरोपेली संघमा कर लगाउने समयसीमा छ कि छैन भनेर बीबीसीले सोध्दा ट्रम्पले भने, ‘म समयसीमा छ भन्न सक्दिनँ, तर यो चाँडै हुनेछ।’ राष्ट्रपति ट्रम्पले विश्वका लगभग सबै देशले अमेरिकालाई धोका दिएको आरोप पनि लगाए ।

उनले भने, ‘हामी लगभग सबै देशसँग घाटामा छौँ र हामी यसलाई परिवर्तन गर्नेछौँ। यो ठीक होइन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top