सडक जामले एम्बुलेन्समै प्रसव पीडाको चित्कार!

२१ माघ ८१, मंगलबार

२२ माघ , काठमाण्डौ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा सडक आन्दोलनमा उत्रिएका बन्दकर्ताहरुले गरेको यातायात बन्दका कारण प्रसव पीडामा छट्पटाईरहेकी एक महिलाले थप असह्य पीडा भोग्नु परेको छ ।

पाँचथरको स्थानीयस्वास्थ्य चौकीमा प्रसुतिका लागि भर्ना गरिएकी एक महिलाको त्याहा शल्यक्रिया हुन् नसकेपछि जिल्ला अस्पताल लैजाने क्रममा उनी सवार एम्बुलेन्स नै रातभर बीच सडकमा रोकिएको थियो ।

Advertisement

असह्य प्रसव पीडाका बीच उनी सवार एम्बुलेन्सले सडकमा अवरोधका लागि राखिएको रुखको अवरोध छिचोल्न नसकेपछि उनले रातभर एम्बुलेन्समै प्रसव पीडासहित असह्य पीडा भोग्नु परेको थियो ।

रातीको झन्डै २ बजे हिलिहाङबाट उनी सवार एम्बुलेन्स पाँचथर सदरमुकाम फिदिम बजारतर्फ निस्किएको थियो । कबेली नजिकै रहेको सिंगापुर स्वास्थ्य चौकीमा बच्चा जन्मिन नसकेपछि मंगलबार राती हिलिहाङ गाउँपालिका– २ सिंगापुरकी १८ वर्षीया कल्पना जोगीलाई लिएर उनका आफन्त र एम्बुलेन्स चालक नर्बु शेर्पा जिल्ला अस्पताल फिदिमतर्फ जाँदै थिए ।

Advertisement

सुत्केरी बेथाले च्यापेपछि उनी सोमबार दिउँसो सिंगापुर स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँ पुग्दा सहज प्रसूति नभएपछि राती १० बजेतिर हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई एम्बुलेन्स पठाइदिन भनिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र हिलिहाङ गाउँपालिका–३ को एम्बुलेन्सलाई राती ११ बजेतिर हेल्थपोष्टमा बिरामी लिन पठाइएको थियो। एम्बुलेन्स चालकले पाथीभरामा केबलकार निर्माणविरुद्ध तत्काल बाटोमा रुख ढालेर अवरोध गरेको बारे स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई जानकारी गराएका थिए ।

झन्डै एक घण्टासम्म बाटो खुल्छ की भन्ने आसमा आफन्त र चालक बीच जंगलमै कुरेर बसे। तर बाटो खुल्ने छाँट देखिएन। तर, सुत्केरी व्यथा लागेकी जोगी निरन्तर छट्पटाई रहिन्। त्यही छट्पटाईरहेको अवस्थाको उनको चित्कारसहितको भिडिओ अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

भिडिओमा अधिकांशले मानव संवेदनशीलतामाथि खेलबाड भएको भन्दै बन्दकर्ताहरुको बन्दको शैलीको कडा आलोचना गरेका छन् भने प्रसव पीडामा छट्पटाइरहेकी महिलाको चित्कार सुन्न आग्रह गरेका छन् ।

सडक खुल्ने छाँटकाट नदेखिएपछि एम्बुलेन्सलाई फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र हिलिहाङ–३ को बर्थिङ् सेन्टरमा पु¥याइएको थियो । तर त्यहाँ पनि उनको उपचार सम्भव भएन। रातभरिको छट्पटाहटमा पनि उनले शिशुको जन्म दिन सकिनन्।

रुख ढालेर बन्द गरिएको सडक खुलाउने प्रयास कसैबाट पनि भएन। जब बिहान भयो अनि प्रहरी टोली बाटो अवरुद्ध भएको ठाउँमा पुगेको थियो। बाटो मंगलबार बिहान मात्रै खुलेकोले जोगीलाई पाँचथर जिल्ला अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख एवम् स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताएका छन् ।

सुत्केरी बेथाले च्यापेकी उनको जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको छ । फुङलिङ नगरपालिकाको काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण गर्ने योजनाले स्थानीय समुदायमा असन्तुष्टि पैदा गरेको छ।

’नो केबलकार’ अभियानका समर्थकहरूले केबलकार निर्माणले धार्मिक, सांस्कृतिक, र पर्यावरणीय सन्तुलनमा असर पर्ने भन्दै विरोध जनाउँदै आएका छन्। माघ १२ गते केबलकार निर्माणको विषयमा भएको झडपमा प्रहरीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका थिए।

त्यसयता उनीहरु आन्दोलित भएका थिए । केबलकार विवाद समसधानका लागि संघीय सरकार र असन्तुष्ट पक्षका वार्ता टोलीबीच वार्ता प्रक्रिया भने सुरु भइरहेको छ । हिजो पहिलो चरणको वार्ता सकारात्मक भएकोमा आज पुनः सहमतिको प्रयास गरिएको छ ।

आन्दोलनका आफ्नै कारण र मागहरू हुन सक्छन्, तर त्यही आन्दोलनकै कारण कोही ज्यान गुमाउने अवस्थामा पुग्नुपर्ने? एउटा गर्भवती महिला, जो आफ्नो नवजात शिशु जन्माउन जीवन र मृत्युको दोसाँधमा थिइन्, उनी कुनै पक्षको विरोध वा समर्थन गर्न सवारी गरिरहेकी थिइनन्।

उनी त केवल अस्पताल पुग्न चाहन्थिन्। तर, आन्दोलनको आवरणमा गरिएको यातायात अवरोधका कारण उनले त्यो न्यूनतम अधिकारसमेत गुमाउनु प¥यो। मानवीय संवेदनशीलताभन्दा माथि कुनै पनि आन्दोलन हुन सक्दैन।

विरोधका स्वरूप जुनसुकै किन नहुन्, तिनले निर्दोष नागरिकको जीवन रक्षासँग सम्झौता गर्न दिनुहुँदैन। एकजना आमा र उनको जन्मदै गरेको नवजातशिशुले रातभर भोगेको पीडा कुनै पनि हालतमा उपेक्षा गर्न मिल्दैन।

यो केवल एउटा घटना होइन, यो हाम्रो समाजको संवेदनहीनताको ऐना हो। समय छँदै चेत नखुल्ने हो भने भोलि यस्तै पीडा तपाईँ–हामीले पनि भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न। यसैले बन्दको विकल्प खोजौं

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top